Indian SSB tortured Nepalese in border Nepal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Nawalparasi locals protest Indian SSB torture Kantipur Report   NAWALPARASI, Aug 28 - The Indian citizens including the locals of Nawalparasi district shut down Nepal-India border on Friday, protesting against the excesses of the Indian Seema Surakshya Bal (SSB), the border security force of India. The agitating locals have enforced the strike at Triveni entry point and the bordering market areas in India. They launched protest saying the SSB have been misbehaving with the locals in the border area. The agitators have been put forward demands such as end to the SSB excesses and hassle-free passage of the goods to and from the border entry point. The locals have claimed that the Indian SSB deployed near the Gandak Barrage region have been misbehaving with the Nepalese and meting out unnecessary torture. 2009-08-28   http://www.kantipuronline.com/...

maylumaya · Aug 28, 2009 8:26 PM · 6,046 views

4 Replies

'भारतको सीमामा भूभाग कब्जाको नीति':- काठमाडौं, सीमामा फितलो सुरक्षा उपस्थितिका कारण 'अतिक्रमणकारी पक्ष' ले रणनीतिक दृष्टिले उपयोगी भूभागमा कब्जा जमाउँदै अघि बढ्ने नीति लिएको प्रतिवेदन सरकारी सुरक्षा संयन्त्रले तयार पारेको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले प्रधानमन्त्रीलाई बुझाएको एक गोप्य प्रतिवेदनमा 'अतिक्रमणकारी पक्षले नेपालको बिग्रँदो राजनीतिक स्थिति एवं कमजोर सुरक्षा प्रणालीका कारण आफ्नो सुरक्षा घेरालाई कसिलो बनाउँदै सीमाका रणनीतिक दृष्टिले उपयोगी भूभागमा कब्जा जमाउँदै अघि बढ्ने नीति लिएको स्पष्ट देखिएको' उल्लेख छ । प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी सल्लाह दिने परिषद्मा रक्षा सचिव संयोजक, नेपाली सेनाका उपरथी सहसंयोजक, प्रहरी र सशस्त्र प्रहरीका नायब महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक सदस्य छन् । प्रधानमन्त्री कार्यालय स्रोतबाट प्राप्त परिषदको ३२९ नम्बरको विशेष विश्लेषण प्रतिवेदनमा 'अतिक्रमणकारी पक्ष' भनेर भारतीय पक्षलाई संकेत गरिएको देखिन्छ । केही दिनअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव शिवशंकर मेनन र नेपालस्थित राजदूत राकेश सुदले परराष्ट्रमन्त्री सुजाता कोइरालाकै उपस्थितिमा 'सीमा विवाद नरहेको' भनी दिएको अभिव्यक्तिको सांकेतिक विरोध प्रतिवेदनमा छ । 'जनस्तरमा सीमा विवादले व्यापकता पाइरहेका बेला नेपाली राजनीतिक दलका नेतृत्व पंक्ति एवं उच्च प्रशासनिक व्यक्ति र कूटनीतिक मर्यादासमेत ख्याल नगरी नेपाली नेताहरूलाई साक्षी राखी अतिक्रमणकारी पक्षबाट सीमा विवाद हालको प्रमुख मुद्दा नभएको भनी जारी गरिएको वक्तव्यले नेपाली पक्षको मनोबल गिराएको छ,' प्रतिवेदनमा उल्लेख छ । मेचीदेखि महाकालीसम्मका विभिन्न क्षेत्रमा सीमा अतिक्रमणका साथै दुव्र्यवहारका घटना व्यापक भइरहेको प्रतिवेदनमा औंल्याइएको छ । 'सीमासम्बन्धी विवादलाई सार्वभौमसत्ता सम्पन्न संसदका टोलीले स्थलगत भ्रमण गरी यथार्थता पुष्टि गरिसकेको अवस्थामा' नेपाली राजनीतिक नेतृत्व तथा अतिक्रमणकारी पक्षबाट आएको गैरजिम्मेवार अभिव्यक्तिप्रति ध्यानाकर्षण गराइएको छ ।' राजनीतिक तहमा मुलुकको हितभन्दा पनि दलगत एवम् व्यक्तिगत स्वार्थका लागि राष्ट्रियतालाई साधनका रूपमा उपयोग गर्ने द्वैध मानसिकता रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तो मानसिकता अन्त्य नभएसम्म यस्ता विषयवस्तु दोहोरिइरहने, सीमावासी जनताले सास्ती बेहोरिरहनुपर्ने र सीमास्तम्भसमेत सुरक्षित नहुने अवस्था रहेकोतर्फ प्रतिवेदनमा सचेत गराइएको छ । 'राष्ट्रियतासँग गाँसिएका मुद्दालाई सत्ताको भर्‍याङ बनाउने प्रवृत्तिको अन्त्य हुनु अति आवश्यक देखिएको छ,' प्रतिवेदनको निचोड उपशीर्षकअन्तर्गत १० नम्बर बुँदामा भनिएको छ । राष्ट्रिय दृष्टिले ज्यादै महत्त्व राख्ने र दीर्घकालीन असर पार्ने यस्ता द्विपक्षीय एवम कूटनीतिक विषयलाई हलुका ढंगबाट प्रस्तुत नगर्नसमेत सुझाव दिइएको छ । परिषद्ले सीमा क्षेत्रमा अविलम्ब उच्चस्तरीय प्राविधिक टोलीसहितको संयन्त्र खटाउन र राजनीतिक, कूटनीतिक तथा प्रशासनिक प्रक्रियाबाट समस्या समाधान गर्नु अति जरुरी भएको निष्कर्ष निकालेको छ । तत्कालका लागि सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बललाई आर्थिक, भौतिक र सांगठनिक रूपले विस्तार गर्न तथा सशक्त बनाउन सकेमात्र पनि सीमा क्षेत्रमा बेलाबखत देखिने विवाद केही हदसम्म नियन्त्रण हुने परिषदको ठहर छ । सबै सुरक्षा निकाय मातहतका अधिकृत र अन्य कर्मचारीसहित करिब ६० जनाको दरबन्दी रहेको परिषद्ले साप्ताहिक र विशेष परिस्थितिमा दैनिक रूपमा समेत प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने एक सदस्यले बताए।

maylumaya · Aug 28, 2009 9:16 PM

GOOD JOB BY THE LOCALS TAKING MATTER IN THEIR OWN HANDS-THIS IS WHAT HAPPENS WHEN GOVT. FAILS!

snowfed_river · Aug 28, 2009 10:00 PM

Indian SSB excavating no man’s land   Kantipur Report   GULARIYA, Aug 29 - Indian border security force, Seema Surakshya Bal (SSB), has violated the international norms and dug out no man’s land. Transportation has been obstructed after the SSB excavated the no man’s land through Gulariya municipality – Mathurahari neat border pillar no. 61 and about 1.5 metres in four villages of Nepal land. The villages lie some three kilometers from the border. The Nepal Police had stopped when the SSB was excavating. The SSB showed reasons of smuggling control and internal security, according to Mathurahari police post incharge Basanta Singh. A local Narayan Lodh said the SSB has started to beat up farmers in Nepali soil for bringing fertiliser materials from India. The SSB has beefed up security in the border area stating fake Indian currencies are being used in the market. It has set up camps at every two kilometers. Although the border entry point at Gulariya – Murtiha and Rajapur – Katarniyagha, security has been beefed up at other points. 

maylumaya · Aug 29, 2009 8:38 PM

दसगजामा भारतीयद्वारा बस्ती चेतन अधिकारी कोरोबारी, भारतीयले झापाको दक्षिण कोरोबारीस्थित दसगजा क्षेत्रमा करिब ६० वटा टहरा बनाएका छन् । दसगजामा दुवै देशका नागरिकले बसोबास र खेतीपाती गर्न नपाइने नियम विपरीत तीन दिनदेखि भारतीयले धमाधम बस्ती बसालिरहेको स्थानीयले बताएका छन् । भारतीय नागरिकले आफूहरूलाई कन्काइखोलाको बाढीले डुबाएपछि यहाँ आश्रय लिन आएको बताएका छन् । उनीहरूले आफूहरू अस्थायी रूपमा मात्र यहाँ बस्न आएको बताए । कोरोबारीका बासिन्दा भने उनीहरूलाई भारतको स्थानीय सरकारले नै संरक्षण दिएर यहाँ ल्याएको बताउँछन् । कोरोबारी २ का एक जना स्थानीयले दिएको जानकारीअनुसार दसगजामा भारतीयको बस्ती बसेपछि त्यहाँको सीमा सुरक्षा बल -एसएसबी) का जवान बिहान उज्यालो भएदेखि राति अबेरसम्म नेपाली गाउँमा हतियारसहित गस्तीमा निस्कने गरेका छन् । 'दसगजाको बस्तीलाई सुरक्षा दिन एसएसबीको टोली सधैं गस्तीमा निस्कने गरेको छ', उनी भन्छन्, 'नेपालका मिडिया र प्रशासनलाई तिमीहरूले खबर नगर्नु भन्ने गरेका छन् ।' भ्ाारतीय आएर बसेको खबर पाएपछि शुक्रबार पुगेको कोरोबारी प्रहरी चौकी र सशस्त्र प्रहरी बल बैगुनधुराको टोलीलाई भारतीय नागरिकले घेराबन्दी गरेर नियन्त्रणमा लिने प्रयास गरेका थिए । त्यस क्रममा भारतीय नागरिकको पिटाइबाट प्रहरी चौकी कोरोबारीका हवल्दार दानबहादुर खडका गम्भीर घाइते भएको सशस्त्र प्रहरी निरीक्षक पदमबहादुर बोहोराले जानकारी दिए । बोहोराका अनुसार आफूहरूलाई घेर्ने क्रममा भारतीय नागरिकले नेपालका प्रहरीहरू आएमा तिनलाई घेराबन्दीमा राखेर हामीलाई खबर गर्नु भनेका छन् भन्दै थिए । यो दसगजा क्षेत्र भारतको किसनगञ्ज जिल्लाअन्तर्गत सिंगियामारी ग्रामपञ्चायतसँग जोडिएको क्षेत्र हो । प्रहरीले जनाएअनुसार यो १४२ नम्बर जंगे पिल्लर आसपासको क्षेत्रमा पर्छ । आदर्श मावि कोरोबारीका शिक्षक एवं स्थानीय योगेन्द्र राजबंशीका अनुसार भारतीय बासिन्दाले बनाएका टहरा दसगजाबाट नेपालको सीमातिर बनाइएका छन् । 'उनीहरूको नियत सीमा मिच्नु नै हो भन्ने देखिन्छ', राजबंशीले भने, 'गलत नियत थिएन भने दसगजाको बीचमा टहरा बनाउँथे तर सबै नेपालको भूमितिर फर्काइएको छ ।' दसगजा आसपास नेपालीको खेतबारी छ । भारतीयहरूले ती जमिनमा ल्याएर गाइबस्तु बाँधिदिने गरेको दुखेसो स्थानीयको छ । स्थानीय प्रहरीले भारतीयलाई तीन दिनभित्र यहाँबाट हटिसक्नु भनेर निर्देशन दिए पनि उनीहरूले महिनादिनको समय मागेका छन् । तर भारतीय नागरिकले बनाएका घरको बनावट हेर्दा उनीहरू सधैं यही बस्ने गरी बनाएको जस्तो देखिने स्थानीय बासिन्दा देव नारायण राजबंशीले बताए । भारतीयले काठका, बाँसका बलिया खम्बा गाडेर, टिनको छाना हालरे घर बनाएका हुन् । 'उनीहरूले बनाएको आश्रयस्थल पक्कीजस्ता छन्', अतिक्रमण स्थल पुगेका सशस्त्र प्रहरी बैगुनधुरा बेस क्याम्पका असइ विजय महतले भने, 'अलिअलि गरेर यो ठाउँलाई उनीहरू स्थायी बसोबासस्थल बनाउन चाहेका छन् ।' भारतको सिंगिया ग्राम पञ्चायत र नेपालको कोरोबारी २ को आमगाछीका बासिन्दा छिमेकीजस्ता थिए । बाढीले सिंगियाका बासिन्दा डुबानमा पर्दा आमगाछीका नेपालीले उद्धार गर्न सघाएका थिए । 'बस्तीभन्दा पूर्वमा पर्ने कमल खोलामा केराका थामको नाउँमा तर्दै उनीहरूलाई बाढीबाट जोगाएर बाटामा निकालेका थियौं', आमगाछीका अमरलाल राजबंशी भन्छन्, 'हामीले गरेको गुनको मात लागेछ, हाम्रै खेतबारी मिच्नेगरी घर बनाउन आइपुगे ।' सीमा सुरक्षाबल चन्द्रगढीका डीएसपी अशोक शाक्यका अनुसार भारतीय ११ गते बेलुकादेखि उक्त स्थानमा बस्न थालेका हुन् । तिनलाई हटाउनका लागि आपmनो कार्यालयबाट भारतीय समकक्षीसँग कुराकानी भइरहेको उनले जानकारी दिए । यता जिल्ला प्रहरीका एसपी विजय भट्टका अनुसार भारतको किसनगञ्ज जिल्लाका एसपी चौरसिया र डीएसपी किरणवालासँग दसगजाबाट भारतीय हटाउने विषयमा कुराकानी भइरहेको छ । 'बाढीपीडित आएर बसेका छन्, १५ दिनको म्याद दिनुपर्‍यो भनेर समय मागेका छन्', भट्टले कान्तिपुरसित शनिबार भने, 'दैवीप्रकोपमा परेकालाई यो समय दिन सकिएला भन्ने सोचेका थियौं तर घरको बनावट हेर्दा दैवीप्रकोप बहानामात्र हो किजस्तो लागेको छ ।' Posted on: 2009-08-31 http://kantipuronline.com/koln...    

maylumaya · Aug 31, 2009 3:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all