'सेवानै धर्म हो'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भनिन्छ, 'सेवानै धर्म हो'। आर्थात, सेवानै धर्मको सबैभन्दा ठुलो रुप हो। आफ्नोलागी त जसले पनि सोच्छ, गर्छ। अर्काको लागि सोच्नु, गर्नु महानता हो। कसैले गर्छन् भने ति आदर्श ब्यक्ति हुन। ति सबैलाई प्रणाम।                 गत साता मनोज अर्याल र अमृत चलिसे सँग भेट भयो । राम्रै भलाकुसरी भयो। उहाहरु नेपालबाट लायन्स क्लबको सेमिनारमा भाग लिन यहाँ, अमेरिका आऊनुभएको थियो। मैले थाहा पाएे उहाहरु नेपालका युवा समाजसेवी हरुका प्रतिनिधि हुनुहुन्छ। दुबै ब्यस्त हुनुहुन्छ्( नेपालमा) आ-आफ्नै काममा। राम्रै कामाउनु हुन्छ। कमाइबाट अलिकती साच्नुहुन्छ, समाजसेवाको लागि। ब्यस्तताबाट अलिकती समय निकाल्नुहुन्छ, समाजसेवाको लागि। कुनै ठुलो समाजसेवि बनुला र नाम कमउला भन्ने छैन। जती सकिन्छ गर्ने हो। यसैमा सन्तुष्टी छ। मनोज अर्यालले यौटा प्रसँग कोट्याउनु भयो।  प्रसँग भन्दा बडी यो कथा हो। कथाको नायक उहा आँफै हो, जो एक बैंकमा कारीन्दा छन। तेसैले यो उहाको आत्मकथा हो। उहा आफ्नो कथा यसरी सुनाउनुहुन्छ: ‘अफिसले मलाई काजमा खटायको छ, दाङको घोराहिमा। तेही ठाउँ जहाँ द्वन्दकालमा माओवादीहरुले भीषण आक्रमण गरेका थिए। एकदिन एक महिला तिनको छोरीको साथ बैंकमा आइन। सोधिन: ' एउटा खाता खोल्नुपर्ने थियो; निशुल्क खोल्न मिल्छ होला' ? उनकी छोरी भने मेरो टेबलमा भएका समानहरु खेलिरहेकी थिइन्। म चिडिरहेका थिए। 'मिल्दैन' ठाडो जवाफ दिएे। मेरो यस्तो जवाफ पाएपछि, ति महिला निराश भइन। आफ्नी छोरी देखाउदै भनिन्,'यसलाई ब्लड क्यान्सर भएको छ। हप्तै पिच्छे रगत सफा गर्नु पर्छ, वा परिवर्तन गर्नु पर्छ। मलाई सकेसम्मा पैसा जोगाउनु छ। तेसैले पो!' मेरो अनुहार एकाएक मलिन भयो। उनले त्यो बच्चिमा आफ्नै छोरीको अनुहार देख्न थाले। आशु रोक्न सकिन । एकैछिनमा बैंकका सबै कर्मचारी जम्मा भए, त्यो बच्चिलाई हेर्न। सबैको आँखा रसाएका थिए। तर बच्ची भने आफ्नै सुरमा खेल्दै थिइन। उसलाई के थाहा, उसलाई ब्लड क्यान्सर भएको छ। नियमित उपाचार भएनभने कुनै बेला पनि भगवानको प्यारो हुन सक्छे। प्रकृति कतिसम्मा निर्दयी हुन सक्छ?? मैले सोचे, यस बच्चिको लागि केही त गर्नै पर्छ। मैले उनिहरुको लागि बैंकमा निशुल्क खाता खोली दिए। आफ्नै गोजिबाट १००० नगद झीकेर बचत् पनि गरिदिए।  अगुवा बन्न  गाह्रो हुन्छ किनभने पछुवाहरुले अगुवा को नक्कल गर्ने हो। पछुवाहरुले देखाउने व्यबहार आगुवहाँरुले तय गर्ने हो। मेरो अरुले सिको गरे। जसले जतिसक्थे दिए। पहिलो दिनमा नै राम्रै पैसा उठ्यो। राम्रा अगुवा भये राम्रा काम कती सजिलै र चाडै हुन्छन। स्थानिय पत्रीका र रेडियोले यो समाचार प्राथमिकताका साथ् छापे, फुके। बिस्तारै सहयोगीहरुको भिड बड्न थाल्यो। आज त्यो बच्चाको उपचार् गर्नपुग्ने पैसा बैंकमा छ। सहयोग बड्दो छ। नेपालीहरुको मन बिशाल रैछ। ति महिला र उनकी छोरी मलाई भेट्न बैंक आईरहन्छन। उनकी छोरी फेरी स्कुल जन थालिन रे। स्वास्थ्यमा पनि बिस्तारै सुधारआउँदैछ रे। एकदिन ति महिलले उनकी छोरीलाई भनिन,' अंकललाई नमस्कार गर' । बच्चिले हाँस्दै मलाई नमस्कार गरिन। फेरी आँखा रसए। यो खुशीको थियो।  सोचे, मैले पनि जीवनमा केही त गरेछु।‘ समाप्त।                   बुदापाका भन्छन, सेवा गेरे मेवा पाईन्छ। मेवा भनेको मनको शान्ति हो। मनोज अर्यालले गर्नुभएको आनन्दको अनुभुति हो। एना अघि उभिदा आफुमथि गर्न सकिने गौरब हो। आत्मासम्मान हो। मेवा तिनले पाउछन् जसले सेवा गर्छन्। हामीमध्यका कतिपयलाई चाँही मेवाको मतलब नै हुँदैन। यो बिडम्बना हो। तर्क यो हैन कि सबैले गर्नु पर्छ। तर्क हो, कम्सेकम सक्नेले चै गर्नै पर्छ। महत्मा गान्धी भन्छन, 'भोको पेट्ले केबल रोटीमा आदर्श देख्छ।' कुरो सहि हो। भोकै बसेर अरुको सेवा गर्छु भन्नु हस्यस्पद हो। तर, अघाएकाहरुले अरुको सेवा किन गर्ने भनेर प्रश्न उठाउनु चाँही  बिडम्बना हो। सोचौ, हाम्रा महँगा कपडाको खातबाट एक जोर हटएे कती नाङाको जिउ दाक्थ्यो होला? हामीले एक गास खटाउन सके कती भोक को पेट भर्थ्यो होला? हाम्रो धेर थोर कमाइको थोरै अंश साच्नसके कति रोगी बाच्थे होलान्, कति बच्चाहरुले स्कुलको मुख देख्थे होलन? येती गर्दा हाम्रो जिवनमा चै कति फरक पर्ला त? शुन्य। भनेपछि, आफुलाई खासै केही असरै नपारि अरु कसैलाई सपार्न सकिन्छ भने किन नगर्ने?? गर्ने हो भने जे पनि गर्न सकिन्छ। थोपा थोपा मिलेर नै समुंन्द्र बन्छ। जरुरत हो, सोचको, पहिलो कदमको र असल अगुवाको।   4th August Mobile, Alabama

pashupatidev · Aug 10, 2009 1:06 PM · 12,380 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all