असाराँ माइत मुन्टेकी तीमेर्की बुढीबजै अहिले सम्म अन्मरिएकी हैन । ज्यान एक्लो भए पछी त निदरी ले पनि छुन्न भन्या । क्यार्ने हो ? अब सधैं जस्तो त्यही सिलेमा मा निलो कालो रङ मिसाएर हेरी बस्ने कार्जेकरम् बनाए । " बिदेशी प्रभु को जय " " बिदेशी प्रभु को जय " उफ ! पुल्टिसे पदम आइपुग्यो बाहिर बाटा मा सधैं जस्तो । " तेस्को बाउ को ज्वानो को झोल पनि कत्ती धोक्न सक्या हो भन्या?" कन्पारो तात्यो मेरो । नतातोस पनि कसरी ? दस दुनियाँ कत्ता कत्ता के के जाती धोकेर हल्ला गर्ने बेला मा चै मेरै घर अगाडि आँखादा बनाउछ । यस्सो झ्याल बाट हेर्या मोरो त बर्बराउदै ढल्मलिदै त्यही पो बजारीयो । कत्ती बेर हेरे उठ्दैन त ! जानु पर्यो हेर्नु पर्यो " घिच्नु नि त्यस्को बाउ को झोल पच्ने गरेर ! मर्न लाई चै मेरै घर देखे छ मोरो ले । " कराउदै निक्ले म । यता चलाए उत्ता चलाए बोलाए । सुन्दैन बोल्दाइन । केही बेर सोचे । मोरो लाई घिसर्दै घर पछाडि को गाई को गोठ् मा लगेर सुताइ दिए । गोठाँ यस्सो अलिबेर अल्मलिएर बहिर निस्कदा मोरो को माया लागेर आयो अनी फेरी आफु त ठुलो मन भाको मान्छे है माया लागेर त्यस्को पकेटाँ ५० रुप्पे दाम राखेर आए र सुते । भोली पल्ट पनि त्यही भयो। आयो मोरो , लड्यो त्यही ,फेरी माया लाग्यो गोथाँ लगेर सुताइदिये अनी फेरी ५० रुप्पे दाम छोडिदिये त्यो लठ्ठक् को पकेटाँ । अर्को दिन पनि आयो , करायो , त्यही अगाडि लड्यो , फेरी उठाए , लगेर सुताइदिये अनी ५० रुप्पे दाम रखिदिये । माया लाग्छ क्यार्ने हो र ? यसरी नै धेरै रात हरु बिते । अनी त्यस्पछी अर्को राती उ फेरी आयो ,तर अचम्म बाए ! कराएन , लडेन , सरासरि आफ्नो घर तिर गयो । भोलि पल्ट आर्को दिन पनि त्यही भो<
BudoBaaje · Aug 18, 2009 11:38 PM · 15,746 views
बाजे तिमी त खराब मान्छे पो रहेछौ!!!
harikancha · Aug 18, 2009 11:58 PM
बज्या भुरो ले बुझ्यो कि के हो ? तुर्किस्तानाँ मा झिङटा नभका भुरा हरु ले चै बुझे पनि न बुझे जस्तो गर्द्याओ न हो । ब्यान्ड गर्छन् के मलाई फेरी ब्यान्ड । सप्पुइ तिर ब्यान्ड हुँदै हुँदै यता तिर आको हो । फेरी कतै जाने ठाउँ नि बाँकी छैन हो ।
BudoBaaje · Aug 19, 2009 12:26 AM
perfectionist · Aug 19, 2009 8:59 AM
मलाई पनि कौतुहुल लाग्यो है बाजे। कतै त्यो गोठा गोरुले त बिताएन।
raju161 · Aug 19, 2009 9:14 AM
>>गोठाँ यस्सो अलिबेर अल्मलिएर बहिर निस्कदा << किन अलिबेर अल्मलिया हो बाजे कुरा प्रष्ट पार्नु परो कतै गोठा गा बेला भनेर गोठ सफा गरेर त बसेनौ बाजे तिमी
serial · Aug 19, 2009 9:27 AM
कुरो चै बुझेन छन राम्रै भो । गाई गोरु भैंसी त सप्पुइ मुखिया बा कै घरां छन नि । अम्रिका आउने बेलाँ बेचिहालियो नि कहाँ बाट के खाएर हुन्थे गोठाँ?
BudoBaaje · Aug 19, 2009 9:45 AM
हा हा हा बाजे हरेक पटक पचास् रुपैआ दाम खोल्ती मा हाल्ने चै हजुर अनी गाईबस्तु चै अंरिक आउन साहु कहाँ। यो कुरा चै हजम भएन। ल खोल्ती को हज्मोला दिनु त मलाई। Last edited: 19-Aug-09 10:59 AM
raju161 · Aug 19, 2009 10:59 AM
कुरो को चुरो चाँही के हो भने एउटा खल्तिमा पचास राख्ने अर्को खल्ती बाट viagra लिने ।
बैरागिकाइलो · Aug 19, 2009 8:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion