पवनेश्वर श्रेष्ठ (Pawan cha) कुनै बखत साझाका सकृय मित्र थिए। पढाई र स्वास्थको कारण ले होला, साझाबाट टाढा हुनु भएको । ४-५ पटक भेटेको छु । वाशिङ्टन डिसी मा सेमिनार मा गाको बखत, ठुलदाइ को सम्मान मा टोल भरिका नेपालीको जमघट गराउनु भएको सम्झना झलझली आइरहेको छ। गीत, संगित र न्रित्य मा पोख्त श्रेष्ठ जी ले रात बिरात हड्डी घोटेर पढाई पुरा गर्नु भै सम्मानजनक जागिर खानु भएको पनि धेरै भएको छैन । निष्ठुरी काल श्रेष्ठ जस्ता असल मान्छे कै पछी किन पर्छन ? नरपिशाच हरु आलो रगत पिउदै छन, जल्लाद हरु अट्टाहास जिउदै छन। कहिलेइ चुरोट न पिउने, खैनी न खाने , जांड रक्सी पनि जात्रा मा मात्रा मिलाएर मात्र पिउने जिन्दगीलाई फोक्सो मा क्यान्सर हुनु काल को बेतालपन बाहेक केही होइन । घर परिवार सँग टाढा बसेर सुखद जिन्दगीको आसामा पसिना बहाउनु भयो , सफल पनि हुनु भयो । छोरी र श्रीमती सँग मिलन भएको बर्ष दिन पनि भएको छैन, हामी सबैलाई छोडि टाढा धेरै टाढा जान लाग्नु भएको छ । रोक्न सक्ने सामर्थ्य भगवान सँग पनि छैन अहिले। काल देखी महाँकाल डराएको छ । लाइफ सपोर्ट मेशिनमा ढुकढुकी बांचेको छ अहिले । सहयोग को लागि यो ठुल्दाइ दुई हात जोड्दछ । Last edited: 02-Sep-09 11:34 AM
rahulvai · Sep 2, 2009 9:10 AM · 19,985 views
RahulVai: Ke aba sab upachar ko bato haru banda bhaisake ta? Can you please give us an update regarding the way forward?
newlynew · Sep 2, 2009 9:47 AM
अत्ती नै हृदय बिदारक समाचार ठुल्दाइ ! मैले भर्खरै सक्दो सहयोग पठाये !
ritthe · Sep 2, 2009 9:48 AM
So sad !
uncle tom · Sep 2, 2009 10:45 AM
Last edited: 05-Sep-09 04:32 PM
chanaa_tarkaari · Sep 2, 2009 1:40 PM
Last edited: 05-Sep-09 04:33 PM
chanaa_tarkaari · Sep 3, 2009 8:18 AM
Thanks friends for update news. I was really shocked. God bless him and his family.
chanchali · Sep 3, 2009 11:42 AM
सहयोग को हात कसरी बढाउन सकिन्छ होला जो टाढा बस्छौ ? good to hear he is getting better
nayaa9 · Sep 3, 2009 12:02 PM
Sad News. Just donated.
Miss Tequila · Sep 3, 2009 12:08 PM
साझाका मित्रहरुको सदभाव र कामना लिएर हिजो साँझ डिसी पुगें । Fairfax Novia अस्पातल को सघन उपचार् कक्षमा श्रेष्ठ जी लम्पसार भेटें । पूर्णरुपमा बेहोस् पवनजी मेशिनको साहयतामा सास फेर्दै गरेको एकै छिन नियालेर हेरें । हे भगवान, भगवान सँग साँच्चै नै शक्ती भएको भए यही बेला हो चमत्कार देखाउने भन्दै पुकारें । मेशिन को सास मा कती आश गर्ने ? फोक्सो को एउटा पातो काम नलाग्ने र अर्को ले पनि क्षमताको थोरै अंशमात्र काम गरेको छ रे । त्यस माथि स्वाइन फ्लु को संक्रमणले ऊपचार् मा जटिलता थपियो रे । सघन ऊपचार् कक्षको आगुन्तुक कक्षमा श्रीमती श्रेष्ठ कींकर्तब्यबीमूढ निराश निराश, हतास देखें र भेटें । यस दु:खद र पीडादायक क्षणमा सान्त्वना र धैर्यशिल रहन बिन्ती गरें । साझाका मित्रहरुलाई धन्यवाद भन्नु भएको छ । सानी नानी र श्रीमती श्रेष्ठका आउने कठिन दिनहरुको लागि सक्दो सहयोग गर्न हुन पुन: हार्दिक अपिल गर्दछु । सहयोग को लागि निम्न लिन्क को पे-पाल एकाउण्टमा दान सहयोग गर्नु हुन अनुरोध छ । http://newah.org/index.php?opt... Last edited: 04-Sep-09 09:55 PM
rahulvai · Sep 3, 2009 12:45 PM
Last edited: 05-Sep-09 04:45 PM
rahulvai · Sep 4, 2009 10:01 PM
Last edited: 05-Sep-09 04:33 PM
chanaa_tarkaari · Sep 5, 2009 10:55 AM
साझामा कता कता पवन चा लाइ देखे जस्तो लाग्यो। ठ्याक्कै यकिन भने भएन । अहिले स्वास्थसंग पौठेजोरी खेलीरहनु भएको पवन जीलाइ स्वास्थ लाभको कामना गर्दछू।
nepalean · Sep 5, 2009 2:00 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion