Source:http://blog.sajilonepal.com/ "पशुपतीको पण्डित!!" ओ हो!! आज त नेपाल बन्द, स्कुल जान पर्दैन क्या मज्जा भन्दै म दौडीने जुत्ता लगौदै थिए, तेतिकैमा आमाले भान्छाबाट भनु भयो। "हजुरबुवालाई सन्चो भ्एन, तेसैले आज उहाँलाई पशुपतीबाट चनदन लेरैदेउ!" म राजदरबार मात्र चकर लगाउन जान्छु, पशुपती जान्न भनेर मैले जवाफ मात्र के फर्काएको थिए, बिहान-बिहान देखी आमाको गाली खान पुगे। आमाको गाली सुन्दै ल ल जान्छु म भनेर ढोका जोरले बन्द गर्दै म निक्लिए। येसो ढोका बहिर निस्केको पान्डु आफ्नो हसिलो मुहार देखौदै हाँस्दै रहेछ, जान्छस भनेर सोदे? हे हे हे जान्छु भन्यो, रिश उठीराको थियो एक लाती बजै दिम जस्तो लाग्यो तर कुकुर भन्दै गाली मात्र गरे। मलाई पशुपती जानै मनपर्दैन, पहिला त बागमतीको अवस्त देखेर मन खिन्न हुन्छ, अर्को मन्दिरको ढोकामा झुनडैएको "हिन्दूलाई मात्र" भने देखदा, येस्तो भेदभाऊ भ्एको ठाँउमा के जाने जस्तो लाग्छ। तर बिश्व सम्पदामा परेको र कला कृतिले भरिएको नेपाली सन्स्कृतिको गौरवको थालो भनेर मात्र गैन्छ। अफु नस्तिक हुँदा हुदै पशुपती जने भ्एको हुनाले मैले पन्डुको धर्म के हो कहिले सोधिन र मलाई एस्तो कुराहरु वैयत लाग्छ, नत पन्डुलाईनै यो कुराको मत्लब छ। जर्मन र नेपालीको छोरो अनी मेरो आमाको धर्मपुत्र र मेरो एकदम जिग्री साथी , हामी कर्मामा विश्वाश राखनेलाई के को धर्म न शर्म। काठमाडौंको जाडोको हुस्सु र पशुपतिका जोगीहरुका गाजाको धुवालाई चिर्दै म मन्दिरको ढोकामा पुगे। "बाजे नमस्ते भने", जवाफ आएन! "पण्डितजी दर्शन" भने, मलाई जवाफ नै नदि पण्डितजी आफ्नो मोबाईलमा गेम खेलनमा भुलेको जस्तो लाग्यो । पन्डुलाई पनि हाम्रो बेवस्ता गरेको मन परेन छ क्य रे , गररररर:.... गर्यो। तर पन्डितको ध्यान हाम्रो तिर परेन! येतीकैमा त्यहाँ एक-जना भद्र व्यक्तीको प्रवेश हुन्छ। मुखमा चपै रहेको पानलाई भुइमा थुक्दै, "पन्डित जी, नमस्कार भनेर सम्बोधन हुन्छ।", कस्तो सोमत नभाको व्यक्ती रहेछ मन्दिरको ढोकामा थुक्छ। पन्डु पनि अली रिसायो, अनी ग्रर्रररर्:.... गर्यो, मैले चुपलाग भने। यो व्यक्ती हुँडार हो मलाई रिस उठयो भन्दै उस्ले मुख बिगारयो। (हुँडारले आफ्नो सिकारलाई अली अली गर्दै सतैइ:-सतैइ: टोकी-टोकी जिउँदै खान्छ रे)! (नेपथ्यमा सानो विद्यार्थी, क ख ग पढदै थियो, कालापानी क , खाने दौ ख, गाभने ग ,,,टनकपुरे ट, सुस्ता स!!) त्यो हुँडार र पण्डित मैले नबुझने भाषामा कुरा गर्दै थिए। पण्डित "हा जी", "हा जी" भन्दै थिए। काजी र पाजी त सुनेको हो तर यो हा-जी भनेको के हो मैले बुझ्नै सकिन, आमालाई सोधुला भनेर सोचे। "लीजी ए सिर जी" भन्दै पण्डितजीले उस्लाई प्रसाद दिन्छन, हेर्दा कालो कालो वर्नको अनी फ्यत भुँडी भाकोलाई Lee जी भन्दा, त्यो मानिस चाइनिज जस्तो त लाग्दैन नाम चै चाइनिज रहेछ क्या अचम्म लाग्यो। येतीकैमा त्यो व्यक्तीले १००१ निकालेर पण्डितलाई दिन्छंन,एक रुपैयाँको ढ्याकले पशुपतीको शिव लिङलाई टयङ हुने गरी लाग्छ। १०००को नोट चै पन्डित जीले आफ्नो भित्री खल्तीमा हाल्छन। कागजको रुपैयाँलाई पानीबाट बचौन खल्तिमा हलेका होलन बन्दै सोचे। "ए लो" भन्दै तेही बेलामा मलाई उन्ले सयपत्री फुल प्रसाद स्वरुप दिन्छन। के पहेलो भ्एर पण्डितले सयपत्रीलाई Yellow भनेको हो भनेर पन्डुले सोदछ?, होला सुन्ताललाई Orange भनेको जसतै पहेलो भएर सयपत्रीलाई एल्लो भनेको भनेर मैले भनी दिए। मन्दिरको पछाडि पटी म चन्दन लिन जन लागेको, त्यहाँ त बबाल भैरहेको रहेछ। पशुपतीमा पनि ग्याङ फाइट भन्दै सोचे, पन्डुचै अली डरायो म चै हिमत बटुल्दै चन्दन लिन गए। अचानक "पशुपतीमा नेपाली पण्डित हुनै पर्छ" भन्दै एक जानले मलाई एक लाती हन्यो, आफुलाई समाल्नके खोज्दै थिए अर्कोले "पशुपतीको हिसाब किताब पारदर्शी गर्" भन्दै एक मुक्का हन्यो। म त रन्थनेर भुइमा ढले, येतीकैमा एकजना अली बक्लो जुइगाँ अनी कपालमा चिपिक जेल हलेका अनी सँगै एक जान लिखुरे साथीको साथमा "ठोकबादी पार्टी जिन्दाबाद", भन्दै नार लगौदै थिए, येतीकैमा मौका हेरी, लुक्दै त्यो डामाडोलबाट म निस्किए। येसो तेसो सितैमा मुक्का र लाती खाए पनि म चन्दन लिनमा सफल भ्ए। पशुपतीको ढोकाबाट निक्लन लगेको पुलिसले अगी बबाल गरने तै होइन भन्दै एक लौरो हन्यो, म होइन दाई, म होइन भन्दै भागन खोजेको लू-खा भन्दै अर्कोले बूटले हन्यो। तेस पछी म त्यहाँ बाट कुलेलम ठोके। म एती जोरले दौडेछु, मेरो ध्यान सिफलको वरालोको जुलुसले मात्र रोक्यो। म "धर्मभक्तको" सालीक नजिक टक्क अडिए, जुलुसमा नारा बाजी चल्दै थियो। मुडकीको दु:खैले गर्दा के भनेको सुन्नमा ध्यान दिन सकिन, तरकता कता "पशुपतीको" उचारण भाको जस्तो लाग्यो। सुनिएअको गाला समाई समाई सुनिएअको त नारा गजबको रहेछ। "पशुपतीमा भारतीय पण्डित हुनै पर्छ, आज नेपाल बन्द गर्नै पर्छ"। अनी पन्डुले भन्यो, ए येसै भ्एर तिम्रो कुरा अगी पण्डितले नबुजेको। हो जस्तो लाग्यो, अर्को नारा फेरी घंकियो "मनपरी खाना पौनु अधिकार हो, पशुपतीको हिसाब किताब परदर्शी गर्नु बेकार हो"!! जय होश नयाँ नेपाल, मनपरी खान पाउनु सबैको अधिकार भनेर मैले पन्डुलाई भने। मेरो सुनिएअको गाला टन-टन गर्दै थियो, येतीकैमा "धर्मभक्तको" सालीकमा दुइटा गिद्द बसे। आँखालाई विश्वाश भएन अंक्सीजन मास्क लगाको गिद्दले अर्को सारी लगाको गिद्दलाई छोरी यै "धर्मभक्तको" सालीकमा बिष्टइ देउ भनछन्। गिद्दै भ्ए पनि नेपालको शाहीद्को त्यस्तो अपमान हुन अटेको सहन सकिन, अनी भुइको लौरी टिप्दै सु-सु गर्दै धँपाउन गए। "ओ-समात समात, सभापतिलाई पिट्न त्यो केटा आउँदै छ," अनी टक अडके, आँखा मिचे, त्यहाँ गिद्द नभ्एर टि.भी मा औने लामो कद भाको नेता रहेछन। त्यो अगीको पिटैले गर्दा मैले मनिषलाई गिद्द देखन पुगेको जस्तो लाग्यो। पन्डुले हिमत निकलेर ग्रररर:..... गर्यो अनी, अली त्यहाँ भ्एका मान्छेहरु अली हटे, त्यो मौका छोपी हामी दुई भागेयौँ। "घर पुगेको आज फेरी कोसँग झगडा गरेर आको?" आमा भन्दै हुनु हुन्थयो, मैले जवाफै नदीई, हजुरबुवाको कोठामा गए। ल: लिनुस् चन्दन भनेर दिए। बाबु चन्दनमा रगत छ नि भनु भो। जहिले टि.भी मा रक्त चन्दन, रक्त चन्दन भनछन तेही होला भने। " होइन सचिकै रगत छ भनुभो।" येसो लुगा हेरेको रगतै रगतको टाटा रहेछ। त्यो रगत चै भैरबको प्रसाद फ्री मा भन्दै म नुहौन गए। सुनिएअको ठाउँमा बरफ्ले सेक्दै, म टि.भी हेर्न लागेको , लोडशेडिङ रहेय्छ! जय होश "नेपाल बन्द" भन्दै एसो झ्यालबाट हेरेको अर्को जुलुस आयो, "एक मधेश एक प्रदेश हुनै पर्छ, नेपाललाई भारतमा गभनै पर्छ" येस्तो वैयात भन्दै म चै ओछ्यान भित्र छिरे। खाटको तल पन्डु पनि ढलकेको थियो.. "पशुपतिनाथले हामी सबैको कल्याण गरुन" भन्दै म चाही सिरकले मुख छोपेर सुते।" ----"लाहुरे कान्छा"
geda_gudi · Aug 18, 2009 8:02 AM · 6,710 views
लेखाइ राम्रो छ। पढदा रमाईलै भयो। धन्यवाद।
Maalpaani · Aug 18, 2009 9:41 AM
Normal 0 MicrosoftInternetExplorer4 st1\:*{behavior:url(#ieooui) } /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman";} We all have been through this stage again and agian. In my last visit to pasupatinath temple, as the blog originator was forced by mother so I did by my beloved wife. It was a weekday we went to Pasupaninath, I stayed over half and hour on queue with pujaa thali, my wife did not put 100 or 50 rupees bill but a 5 ruppe note. The priest was holding chandan and looking someone to give. I looked around; no one was stretching hand for it. I told him may have it, as he heard me clear in NEPALI, I saw lines and color changed in his face. He was still looking around to pass it to the devotee, again I looked around and saw nobody, I did not hesitate to ask again, he did not budge and I heard him murmuring and real upset. I was upset too because there is no reason for him to be upset. I could not stop myself scolding him as I used to do it in my child hood. My wife saw it and may heard me. She was scared and shouted to me, " forget every thing just throw that inside and step down" and added " you are a trouble maker, can not be done any thing simply and right". It fueled me but you can not do any thing to your highness. Just another swear, never step to that stairs and ask for chandan from this bastard. It is not the first time happen to me ,even to the very first time I was just in town, my distant cousin took me, then I looked like a typical Nepali ( pakhe) {It is what Sahariya like to be proud of saying others, and same people like to throw the चो ख: out of their window, no worry who is passing by the road}. Never felt going back to the temple. Not gone with my own feeling either I was dragged or just to please somebody. It is true and believed since then, the money goes to Pasupati should be going to the fund not in Indian's pocket. In India, they have organized many temples very well and the money collected run many institutions. Why can not we? We do politics, and only politics. I wish the ex-king had done some minor changes and some regulation regarding pasupantinath, it would have gone okay. But why should he?? मरे पछी डुमै राजा Last edited: 18-Aug-09 12:13 PM
NayaSadak · Aug 18, 2009 11:38 AM
धन्यवाद, हामी सबै को पिडा हो यो !!
geda_gudi · Aug 19, 2009 6:36 PM
Nice Story...very interesting..
cosmo · Aug 21, 2009 9:26 AM
Thank you Cosmo!!
geda_gudi · Aug 31, 2009 3:16 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion