निहुँ खोज्ने कोही छ ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

- भवसागर घिमिरे हात भाँच्दिन्छु, दाँत भाँच्दिन्छु बोरामा राखेर क्याम्पमा लगेर खाँदिन्छु क्याम्पस प्रमुखलाई कुट्दिन्छु, औधोगिक क्षेत्रका व्यापारिलाई पनि कुट्दिन्छु एक एकलाई समातेर चिकेन फ्राइ झैँ भुट्दिन्छु ए पुलिस आउँछस समात्न ? नेताको एक फोनले छुट्दिन्छु मलाई के नपुग छ र, सब थोक पार्टी जुराउँछ घ्याम्पो जाँड छ, ठेकीमा मोही छ ओइ, मसँग निहुँ खोज्ने कोही छ कसैले 'वइ स्याल' भन्छन, कसैले 'युथ कोर्स' भन्छन् 'गरुण जस्ता', 'कराइ फोर्स' जे भनेनी, हाम्लाइ ठूलै मान्छे गन्छन कहिले चन्दन तस्करी रोक्दिन्छु कहिले आफै तस्करबनी बोक्दिन्छु भष्ट्राचारीलाई कानुनले हैन, भ्याच भ्याच हातैले ठोक्दिन्छु उद्योग बन्द गर्दिन्छु, स्कुल बन्द गर्दिन्छु, गरिब उक्साउनलाई सबैको कान भर्दिन्छु मै हो क्या कानुन, नेपाली मानुन या नमानुन। हाम्रा नेताले भन्दैछन्, सडक सदन बाल्ने हो प्रचण्ड गर्मीको तातोले, माकुरे सरकार ढाल्ने हो नेताको त म दाहिने हात मर्ुख हो मेरो जात सत्ता पल्टाउन पर्‍यो भने बौलाइदिन्छु रातारात कुखुराको सपेटाले मोल्छु दाँत बियरले गर्छु मुख कुल्ला हातमा मेरो रिमोट छ, घरि बन्द, घरि खुल्ला जे भनेपनि भा कै छ मान सम्मान पाकै छ। नपढेनी टन्न खाकै छ के भो र ? चाहे रुकुम पखलाले गलोस् चाहे जाँजरकोट हैजाले ढलोस् चाहे संखुवासभा पहिरामा परोस् चाहे राजधानीमा गाडीले मान्छे किचेर सोतर पारोस् सय पचास, मारे मारोस् न पखला टाल्ने मेरो काम न हैजा सम्हाल्ने मेरो काम रातमा न गाडी रोकेर पार्नु जाम भिर पहिरामा चिप्लनेलाइ भन्न सक्छु, बस् हरे कृष्ण हरे राम देखाउनका लागि त गैदिन्छु आँशु चुहाउनेमा सहभागि भैदिन्छु दुइचार भाषण ठोकौंला दुइचार लाश बोकौंला एक दुइ समाचार छर्कौला, दुइचार दिनमा र्फकलौं, के भो र ? कलेजमा हुन्छु भर्ना, हाजिरमा हुन्छु गएल रडभाला बोक्छु झोलामा दिनदिनै हुन्छु घायल टायर मेरो किताब हो सलाइको काँटी कलम छ पाए सम्म सलाइ कोर्ने हो कलेज पनि फोर्ने हो सडकमा आएर पाठ घोक्ने, यहाँको यस्तै चलन अर्को पाटीको दबदबामा हुन्छ मन जलन। जती धेरै ढुंगा हान्यो उती धेरै नम्बर आउँछ दुइचारवटा बस नजलाए दुइ बर्षै ब्याक लाउँछ ठोक्न पर्छ ढुंगाले घोक्न पर्छ बन्दको पाठ जाँच दिने पाटी कार्यलय बसेर रिजल्ट सबै फस्ट डिभिजन पास गज्जब छैन त पढाइ ? सबै भन्दा पिरो म नेपालको हुँ हिरो म अहिलेको महंगी भन्दापनि बढेको छ मेरो भाउ। हरेक दल भन्दैछन् युवा मेरो पाटीमा आउ जता गएनी लड्ने हो राजनीतिको पाठ पढ्ने हो कस्ले भन्छ सड्ने हो यसरी नै अगाडि बढ्ने हो। कर्ण्ााली भोको भएनी, मेरो त पेट टन्नै छ मेलम्चीबाटैमा रोकिएनी मिनरलवाटर पुगेकै छ काठमाडौंमा फोहोर के थुप्रेया छ र जती हामी थुप्रेका छौं त्यसैले त सानो कुरामा सडकमा आएर उप|mेका छौं। यसरी नै हुर्क्या छौं, युवा हामी नेपालयो, आउँदैन बुद्धी फर्केर नझरी टाउकाको कपाल यो नेताले हामीलाई सिकाका, यसरी नै देश चलाउने हामीलाई सडकमा उफारी हरेक सरकारलाइ ढलाउने गर्नुपर्छ चाकडी, युवा हामी नथाकी, पाइदैन जागिर यो देशमा, नेताका पछि नलागि। पहिला मज्जाले गोद्ने हो, अनि बाँकी कुरा सोध्ने हो डर त्रास देखाएर जोखिने हो दादागिरीको कानुनमा चोखिने हो यही मेरो कानुन, दुनियाँले जानुन तैपनि आँखा तर्छन पत्रकार ठूला कुरा गर्छन, बुद्धलाई रगतले छोइच, नेपाली आमा रोइछ' आफ्नो त घ्याम्पोमा जाँड छ ठेकिमा मोही छ दिन्छु अनि ठूला कुरा गर्ने ? ओइ निहुँ खोज्ने कोही छ ? Last edited: 08-Aug-09 04:29 PM

khoi_k_khoi_k · Aug 8, 2009 9:39 AM · 15,322 views

6 Replies

कबिता भए सुनमा सुगन्ध हुने थियो ।

syanjali · Aug 8, 2009 1:17 PM

damizzzzz lagyo yo .....good good

damikattu · Aug 8, 2009 4:43 PM

that's a good one.

cartman · Aug 8, 2009 11:36 PM

.

AdrianDaju · Apr 4, 2019 1:19 PM

माओबादी को राष्ट्रिय गीत हो ?

hussain_khan · Apr 4, 2019 2:02 PM

आधुनिक कबिता जस्तो लागेको थियो तर नेपाली rap लाई कोरिएको गीत हुनु पर्छ | सिरिश साझा छिर्दैनन  अनी राहुलभाई खुराक बिहिन साझा मा मुस्किलैले चिहाउछ रे ? हेर्दै जाउ , कही टिप्पणी गरी हाल्छन कि ?   Last edited: 06-Apr-19 07:03 PM

logan · Apr 5, 2019 9:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion