नेविसंघ-अखिल झडप, बाह्र विद्यार्थी र ६ प्रहरी घाइते क्याम्पसमा अनेरास्ववियु र नेविसंघका विद्यार्थीबीच आइतबार दिनभर झडप भएको छ । झडपमा १२ विद्यार्थी र ६ प्रहरी घाइते भएका छन् । प्रवीणता प्रमाणपत्र तहमा भर्ना खोल्नुपर्ने माग राखेर प्रदर्शनमा उत्रिएका आफ्ना विद्यार्थीमाथि नेविसंघले आक्रमण गरेको अनेरास्ववियुको आरोप छ । अनेरास्ववियु अध्यक्ष रामकुमारी झाँक्रीले आफ्ना साथीमाथि नेविसंघले खुकुरी हानेको आरोप लगाइन् । उता नेविसंघ अध्यक्ष प्रदीप पौडेलले भने झडपमा नेविसंघको कुनै हात नरहेको भन्दै गुन्डा-गुन्डाबीच लडाइँ भएको प्रतिक्रिया दिए । 'यी सबैलाई कारबाही हुनुपर्छ, पहिले गोली चलाउनेलाई पनि कारबाही हुनुपर्छ,' उनले भने । दुई पक्षबीच हानाहान हुँदा क्याम्पस क्षेत्रमा दिनभर आवतजावत ठप्प भएको थियो । पहिले विद्यार्थी-विद्यार्थी र पछि विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । घाइतेको वीर र त्रिवि शिक्षण अस्पतालमा उपचार भएको छ । प्रदर्शनका क्रममा विद्यार्थीले बा.१ झ ५०१५ नम्बरको सरकारी गाडीसमेत तोडफोड गरेका थिए भने प्रहरीमाथि इँटा बर्साएका थिए ।
timer · Aug 10, 2009 1:00 PM · 2,135 views
timer · Aug 10, 2009 1:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion