ए साथी सुन तिमि मेरो यो कहानी।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Timro hamro katha ए साथी सुन तिमि मेरो यो कहानी। म पनि त तिमि जस्तै बिदेसमै छु नि।। दुई चार लाख सबैसंग बाउले ऋण गर्दै। मख्ख परी पल्लेनमा चढी फुलको माला लाउ'दै।। जोस र जागर थियो मेरो यो मनमा। ठुला मान्छे बन्छु भन्ने थियो जिबनमा।। सात बर्ष बितिसकेछ, परदेशमा। थाहा छैन, कहिले जान्छु, फर्केर नेपालमा। गाउमा छदा, सानो हुदा, सबले माया गर्थे। बाउ आमाले माया गरी कान्छो छोरो भन्थे।। ति दिन गए, यि दिन आए, म्वाई खाने गालामा दारी पलाए। के भन्नु र, कति कठिन छ यहा बाच्नलाई। मार्नु पर्छ, यादलाई, सम्झनु छ कामलाई।। मन मनै कहिले काही रुन्छु रोई कराई। कति साह्रो निष्टुरी, नामै त ठाउ पराई।। एउटै बाटो एउटा मन्त्र, यस्को नाम संधर्ष। अर्कै ठाउ, अर्कै माटो, कती कती बर्ष।। खबर आयो, तल्लो गाँउको पिपलबोट मरेछ। माईला दाई पनि यो साल बिदेशै आएछ।। हुदो हो त देश धनी, हाम्रो नेपाल पनि। किन आउनु पर्थ्यो र कमाउन डरल मनि।। ए साथी सुन तिमि मेरो यो कहानी। म पनि त तिमि जस्तै बिदेसमै छु नि।। Source: www.santoshsitaula.com

madtech · Aug 21, 2009 12:38 AM · 7,909 views

3 Replies

very nicely written brother....

csz5s · Aug 21, 2009 5:20 AM

राम्रा छन बिचार -भावहरु। बिदेसिने, परदेसीने, देसिने मानिसका जीवन चरित्र हुन: शायद सताब्दिऔ देखी यस्लाई बसाई-सराई भन्छन। अनी यो सघर्स को यात्र हो।

subrath · Aug 21, 2009 11:29 AM

thanks!

madtech · Aug 22, 2009 10:05 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all