राज्यकोषको दुरुपयोग - New Govt.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राज्यकोषको दुरुपयोग चूडामणि भट्टराई अर्थमन्त्री सुरेन्द्र पाण्डेले पद बहालीका दिन मन्त्रालयको हलमा देशको ढुकुटी सदुपयोगको वाचा गर्दै भनेका थिए, "यो वर्ष धेरै ठूलो रकम बचत भएको छ, जसलाई आगामी वर्ष क्षेत्रीयस्तरका ठूल्ठूला योजनामा लगानी गरिनेछ ।" तर, अर्थ मन्त्रालयका उच्चपदस्थ कर्मचारीदेखि कर्मचारी नेताहरूसमेत उपस्थित स्वागत कार्यक्रममा व्यक्त मन्त्री पाण्डेको यो वाचा धेरैदिन टिक्न सकेन । किनभने, उनले अर्थ मन्त्रालयको काम र प्रक्रिया बुझ्न थालेको केही दिनमै मुलुकको ढुकुटीमा सञ्चित रकम एउटा निवेदन वा सामान्य सिफारिसका आधारमा धमाधम बाँड्न थालियो । बिनायोजना र निरुद्देश्य रकम वितरणबाट एक महिनाको अवधिमा देशको ढुकुटी रित्तिएको मात्र छैन, ऋणात्मकसमेत भएको छ । नेपाल राष्ट्र ब्यांकले यस्तो तथ्यसहितको गोप्य विवरण अर्थमन्त्री पाण्डेलाई बुझाएको छ, साउन ११ गते । मन्त्री र सचिवलाई मात्र उपलब्ध गराइने उक्त विवरणमा त्यस्ता केही कहालीलाग्दा तथ्यहरू छन्, जसले मुलुकको ढुकुटीलाई एक्कासि शून्य मात्र होइन, २६ करोड ६३ लाख रुपियाँ ऋणात्मक बनाएको छ । कतिसम्म भने असार २६ देखि ३१ गतेबीचको १४ अर्ब ४६ करोड ३८ लाख रुपियाँ झिकिएको छ, जसमा ऋण तिरिएको १ अर्ब ७ करोड ६२ लाख रुपियाँ समावेश छैन । माओवादी नेता बाबुराम भट्टराईले आफ्नो पार्टीका स्थायी समिति सदस्य पोस्टबहादुर बोगटीको नेतृत्वमा रहेको सहिद प्रतिष्ठान र जनमैत्री अस्पताल मात्रै होइन, सहकारीका नाममा वाईसीएल कार्यकर्तालाई रकम बाँडेर पनि अर्थ मन्त्रालयको नेतृत्व छोड्दा १७ अर्ब ६१ करोड १ लाख रुपियाँ ढुकुटीमा छाडेका थिए । अत्यन्त महत्त्वाकांक्षी राजस्व संकलन योजनामा काम गरेका भट्टराईले प्रक्षेपणभन्दा पनि बढी राजस्व उठाएका थिए । उनले गत आर्थिक वर्षमा १ खर्ब ४१ अर्ब ७२ करोड २१ लाखको लक्ष्य लिएर १ खर्ब ४३ अर्ब ३० करोड ४६ लाख रुपियाँ राजस्व संकलन गरेका थिए । उनले अर्थ मन्त्रालय सम्हालेको एक महिनासम्म राज्यको ढुकुटीमा ठूलो हात चलाइएको थिएन ।  दलहरूबीच जिल्ला विकास समिति र गाउँ विकास समितिमा पदाधिकारी नियुक्त गर्नेबारे केही समय छलफल चले पनि...  CLICK HERE FOR MORE

ANS · Aug 9, 2009 3:17 PM · 1,131 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all