भूतेश्वर महादेब !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भूतेश्वर महादेब **************** मल्लकालमा उपत्यकाका तिनै शहरको बैभव र उन्नति इतिहास पढेकै हुनु पर्छ। कान्तिपुरका राजा प्रताप मल्ल र पाटनका राजा शिद्धि नरसिंह मल्ल बीचमा आपसी दुश्मनी त छंदै थियो त्यो भन्दा बढि प्रतिस्पर्धाको भूत सवार थियो। एक ले नयाँ कुनै काम् गर्यो कि वा नयाँ सिर्जना गर्यो कि अर्को ले त्यो भन्द चर्को अर्को बनाउनु नै पर्ने। हुन त त्यतिबेला को नेपाल् बैभवशाली थियो नै। कला, संस्क्रिति को स्वर्णयुग मानिन्थ्यो। शिधि नरसिंहले वास्तुकलाको अनुपम नमूना पाटनको क्रिष्ण मन्दिर बनाए। महाभारतका सम्पूर्ण इपिसोड शीलाका कुंदिएको त्यो सुन्दर मन्दिरको बारेमा यता तान्त्रिक एवं कबि प्रताप मल्ललाई जानकारी थियो नै। मूर्ति प्रतिस्थापन गरी त्यो भब्य मन्दिरको अति भब्य उदघाटन समारोह गर्ने तिथिको साइत जुर्‍यो। देश देशाबरका गण्यमान्यलाई राजकीय निम्ता पठाए। तर प्रताप मल्ललाई त्यो खुशी प्राप्त भएन। पाए पनि के गर्नु, शत्रु देशमा पाइला न टेक्ने कसम् खाएका, फेरि कसम नै तोडुं भने शत्रुबत ब्यबहार गरेर दन्डित हुनु पर्ने हो कि भनेर चिन्तित थिए। क्रिष्णजन्माष्टमीको पबित्र दिनमा मन्दिर प्रतिस्थापनको समारोह अश्वामेघ यज्ञ सहित सुरु भयो। यता प्रताप मल्लको छाति पोल्न थाल्यो। प्रताप मल्ल, कबि र तान्त्रिक मात्र थिएनन्, कलाका पारखी पनि त्यतिकै भएका ले, अति बर्णित त्यो मन्दिर जसरी भए नि हेर्ने भनेर निर्णयमा पुगे। बिना निम्तो शत्रु देशमा त्यसै जाने कुरा भएन, सुरक्षाको कुरो पर्‍यो। भारदारहरु सङ छलफल भयो भने हुदैन भन्ने निर्णय हुने। त्यसैले उनले कसैलाई न भनीकन क्रिष्ण मन्दिरको त्यो अलौकिक द्रिश्य हेर्न गए। प्रताप मल्लले आफ्नो तान्त्रिक शक्तिको बल ले एउटा सानो सर्पको रूप धारण गरे र तन्त्रको मद्दतके एकै चोटि यज्ञ स्थलमा पुगे। मन्दिरको कला र सिर्जना देखेर आल्हादित के भएका थिए, यज्ञमा संलग्न एकजना वटुकले सर्प देखि हाले र डराएर चिच्याउन थाले। उपत्यकाका मान्छे न ठहरे, सर्प भने पछि त्राहिमाम त्राहिमाम्। भागदौड मच्चिन थाले। यज्ञा र प्रतिस्थापनको साइत माथि नै संकट आयो। राजाले आफ्ना सैनिकलाई आदेश दिए, जसरी भए नि त्यो सर्प समातेर ल्याउनु। केही क्षणको संघर्ष पछि त्यो यज्ञा बिथोल्न आएको सर्पलाई पाटा कसेर झ्याइँकुटि गर्दै ल्याए। र यज्ञ पूर्बत सुरु भए। अब त्यो सर्पलाई के गर्ने, झन्डै कार्यकरम नै बिथोलिएको बज्याले गर्दा, राजाले पण्डित जी संग राय मागे। अब पण्डितको नि सातोपुट्लो उडेको त्यो सर्पको कारणले, "त्यो सर्पलाई यही यज्ञको ज्वालामा आहुति दिनु पर्छ, महाराज!" पण्डितजीले आफ्नो रिस पोखि हाले। यता कान्तिपुर दरबारमा प्रताप मल्ल बेपत्ता। उनका अभिन्न मित्र एवं महा तान्त्रिक जामन: गभाजुले कहाँ गए होला भनी तान्त्रिक चक्षुले हेर्दा त सर्परुपी राजा यज्ञ को अग्निमा ॐ स्वाहा हुन लागेका। वटुकहरु मन्त्रोचारण गर्दै स्वाहा गर्न ठिक भएको भयाबह द्रिश्य देखे, जामन: गभाजुले। लौ राजालाई जसरि भए नि बचाउनु पर्यो भनी गुभाजुले गजबको जुक्ति निकाले। जामन: गुभाजुले २ जना ससाना बालक रुपी भूतको साधना गरे र आफुले ऋषिको भेष धारण गरी तान्त्रिक शक्तिको बलले निमेषमै यज्ञ स्थल पुगे। अन्तिम मत्रोछरण गर्दै ॐ स्वाहा के गर्न लागेका थिए, जामन: गभाजु सङ आएका ती बालकहरु ह्वाँ ह्वाँ रुन थाले। अचनक बालक रोएको सुनेर यज्ञमा स्वाहा गर्ने काम रोकियो। को किन यसरी बेसास्री रोए त? खुल्दुलीको बिषयभो। यस्तो पबित्र कार्य गरिरहेको ठाउंमा बालक रुनु अपशकुन हुने हुन्छ। शिद्धि नरसिंह राजाले बालक रुनुको सत्यतथ्य पत्तालगाउन हुकुम् गरे। बालकहरु सङै आएका ऋषिले भने" यी बालकहरु हजुरको बैभवशाली साम्रज्यमा पनि खान नपाएका अभागीहरु हुन्। धेरै दिन देखिका भोका छन्। यिनलाई खाने कुरा दिए, रुन बन्द गर्छन, सरकार"। ऋषिको यो कुरा सुनेर राजाले जे जति खान्छन् खान् दिनु भनेर भण्डार् हेर्ने अंात्यलाई आदेश जारी गरे। यत्तिकैमा अलमल् हुदां सर्प आहुती गर्ने काम त्यसै रोकियो। आदेशानुसार् बालकहरुलाई खानेकुरा दिए। जति खाए नि न अघाउने, भण्डार् का भण्डार् सखाप परि दिए। आखिर् भूत जो ठहरियो। खाने कुरा सकियो। बालकहरु फेरि रुन थाले। राजा शिद्धि न्रसिंह समेत अचम्म, भण्डार् सकिने गरि खाए पनि न घाउने फेरि रुने? अचम्म मान्दै ऋषिलाइ "अब के गरे यिनीहरु रुंदैनन् ऋषिबर्" भनेर सिओधे। जाम्न" गुभाउजुले मौकामा चौका हानी हाले। " ख्वामित, त्यो अघि यङ्ञामा आहुति दिन ठिक्क पारेको सर्प खोजेका हुन् यी बलक ले"। " सर्प दिएमा चुपचाप गाउं फर्कन्छ , महाराज"। सर्पलाई तह लगाउन पो यज्ञमा होमिन लागेको अरु कुनै बैद्क र धर्मिक उपक्रम थिएन। राजाले सर्प बालकलाई दिनु भनी हुकुम् बक्से। यसरी सर्परुपी राजा प्रताप मल्ललाई म्रित्युको मुखबाट बचाएर सकुशल कान्तिपुर फर्काउन सफल रहे, जामन: गभाजु र दुइ भूतहरु। नत्र अनर्थ हुन्थ्यो। यो कार्यमा ती दुइ बालकरुपी भूतहरुको महत्वपूर्ण भूमिका रहेकोले प्रतापमल्लले तिनको सम्मनस्वरुप भूतेश्वर् महादेबको स्थापना गर्न लगाए। तर यसको कुनै मन्दिर छैन। एक बसाह सहितको शिब लिङ्ग र एक खाल्डो निर्माण गर्न लगाए। कुनै पनि भूत पिशाच भगाउने र शुद्दिकरण कार्य गर्दा भूतको भाग छुट्याइ त्यहि भूतेश्वर महादेबको खाल्डोमा चढाउनु पर्ने चलन चलाए र आज पनि त्यो परम्परा अद्यापी छंदै छ। अब त्यो महादेब कहाँ पर्छ भन्ने जिज्ञासा पक्कै भयो होला। त्यो भूतेश्वर काष्ठमण्डप को सिंढिको ठिक अघिल्तिर छ। अर्थात कुमारी घर्को छेउ भएर काष्ठमण्डप अौदा, बाटोको बिचमा खाल्डो र बसाह अझै देखिन्छ। अर्थात ठुल्दाई को घर छेउमै पर्दछ। अर्थात अशोक बिनायक, काठमाडौ गणेशस्थान अघिल्तिर बिच भागमा खल्डो जो छ त्यही भूतेश्वर हो। धेरैलाइ ज्ञात नभएको र थोरै ठाउमा मात्र बर्णित यो सत्य ओझेल् मा परेको छ। खोला तर्‍यो लौरो बिर्सियो जस्तो हाम्रो ब्यबहार छ। भूतलाई सम्झेर बर्तमान बनाउन खोइ हामीले जानेको? चेतना भया। अस्तु! © तारेमाम्।

rahulvai · Aug 13, 2009 1:08 PM · 39,500 views

21 Replies

वाह ठुल्दाइ, क्या मज्जाको कथा / ईतिहास पढियो, यस्तो कथा बाजेले सुनाउने गर्थे, ऐले त केइ नि याद पनि छैन, अरु इन्तेरेस्तिङ भये अरु नि जाओस न, जामन गुवाजुको खुब नाम सुनेको पैले पैले बच्चा बेलाँ! कथाको लागि धन्या-पात

perfectionist · Aug 13, 2009 1:25 PM

वाह ठुल्दाइ, क्या मज्जाको कथा ! प्रताप मल्ल सिद्धिनरसिङ्ह मल्ल को बारेमाम ईतिहास मा पढेको भये नि यो कथा त थाहा थिएन ! धनीया को पात !

ritthe · Aug 13, 2009 1:43 PM

majja ayo dai! milcha bhane patan ko tyo "surung" ko kissa k ho sunaunu na... " Ma patan, Mangalbazar bata nai ho, Gyaat hola tapai lai Bhimsen mandir ko thick sangai ko sano mandir jasto dhoka bhayeko jahan bata gayo bhane swayembhu pugincha bhanchan"..... ali belibistar launu paryo rahuldai!!!!!

teamlogo · Aug 13, 2009 1:52 PM

लौ ईतिहास पढियो , शाहरै रोमान्चक कथा , बुढा लाई जे होस् ज्ञान गुण का कुरा धेरै आउछ

बैरे · Aug 13, 2009 1:56 PM

बोर हान्ने मान्छे न परे । ठुल्दाई लाई कस्ले जित्ने । मेरो पनि धानको-भात छ है ।

mysteryman2055 · Aug 13, 2009 4:04 PM

  "वाह ठुल्दाइ, क्या मज्जाको कथा ! प्रताप मल्ल सिद्धिनरसिङ्ह मल्ल को बारेमा ईतिहास मा पढेको भये नि यो कथा त थाहा थिएन ! धनीया को पात ! " mero ni same to same......thuldai ko katha haru sabai ramailo huncha. hai ritthe..

*~Spring~* · Aug 13, 2009 6:52 PM

लौ एसपाली नेपाल जादा महेन्द्र बौचाको पसलमा दुई प्लेट हानेर भुतेश्वोर महादेव पनि हेर्नु पर्ने काम थपियो । हर हर महादेव।

Harka_Bahadur · Aug 13, 2009 7:57 PM

ईतिहासमा यो कुरा त पडेको थिएन तर जामन गुभाजु को नामले मेरो बुवाले सुनाइसेको कथा याद आयो .......... राम्रोसँग लेख त आउँदैन तर ताल र सुर मिलएर पढ्नु होला ल...........   एक जमानामा, जामन गुभाजु नामको ठुलो तान्त्रिक थिए, वहाँको श्रीमती पनि ततिकै नाम चलेको तान्त्रिक थिइन। अर्को ढेशको तान्त्रिकलाई यो जामन गुभाजु साचै नाम अनुसार कै काम गर्ने मान्छे हो कि होइन भनेर जाँच्न मन लगेर कान्तिपुर हिंडे।(Thuldai  को कथा अनुसार गुभाजु को घर कान्तिपुर guess गरेको) गुभाजुको घरमा तान्त्रिकले गुभाजुको श्रीमतीलाई भेट भयो। उनिले गुभाजु बहिर गएको बताएन्। त्यो तान्त्रिकलाई बसालेर खानाको बन्दोबस्त गर्न थालिन। उनिले भाडा चुलो माथि रखिन र बिना दौरा नै आगो बालेर खाना पकाउन थालिन। त्यो देखेर गुभाजु लाई जाँच्न आएको तान्त्रिक गुभाजुको श्रीमती त दौरा बिना खाना बनाउने, जानम गुभाजु त झन के के गर्न सक्ने होला भनेर जुन बाटो आएको तेही बाटो फर्क्यो। the end.   Hopefully, जामन गुभजु ले राजा प्रताप मल्ललाई म्रित्युको मुखबाट बचाएर सकुशल कान्तिपुर फर्काउन सफल रहेको कुरा पनि त्यो तान्त्रिकले सुन्यन होला।

NitiSa · Aug 13, 2009 10:03 PM

पुरे, त्यसो त यो भूतेश्वर को कथा २ बर्ष अगाडि नै साझा र साझा ब्लग मा राखेको थिए । हिजो कृष्णष्टमी भाकोले फेरी सम्झना नबीकरण गरेको मात्र। सुनेको कथालाई आफ्नो भाषामा पस्केको मात्र। रिट्ठे, यो कथा त्यही टोलमा बासिन्दा लाई पनि थाहा छैन, किन कि प्रकाशित् कथा होइन। भूतेश्वर को खाल्डोमा भूतलाई पन्छाउने पूजा चाँही गर्छन् तर भूत कहाँ बाट आयो कसलाई बाल मतलब ?  टिमलोगो, धन्यवाद। यस्ता किंबदन्तीमा आधारित् न लेखिएका कथाहरु थुप्रो छन । जामन: गभाजुका अनेक किस्सा छन। मंगलबजार को सुरुङ को कथा मैले पनि सुनेको छैन। तर स्वयम्भू शान्तिपुर मन्दिर भित्र हुंदै कान्तिपुरको बिभिन्न भागमा खुल्ने सुरुङ को कथा चाँही थाहा छ । कुनै दिन फुर्सदमा लेखौला । बैरे, यस्ता रमाइला कथाहरु धेरै छन , त्यता तिर भन्दा फेशन  र यौन को कुरा मा आजको पुस्ताको ध्यान र ज्ञान गएकोले ओझेलमा परेका हुन। यो बुढालाई भन्दा अरु धेरै बुढाहरु सँग ज्ञानगुन छन । रहस्यमयी मान्छे,  बोर्ड हान्ने धेरै छन साझामा पनि ।  म त चानचुन मान्छे। सुनेको देखेको कुरा लेख्यो बस्यो। काम छैन के गर्ने ? पिया , ईतिहासको स्वर्ण युगको कथा हो। कती बैभवशाली थियौं हामी , कती ज्ञान  बिज्ञान मा  प्रगती गरेका थिए हाम्रा पुर्खा ले, यी कथाहरु मा मात्रा सीमित छन अहिले। हर्के, हर्के ले अब महेन्द्र बौचा को पसल जाँदा भूतेश्वर लाई पनि भेटेर आउने भए। खाल्डो मा खस्ला होस् गर्नु। आँफै भूत होला फेरी । नितिसा, हो, जामान: गुभाजुका अनेक रोमान्चक कथाहरु छन। जामन: गुभाजु को चाइना यात्रा, जामना गुभाजु ले मरुहिटिमा डोको मा पानी भरेको आदी इत्यादी । जामन: गुभाजु को मूल घर श्रीखण्ड मूल महा बिहार ( सिखमू बहा), कुमारी घर,बसन्तपुर मै हुनु पर्दछ भन्ने विद्वानहरुको भनाइ छ । जामन: गुभाजु ले पनि तन्त्रको कही दुरुपायोग गरेकोले श्राप लागेको रे। जामन: गुभाजु को घरमा कहिलेइ लाटा लठेउरो खाली हुनेछैन भनेर श्राप बोकेको रे। अचम्म को कुरा, सिखमू बहा को एउटा घरमा अहिले पनि लाटो सन्तान जिउदै छ । संभवत जामन: गुभाजुका सन्तति हुन तिनी।

rahulvai · Aug 14, 2009 10:47 AM

राहुल्दै जामन गुवजु कसरी त्यस्तो पोवेर्फुल् हुन पुगेको ? अहिले  पनि एस्तो मान्छेहरु होला त ?

nhuchche · Aug 14, 2009 11:00 AM

जामन गुवाजुको कथा मलाई मेरो बाजेले भन्नु भये अनुसार, मलाई ऐले दुइटा कुरो याद छ, खै कताको पो हो ढुङगे-धारामा डोकोमा पानी भरेर ल्याको रे, अनी अर्को चाँही शायद मच्छिन्द्र नाथलाई लिन जानी बेला घरमा भेट्न जाँदा, गुवाजुको बुढी (wife) चुलोमा आफ्नो खुट्टा राखेर खै के पो पकाइरा थियो रे, अरु अरु पनि भनेका थिए, तर ऐले केइ याद छैन, ठुल्दाइले यस्मा बिस्त्रित जानकारी दिनु हुन्छ होला भन्ने आसा गर्या छु!

perfectionist · Aug 14, 2009 11:28 AM

मैले पनि सानोमा गुभाजु देखेको छु, तर त्यो गुभाजु त मान्छे नैं थियो। कोहि बिरामी भयो भने त्यहिं गएर फुकफाक गर्थ्यो। यो कथामा भुतको कुरा निकै रोचक लाग्यो।

crazy_love · Aug 14, 2009 11:42 AM

कोपी क्यात पिया, हो नि ठुल्दाइ को कथा सबै रमाइलो हुन्छ ! ठुल्दाइ मान्छे नै रमाइलो ! हर्के, ल सबै काम गरेर आएपछी रिपोर्ट बुझाउ है बाओ  ! नितिसा, राम्रै लेख्न आउदो रइछ त ! मलाई एत्तिको लेख्न आउने भा' भे साझा को कुराकानी मा रिट्ठे को कथा बाहेक अरु केही नि देखिदैन थ्यो ! अर्को कथाको प्रतिक्ष्यामा !

ritthe · Aug 14, 2009 11:42 AM

tapai haru katti ko biswas garnu huncha tyo ta thaha chaina, tara Bhoot panchauna lai ajhai pani Gubhaju haru chan, jo tantra mantra ma mahir chan. "Dekheko ni chu".

teamlogo · Aug 14, 2009 12:58 PM

हो र? मैले चाँही देख्या छैन, सुन्या छु, तेइ भेर हत्त-पत्ती विश्वाश चाँही लाग्दइन, तर सुन्न चाँही मन लाग्छ, टिम्लोगो, बरु एस्सो experience चाँही सेर गरम न त, भन्न मिल्छ भे, पत्याउने नपत्याउने आफ्नै ठाममा छ, त्यो बालै भएन नि, कि कसो?

perfectionist · Aug 14, 2009 1:05 PM

धेरै जसो  देउता चढ्ने, द्यो माँ,   चाँही ढोंगी हुन्छन । जान्ने तान्त्रिक थोरै हुन्छन शंका छैन। जामन: गुभाजु थिए कुनै काल खण्डमा यसमा नि शंका नगरौं। मैले धेरै घट्ना आफ्नै आँखा ले देखेको छु, आँफैले भोगेको छु । कुनै दुष्ट आत्मा को प्रभाव र तान्त्रिक को उपक्षर । विश्वाश गर्ने न गर्ने आफ्नो ठाउमा छ । बिस्तारइ त्यस्तो कथा पनि लेख्दै गरौला। अनि मच्छिन्द्र नाथ सँग जोडीएको तान्त्रिक चाँही जामन: गुभाजु होइन, मच्छिन्द्र नाथ को ईतिहास को सयौं बर्ष पछी मात्र जामन: गुभाजु को अस्तित्व भेटिन्छ । मच्छिन्द्र नाथ लिन जाने तान्त्रिक बन्धुदत्त आचाजु अर्थात आचार्य, बज्रचार्य वा कर्माचार्य मध्ये एक आचार्य थिए।  

rahulvai · Aug 14, 2009 1:19 PM

thank u for the correction. मलाई त हल्का मात्र याद छ, पैले पैले बाजेले भन्नु भाको, तेइ भेर गल्तिले मिस्टेक भो, माफ पाउँ

perfectionist · Aug 14, 2009 1:43 PM

I have to admit i am not very familar with काष्ठमण्डप or कुमारी areas!  Could  some one please post the picture of काष्ठमण्डप को सिंढिको ठिक अघिल्तिर कुमारी घर्को छेउ भएर काष्ठमण्डप अौदा, बाटोको बिचमा खाल्डो र बसाह ??? Thanks .. interesting tale!   Next time when i go kathmandu, i will make a point to visit that place ..

madhesi · Aug 14, 2009 8:05 PM

 

rahulvai · Aug 14, 2009 9:29 PM

Error occured here because of server configuration. Any inconvenience is regretted - admin

madhesi · Aug 14, 2009 9:47 PM

बसाह शिव जी को बाहन अर्थात साँढे । 

rahulvai · Aug 14, 2009 9:57 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion