सुफी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

       सुफी १ पूर्णिमाको जून मात्र होइन, औशीको रात पनि बरोबर आईरहन्छ , फुल्नु मात्र होइन, झर्नु पनि पर्छ फुलले , त्यसैले , तिमी मेरी भईनौ, सुफी । २ रमाइलो थियो सबै हास्दै थिए, म पनि हाँस्दै थिए, हाँस्दा हाँस्दै तिमीलाई सम्झिएर आँसु झरेछ, सुफी । ३ तिमीले छोडेको, हिजो- अस्ति जस्तो लागेको थियो आज- हिजो जस्तो लाग्दैछ तर तिमीसँग बिछोडिएको पनि सात बर्ष भैइसकेछ सुफी, अब त धेरै जिउने आस पनि छैन मेरो । ४ म पिउदै थिए म जिउदै थिए भट्टीको कुनामा एक्लै थिए को आए को गए मलाई पर्वाह थिएन सिर्फ तिमीलाई सम्झिरहेको थिए सुफी । ५ आँधीबीचको यात्री हुँ म गन्तव्य ?? यसैमा जिउने रहर नभए पनि सुफी, तिम्रो आगमन नभएसम्म म आँधीबीचमै हुनेछु ।

Dinesh Shrestha · Aug 20, 2009 9:39 PM · 17,245 views

5 Replies

छोटो भए पनि कमेन्ट गरिदिनुस् है ।

Dinesh Shrestha · Aug 20, 2009 10:36 PM

छोटो भए पनि कमेन्ट गरिदिनुस् है ।

Dinesh Shrestha · Aug 20, 2009 10:37 PM

Error occured here because of server configuration. Any inconvenience is regretted - admin

sajha_addict · Aug 20, 2009 11:18 PM

साथी सुफी यो संसारमा छैन ।

Dinesh Shrestha · Aug 21, 2009 12:17 AM

राम्रो लाग्यो! ~सुफल

Sufal · Aug 21, 2009 12:03 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all