सफल जिन्दगी भाग २

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

(सफल जिन्दगी भाग २ यहाँ सम्क्ष ल्याउने प्रयास मा - कथा बस्तु यथार्थ भए नि कसै सँग मिल्न गए चाँही - "लागे पागे बुढा को दोष " ....) सेल फोन मधुरो आवाज ले बज्यो , यो त पक्कै कल होइन भन्दै सेल फोन हेरे , मेसेज आको रहेछ , इन्बोक्स मा जादा मेसेज देखे " Lets work things out ...." एक त घाम ले पारा तती रहा थियो त्यस माथि उु सँग अझै रिश उठी रहेको थियो । उसलाई म के कुरा मा रिसाउछु , कस्तो कुरा मलाई मन पर्दैन सब ज्ञान थियो,  त्यही पनि उु त्यही कुरा ले म सँग झगडा गर्न खोज्थी । माया गरी मन भित्र राखेको मान्छेले त्यो मन लाई दुखाउदा चित्त कस्को नदुख्ला र ? समय ले कसै लाई कुर्दैन भन्थ्यो र समय को गती पनि मोड्न सक्किन्न भन्थे तर म त्यो गती लाई मोडेर अतित तिर लाग्दै छु , कहाँ के बिग्रेछ भनी हेर्न खोज्दै छु । शायद दोषी मै नै हुँ कि ? नेपाल छोडेको नि बर्षौ भयो , नेपाली को छोरो, परिवार प्यारो कस्को हुँदैन र त्यस माथि त म एक्लो छोरो बाउ आमा को काख छोडि हुइकिए म पनि अमेरिका तिर । बाउ आमा को सपना साकार गर्ने धोकोले अमेरिका आको आज जिन्दगी लाई तराजु को तौलो मा तोल्दै छु । अब उु सँग को भेटको , कथा त , पहिले नै लेखी सकेको छु । त्यो अन्तिम दिन लाई डेढ बर्ष अघी लग्यौ भने आज को दिन आउछ , तर हाम्रो यो नयाँ यात्रा १ बर्ष अघी सुरु भएको हो, त्यही सुरु गरु होला ............... हाम्रो त्यो दिन को बिछोड पछी एक अर्का सँग कुरा सधैं जसो हुने गर्थ्यो , उु मलाई मन पराउथी र म उसलाई त्यो कुरा मा दुई मत हुन सक्दैन । हामी बिच केवल भौगोलिक दुरी थियो र त्यसै दुरी लाई मेटाउन हामी कोशीश गरी रहेका थियौ । उु न्यू योर्क मा थियो भने म अहिले काम को शिल्शिला मा डेन्भर सर्नु परेको थियो । मलाई न्यू योर्क को चहल पहल मन नपर्ने भएको कारण ले उस्लाई डेन्भर मै सर्ने कर गर्को थिए , तर उु मनेकी थिएन । सधैं झै काम पछी उसलाई फोन लगाए, म सधैं काम सकिने बित्तिकै उस्लाई फोन गर्थे , आफ्नो ६ बज्दा उसको ८ बज्थ्यो धन्न एउटै सेल फोन कम्पनी भएर आफु लाई ओवरेज नपर्ने  फोन को अर्को तिर उसको सुमधुर आवाज ले मेरो सब थकान मेटिदियो । दिन भरी काम का कुरा हरु उसले नि बताए र मैले पनि । दिन भरी को रिपोर्ट पछी उही अब के गर्छौ , आज के खान्छौ आदी इत्यादि ..... उु - " अनी अब को कोमिङ वीक्न्ड त लोङ वीकेन्ड छ , तिमी मिल्छ भने बिहीवार नै निस्क त्यहाँ बाट , मैले शुक्रबार बिदा लिएको छु , हामी यो पाली Maine घुम्न जाउ । आईतवार फर्कौला अनी सोमबार त बिदा नै हो तिमी सोमबार बेलुका फर्क , हुन्छ  ?" म प्राय लामो बिदा हुँदा न्यू योर्क जान्थे उस्लाई भेट्न तर अहिले सम्म उु भने यहाँ नआएकोले मैले उस्लाई यहाँ बोलाउने बिचार  गरे - म - " सधैं म नै आएको छु , यो पाली तिमी आउन बरु यहाँ " उु - " तिमी लाई थाहा छ त मलाई  इष्ट कोस्ट छाड्नु मन छैन , किन तिमी फेरी मलाई त्यहाँ सार्ने निउ खोज्छौ " म - " ल यसो गरौ न , पहिला ठाउँ हेर अनी चित्त बुझेन भने बरु मै न्यू योर्क सरुला " मैले नि जोखिम लिएर भनी दिए । यो बाजी हात पर्छ भनेर होला उसले पनि हुन्छ भनिदियो ।  अब मलाई र डेन्भर लाई केवल उस्को प्रतिक्षा थियो ।

बैरे · Aug 13, 2009 2:07 PM · 132,522 views

149 Replies · Showing 141 - 149
Page 8 of 8

बैरे ज्यु, सफल जिन्दगी पार्ट -२ अन्त्य भई सकेको रहेछ। लास्ट सेकेन्ड पार्ट पढिसके पछि कथाले पोजिटिभ मोड लिएको थियो। अनि  कमेण्ट लेखेको थिए तर पोस्टिङ् error आएको कारण पोस्ट हुन सकेन। कथा एकदम राम्रो छ। तर बियोगन्त रुपमा अन्त्य भएकोले मनमा नरमाइलो लाग्यो। कथाको पात्राहरु म र उ भएको कारण लेखकको आफ्नै रियल कथा झै लाग्यो। अनि कथाकारलाई नै यो बिछोड खेप्नु परे जस्तो लाग्यो। कथाकारको बिछोडको पिडाले मलाई समेत दु:ख लाग्यो। आशा छ, यदी रियाले स्योर माया गरेको रहेछ भने फेरी फर्केर आउने छे। अनि फेरी बैरे जि को सफल जिन्दगी पार्ट - ३ सुरु हुनेछ।  हामी भाग -३ को प्रतिक्षामा रहने छौ।     कालेदाइ Last edited: 05-Feb-10 08:04 AM Last edited: 05-Feb-10 08:09 AM

Kaledai · Feb 5, 2010 7:57 AM

tyahi ta baire bhag 3 chado liera au. Enjoyed every bit of your writing ch... oops baire.

kHusHii · Feb 5, 2010 9:29 AM

<<<ch... oops baire.>>> त्यो ch... को कनेक्ट ड डटस नि बुझियो बै

perfectionist · Feb 5, 2010 9:31 AM

बैरे, यती राम्रो कथा हामी माझ रखिदिएर हामी सबैलाई मनोरन्जन गराइदिनु भएकोमा धन्यवाद। फेरी पनि भबिस्यमा यस्ता राम्रा राम्रा आफ्नो रचनालाई साझामा पस्केर हामी माझ आउनु हुनेछ भन्ने हामीले आशा लिएका छौं । - भक्ते

Bhakte · Feb 5, 2010 10:27 AM

part III kaile suru hunchha ta baire ?   India gayera Ekata Kapoor sanga training leko thyo jasto chha baire le!! kati lamo lamo serial lekhna janya hola!!

cheli · Feb 5, 2010 4:16 PM

लौ यस्तो नि हुन्छ त बैरे, भएन यो त, सफल जिन्दगी रे कथा चाँही अनी कस्तोमा सकेको हो तिमीले ??? मलाई त यस्तो ending भयो भने साह्रै मन दुख्छ, खुशीको कुरा पो गर्नु त, ल कि यो समाप्त हटौ कि चाँही भाग ३ छिट्टै राख है, मलाई छिटो नै राम्रो राम्रो कुरा सुन्न मन लाग्यो, भएन यो त ....

saanu · Feb 6, 2010 9:25 PM

कथा समाप्त भएको सचै नै हो र? मलाई त चित्तै बुझिराछैन भ्नय!!!!! जे भय पनि कथा पढ्न सार्है नै मजा आयो। कथाको लागि धेरै धन्यवाद बैरे। भविस्यमा सफल जिन्दगी - ३ पढ्ने आशमा दिन गनी रहेको छु।

santosh1984 · Feb 7, 2010 10:35 AM

कथा समाप्त भएको सचै नै हो र? मलाई त चित्तै बुझिराछैन भ्नय!!!!! जे भय पनि कथा पढ्न सार्है नै मजा आयो। कथाको लागि धेरै धन्यवाद बैरे। भविस्यमा सफल जिन्दगी - ३ पढ्ने आशमा दिन गनी रहेको छु।

santosh1984 · Feb 7, 2010 10:35 AM

मेरा प्यारा साझा बासी हरुलाई जधौ तथा न्यानो अभिबदन । प्रीय लेखक बैरे लाई पनि नमस्कार तक्रौन चाहन्छु । बल्ल बल्ल फुर्सद मिलएर सबै भाग पढ्न सक्याये । नेपाल बाट फर्के पछी केही हप्ता को लागि साझा नै बिर्सेंको थिए तर बैरे को सफल जिन्दगी को कथा ले फेरी साझा खोल्न वाध्य तुल्यय्यो । एेक्दमै राम्रो लाग्यो बैरे तर आन्थ्य म बियोगन्त भएकोले साह्रै नै निरस तुल्यायो । आफुले पनि नेपाल म अर्कै जात कि सँग प्रेम चलएर अैयो, खोइ के गर्ने हो के अजै थाहा छैन । बैरे के अब रिया सँग कैले भेट हुँदैन त तपाईंको । के एही नै हो प्रेम भनेको किनभने यहाँ दिन्दिनै बैरे र रिय जस्ता धेरै जोडी हरु को बिछोड हुन्छ । के जात्भात ले गर्द प्रेम को बलिदान चाडऔनु नै सफल प्रेम को उदाहरण हो ।

boulevard dreams · Feb 16, 2010 5:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all