~ * चौतारी १५५ *~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

~ *  चौतारी १५५ *~   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"  "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 155 editions.  

serial · Aug 7, 2009 10:16 AM · 190,508 views

305 Replies · Showing 301 - 305
Page 16 of 16

fursat lai khojyaa.. bhetiyena .. lau na.. marnai aaten ma ta.. kati bighna kaam ho.. maaryo ni.. la na.. malai tyo birkhe_maila ko katha kasaile milaai diun na.. 12 page samma matra pugyo.. tespachi ta haraayo.. ke garni holaa ni..

perfectionist · Aug 17, 2009 12:55 PM

दोस्रो राउण्डको जदौका साथमा तारेमाम।   थाम्नुस् न ठुल्दाइ अब सुर लाउनु पर्छ नि ! लहरे बौचा लाई त बिपदा पर्या जस्तो छ ठुल्दाइ? बिपदा भन्या नबुझ्ला बौचा ले फेरी ! ट्राजेडी भन्या है बौचा ! अनी हसुराइ सक्क्यो त दाई को? हन यो पुरे त के बिघ्न काम पनि भन्या छ उता फेरी बिर्खे माइला को कथा पनि खोज्दै हिड्या छ ! कस्तो अचम्म को प्राणी हो ! अब बिर्खे माइला को कथा को लागि जिम्माल बुढा लाई खोजेर ल्याउ उनै ले तिम्लाई ईमेल फिमेल गर्ने हो गरेर पठाइदिन्छन !

ritthe · Aug 17, 2009 1:01 PM

अस्ती को लन्च पनि बेमिशाल रह्यो रिट्ठे। फोटो चाँही खिचिएन । खानावाना असली थियो। अनी घरेलु पिउने पनि असली नै थियो भनी मानेछु क्या रे।

rahulvai · Aug 17, 2009 1:09 PM

Serial, Could you please delete this posting ?   Ritthe Bro, ठूल्दाईको 'रातो गुलाफ' र 'सबै फूल फूल्नैपर्छ भन्ने के छ र" ले वातावरण नै रुमानी बनाईदिएको थियो । अरु त ठू्ल्दाईले पनि सुनाउनेछन् नै होला ।    Last edited: 17-Aug-09 04:44 PM

Nepe · Aug 17, 2009 4:04 PM

ओहो कस्तो लाइभ्ली फोटो ठुल्दाइ को ! धन्यवाद नेपे दाई ! अनी कार्यक्रम कस्तो भयो त दाई? अनी आफ्नो फोटो त राख्नु भएन नि !

ritthe · Aug 17, 2009 4:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all