मेरी प्यारी मखमली माइली, तिमी मलाई छोडेर पोइल गएको पनि अब त चार बर्ष पुग्न लागेछ, तिमीले आफ्नो काखमा खेल्दै गरेको र दुध चुस्दै गरेको भुन्टेलाई छोडेर हिंडेको पनि अहिले त पाँच बर्ष पुगेछ, भुन्टे मलाई ट्याम ट्याममा सोध्छ, बाबा आमा खोइ? मलाई के भन्नु न के भन्नु जस्तो हुन्छ, अब यो बच्चोलाई कसो गरी भनुँ? तेरी आमा त्यो तल्लाघरे लाहुरे कान्छासँग पोइल हिडि भनेर, त्यो बच्चोको कानमा यस्तो कुरा नहाँलु भन्छु, तर के गर्नु आफुले भने जस्तो केही पनि हुँदैन। जब भुन्टे स्कुल जान्छ, साथीहरुले जिस्काइदिदाँ रहेछन 'भुन्टेको आमा पोइल गई, भुन्टेको आमा पोइल गई' भनेर। बिचरा बलिन्द्र धारा आसुँ पार्दै आउछँ, नरो बाबा नरो भन्दै हरेक गरेर फकाउछुँ, के गर्नु एक्लो ज्यान छ, कता मात्रै भ्याउनुँ? त्यो काली भैंसी पनि राम्रो स्याहर नपुगेर साह्रै ख्याउटी भएकी छ, यो चोटि त त्यस्को पाडो पनि दुई हफ्तामै उभोँ लाग्यो। तारे र राते गोरुलाई डिठ्ठा साहुले गोठैबाट फुकाएर लग्यो। तर ऋण अझै सकिएको छैन, यो माघे संक्रान्तीसम्म तिर्न सकिनस भने तेरो तल्लो बारी लिन्छु भनेका छन् डिठ्ठाले। कहिले तिरीनसकिने भयो साहुको ऋण। तर यहाँ मेरो जस्तो हालत भए पनि तिमी त्यहाँ नेपाल शहरमा खुशी भएर बसेकी होलाउँ भन्ने लाग्छ। लाहुरे कान्छाको त्यहाँ ठुलो घर छ भन्ने सुनेको थिए, काम गर्ने नोकरचाकर, मोटरगाडी सबै छ भन्ने सुनेकी थिए, तिमीलाई त त्यस्ले रानी बनाएर राखेको होला है? हुन पनि तिमी जस्तो रुपबतीले त त्यस्तै ठाउँमा बस्नु पर्ने हो, यहाँ मसँग बस्दा न मैले तिमीलाई एक सरो राम्रो लगाउनदिन सकेको थिए, न एक छाक मिठो खानदिन सकेको थिए, बिहान बेलुका हात मुख जोर्नलाई सधैं धौ धौ हुन्थ्यो। बिहे गरेको बर्षदेखी नै एक जोर रातो सारी किन्दिनु है भन्दा भन्दा कहिले पनि किन्दिन सकिनँ । त्यँहा त तिमीलाई राम्रो राम्रो लुगा गहना सबै मिलेको होला है? अरु त मलाई केही सुर्ता छैन। तिमी त्यहाँ खुशी भएर बसेकी छौ मलाई त्यती भए पुग्यो, मलाई पिर त भुन्टेको लागेको छ। हिजो आज मलाई सन्चो नभएको धेरै भयो, राती भयो कि हन हनी ज्वरो आउछ, खोक्दा खोक्दा छातीनै फुट्ला जस्तो हुन्छ, बिरे झाँक्री आएर कालो भाले काट्नु पर्छ भन्दै थियो, सन्तोष मास्टरले चाँही झट्टै शहराँ गएर उपचार गर्नु पर्छ भन्थे। तर मलाई बाचुँला जस्तो लागेको छैन, बाँच्न मन पनि छैन। बरु मर्नु अघी एक चोटि तिम्रो मुख हेर्न पाए र यो भुन्टेलाई तिम्रो जिम्मा लगाउन पाए मेरो सास सजिलै जान्थ्यो होला .....
kan · Aug 29, 2009 11:59 AM · 4,934 views
साथीको कथा सुन्दा आफ्नै घरको कथा दोहोरिएको जस्तो लाग्यो, के गर्नु माया मात्रै ले पनि पुग्दैन रहेछ, एस्तै हो जिबन, ए उटी गै त के भयो र दादा पारी भुर्तेल माईला कि छोरी पनि त कसैलाई पर्खेर बसेकी छ , उस्का साथी हरुले घोतल्के छोरा छोरी लिएर माइत आउँदा त्यो हप्तै दिन जसो घोत्लेर बस्छे रे , उन्को पनि उद्दार हुने आफ्नो पनि , अर्को गर्जाम गर्ने नि ?
बैरागिकाइलो · Aug 29, 2009 7:00 PM
केहो साथी , बैरागीकाईलो को सल्लाहा मनन गरी भुर्तेल मैया कहाँ हो कि क्याहो ? मुसाले पनि बेलामा १० वटा दुलही राख्छ रे ? मर्द भएर के को रुन्चे बेथा पोखी बस्छौ, गन्दर्व विवाह गर्ने भए हामी छौ है ।
Syanjali · Aug 31, 2009 12:33 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion