विमानस्थलमै चोरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विमानस्थलमै चोरी काठमाडौं, (नेस) काठमाडौंबाट नयाँ दिल्ली हुँदै अमेरिका जान लागेकी एक महिलाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बोर्डिङ काउन्टरबाट ४ हजार अमेरिकी डलर रहस्यमय ढंगबाट चोरी भएको छ। बिहीबार बेलुका जेट एयरबाट त्यसतर्फप्रस्थान गर्न लागेकी एलिना श्रेष्ठले बोर्डिङ पास लिने काउन्टरमा पैसासहितको ब्याग राखेर बोर्डिङ पास लिन लाग्दा ब्याग अचानक गायब भएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा हल्लखल्ला मच्चिएको थियो। प्रहरीले सो काउन्टरमा रहेका केही कर्मचारीलाई नियन्त्रणमा लिएको छ। अमेरिकी डलरसहित महत्त्वपूर्ण कागजातसमेत हराएपछि निराश अवस्थामा पुगेकी श्रेष्ठ भने पुनः घरबाट पैसा मगाएर अमेरिका प्रस्थान गरेकी थिइन्। श्रेष्ठकै कारण जेट एयरको उडान आधा घण्टा ढिला हुन पुगेको थियो। अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट र संवेदनशील क्षेत्रबाट यात्रुको ब्याग हराउनुले विमानस्थल सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीप्रति शंका उत्पन्न भएको छ। त्यस्तै विमानस्थलको ट्रान्जिट क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको एउटा ब्याग यात्रीले फेला पारी प्रहरीको जिम्मा लगाएका छन्। उक्त ब्यागभित्र केही कागजात र २ हजार ५ सय भारतीय रुपियाँ रहेको प्रहरीले जनाएको छ। http://www.newsofnepal.com/new...

lakhe · Aug 28, 2009 11:41 AM · 10,807 views

2 Replies

another hot example of corruption and lawleaaness in a small country called NEPAL.

snowfed_river · Aug 28, 2009 2:49 PM

हैन खल्ती नभएको लुगा पहिरन को चलन आयो भनेको हैन, पक्कै जादुगरी भयो ???

syanjali · Aug 28, 2009 11:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all