लौ सुन्नुहोस ताजा खबर - तात्तातो खबर आजैको खबर माओबादीले स्वायत्त प्रदेश गठन गर्ने रे, स्थानिय सरकार गठन गर्ने रे माइक्रोबसमा एउटा पत्रिका बेच्ने फुच्चेको चिच्याहट झ्यालतिरबाट सुनियो । यो चिच्याहट नै काफि छ देश कता लम्किरहेको छ भन्ने बुझाउनलाइ । खस भाषाका अगुवाहरुले राज्यको श्रोतसाधनमाथि एकलौटी कब्जा जमाइ दुरुपयोग गरी अन्य भाषामाथि गरेको दमन थिचोमिचोको नतीजा आउन थालेको आभाष भएको छ । गैरखसभाषा बोल्ने जनजातिहरुमा रहेको तीब्र असन्तोषलाइ नजरअन्दाज गरेर भित्तैमा पुर्याउन खसबादी पञ्चायति सरकार हात धोएर लाग्यो, त्यसै नीतिलाइ मलजल गर्न र खसभाषालाइ अभिजात्य भाषा अन्य भाषाभाषिलाइ दोस्रो दर्जाको हैसियतमै राख्न बहुदलीय भनाउदो ब्यबस्थाले कुनै कसर बाँकि राखेन । त्यहि असन्तोषलाइ माओबादीले टिप्यो, शुरुवाती दिनमा जनसमर्थन बटुल्न हम्मे हम्मे परेको आतंककारी जनयुद्धबादी माओबादी पार्टी त्यसपछि दिन दुइगुणा रात चौगुणा फुल्दै गए । बिशेषत: खस समुदायमाझ केहि राजनीतिक र केहि प्रतिशोधको भावनालाइ उचाल्दै तथा गैर खस समुदायमाझ भाषिक स्वतन्त्रता र समान हकको भावनालाइ टिप्दै, त्यो भन्दा अझ एककदम अगाडि बढेर स्वायत्तता र आत्मनिर्णयको अधिकार दिने सम्मका बाचा गर्दै समर्थक पंक्ति बढाउन माओबादिहरु पछि सरेनन । माओबादिले ती नारा दिदाबखत पाएको आकर्षण सरकारमा गएपछि टिकाउन सकेन । तर सरकारबाट ओरालो लागेपछि फेरी सस्तो लोकप्रियताको लागि हो वा साँच्चै नै ती मागहरुप्रति संवेदनशील भएर हो फेरि स्वायत्तता र आत्मनिर्णयको कुरा चर्को चर्को बोल्दैछ । माओबादिले हालै घोषणा गरेको आन्दोलन र सरकारलाइ समेत ओभरटेक गरेर गठन गर्न खोजेको स्वायत्त प्रदेश र स्थानिय सरकार बिशुद्ध जातीय प्रारुपको छ । माओबादीको माग बेठिक छ म भन्दिन तर माओबादिले आवश्यक गृहकार्य भने गरेको छैन भन्ने मेरो बुझाइ छ । उक्त आन्दोलन र गतिविधिको माध्यमबाट संघिय नेपाल तर्फ संक्रमण गराउने एउटा आँधि आउने निश्चित छ, साथै यो आन्दोलन (यदि सफल बनाएमा) अहिलेसम्म माओबादीलाइ मुल्याङकन गर्दै रहेका जनजातिको ठूलो पंक्तिलाइ माओबादी समर्थक बनाउने पनि निश्चित छ । यस्तो आँधिले धेरै पुरानो मान्यताहरु भत्काउने छ, तर नयाँ मान्यता सहि ढंगले बनाउने छ वा छैन भन्न सकिन्न । आँधिको जन्मजात गुण नै बिध्वंश गर्ने, निर्माण नगर्ने प्रकृतिको हुन्छ । अन्य भाषाको अधिकारबारे कुरा उठाउने बित्तिकै कुर्लिन तम्सने एक जमात बाहुन खस मित्रहरु साझामा पनि बग्रेल्ति छन, उहाँहरुको लागि यो आँधि बहस, बिचारबिमर्शको विषय बन्नु पर्ने होइन र ? के छ त मित्रहरु बिचार ? कसले कसरी यो आँधिलाइ रोक्ने ?
तिका: · Aug 6, 2009 5:08 PM · 62,368 views
Ethnicity based federalism र cast based federalism दुबैलाइ खसनेपालीमा जातीय संघियता भनेर भनिन्छ । यसलाइ कुन शब्दले फरक अर्थ लाग्ने गरि जनाउनु पर्ला ? माओबादिले धकेल्दै गरेको मोडेल Ethnicity based federalism हुनुपर्छ भन्ने मेरो अनुमान हो, जुन देशको लागि राम्रो हुनेछ । तर माओबादिले यो नारालाइ जनजातिहरुलाइ मच्चाउदै मच्चाउदै थच्चाउने नियतले उचालेको हो भने अहिल्यै देखि "खबरदार" । माओबादिका बाहुन नेताहरुले त्यसको महँगो मुल्य चुकाउनै पर्नेछ । यस्तै मच्चाउने र थच्चाउने खेलले गर्दा बाहुनबादि एमाले गन्हाएर पतन भएको उदाहरण ताजै छ । एमालेका बाहुन नेताहरुको बचेखुचेको दिन पनि सक्किदै छ । त्यसैले तिनेरु अचेल ढोकाबाट छिरेर राजनीति गर्न छोडि झ्यालबाट छिरेर राजनीति गर्न थालेका छन । चुनाव सुनाव जित्नु छैन, तिकडमबाजि गर्दै पद हत्याउने खेलमा मस्त छन । तर तिनका यी अनैतिक हर्कतको एक एक हिसाव जनताले चुकाउने छन ।
तिका: · Aug 25, 2009 11:53 AM
तिका:जी, It goes both ways. अर्थात् माओवादीले जातीवादीहरुलाई आफ्नो स्वार्थको लागि उपयोग गरिरहेको मात्र होईन, जातीवादीहरुले पनि माओवादीलाई आफ्नो स्वार्थको लागि उपयोग गर्ने काम भईरहेको छ । माओवादीको “साम्यवादी दलिय अधिनायकवाद” र जातीवादीहरुको “प्रादेशिक जातीय अधिनायकवाद” एक बिन्दूमा पुगेर टकराउने त निश्चित छ । त्यो बिन्दूको बारेमा यी दुबै शक्ति अनभिज्ञ छैनन् । यत्ति हो, यी दुबै शक्तिहरु जब त्यो बिन्दू आईपुग्छ त्यसबेलामा एकले अर्कोलाई DOUBLE CROSS गरम्ला भन्ने दाउ थापेर एकसाथ अघि बढिरहेकाछन् । अबको प्रश्न भनेको कसले कसलाई DOUBLE CROSS गर्न सक्षम होला त ? मेरो विचारमा, कुनै नाटकिय घटना बेगर अहिलेको स्थिति बढ्दै जाने हो भने अब नेपालमा DOUBLE CROSS होईन, TRIPLE वा QUADRUPLE CROSS हुने खालको बहुपक्षिय द्वन्द हुनेछ र विजेता कोही नहुने, केवल द्वन्द र हिंसाको तितो घाउ र खेर गएका अमूल्य वर्षहरुप्रति आमग्लानी बाँकी रहने अन्त्य देख्छु म ता । Nepe
Nepe · Aug 25, 2009 6:51 PM
सिधा र घुमौरो प्रकार ले जतिबाद लाई समर्थन गरेर नेपाल मा कुनै प्रकार को समस्या समाधान हुँदैन। अनुमान को भर्मा बाद्बिबाअद गरेर कुनै काम नै छैन। मोही माग्ने धुङ्रो लुकौने गरेर के काम ? त्यो भन्दा त हामी जातिबदी हौ भन्ने हरु नै जाती। ईरान मा खुमेनी ले राजा को बिरूधा बिध्रोह गरे ( यहाँ मलाई राजतन्त्रको समर्थक को रूप मा नहेरियोस) कत्रो जनसमर्थ देखिन्थ्यो। खुमेनी लाई स्वागत गर्न कत्रो जनलहर थ्यो अहिले ईरान को के छ अवस्था ? बम र मिसैएल बनएर देस सक्तिसली हुने भये सोभियेत् संघ टुक्रिदैन थ्यो। यो गर्यो भने राम्रो नत्र भने पख्लास भनेर देशमा शान्ती औछ भन्ने चै गजडी सपना मात्र हो। सुखद र शान्ता जिबन को लागि होइन कि एक जाती र भाषाको रीशमा खडा गर्ने हो भने कुनै पनि संघइयता काम लाग्दैन अनी गोर्खाका गुरुङ्हरु मनाङ जादा मरिनु पर्ने स्थिती आउँदैन होला र? तर नेपालमा धरतलिये एथार्थ एउटा हुन्छ, तथ्यान्क ले एउटा कुरा भनी राखेको हुन्छ तर सोघोसित विद्वान मित्रहरु अनुमान को भर्मा अनी कसैको रिशमा आफ्नो डम्फु बजैइ रहेको हुन्चन। एस्तो सोचै बाट देशमा शान्ती र बिकास भएको एउटा उदाहरण पाउन, हुन्न?? कुरा नबुझ्ने हरु ले त २०४६ मा बहुदल आएपछी देशको सबै सम्स्या समाधान हुन्छ भन्थेनी होइन? अहिले अर्को जमात आएको छ जातियता को आधारमा खडा गरिएको सँघियताले सबै समस्या को समाधान गर्छ भन्ने भ्रममा छन। बहुदल चलाऊन नजान्दा मावोबदि को जन्म भयो। कतै नभएको जातिबदी संघ चलाऊदा के हुने हो? त्यता तिर पनि सोच्नु पर्यो नि होइन? पञ्चयतामा शाह र राणा ले खुब मोज गरे तेस्को रीशमा बहुदल आयो, तिन्का नेता ले खान सम्म घुस खाएए छोरा छोरी बिदेश पथाये। तिनिहरुले खाएको रीश मा मावोबदि र जातियताबदी आएकछन, जातियताबदी संघ खडा भएपछी तिन्का नेता ले पनि टन्न खालान, गरीब जनता त जहिले पनि गरीब नै, अनी तेस्ता गरीब जनता लाई चतुर पक्छ्य ले बन्दुक बोकायेर अरज्काता श्रीजना गर्न सजिलो हुन्छ। नत्र भने आर्थिक रुपान्तार को खाका पेश नागरिकन अनुमान को भर्मा राजनैतीक कुरा मात्र गर्नु आफुलाई नेता बनाउन खोज्नु मात्र हो भन्ने कुरा बिगत्का चतुर नेता हरुले देखएकै कुरा हो नि। के नयाँ भयो र? जाडो भयो भन्दैमा घरको दलिन बालेर आगो ताप्न त भएन नि।
timi_mero_sathi · Aug 25, 2009 8:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion