नाइ नाइ एउटो कुरो नि सिकाइ को !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अम्रिका हाम्फाल्नू अघी मेरी प्रथम महिला ले साह्रै चिन्ता गरिथी ! "जान त जान्छौ बुढु ! तर के गर्छौ गै खाने भाषा बोल्नु पर्छ रे ! तिमी लाई एक सुक्को आउने हैन क्यारे ! बरु किन जाने बित्तिकै त्यो गाई खाने भाषा सिक्दैनौ? " फ्याउरी को सल्लाह राम्रैथ्यो । नाइ नास्ती गर्ने कुरै भएन केरे । उसैले मिलाईं मेरो अङ्रेजी पढ्ने ब्यवस्था त्यो पनि बाराक ओबामा सँग । आइयो गाठ्ठे ! पढ्न सुरु पनि गरियो । पढाउन खोज्थ्यो मोरो ले सकी नसकी । मेरी प्रथम महिला ले बेला बेला मा फुन पनि गर्थी । " बुढु के छ " भनेर । सके सम्म कनी कुथी म पनि अङ्रेजी मै उत्तर दिन्थे हो एस प्लीज् वेल्ल थान्कु बाइ बाइ लाई अगाडि पछाडि मिलाएर । मख्ख पर्थी मोरी ! मेरो टिउसन् चल्दै गयो गाठ्ठे ! गर्दा गर्दै ३ महिना बित्यो । एकदिन , नेपाल बाट धेरै पछी मेरी प्रथम मनिला को फुन आयो ! " हेल्लो के छ ? " "ठिकै छ " " के छ खबर ? भाषा सिक्यौ ? " " सिके हो सिके ! चैने जो भाषा मज्जा ले सिके नि गाठ्ठे ! " " ए ए ल ल राम्रो अनी बुढु अरु सुनाउ ! भन अब कहिले सकिन्छ किलास ? " " ह ! ?????? " " भन भन बुढु कहिले फर्कने हो अब ? " " बुढु ? ? ? " " हैन बुढु हैन भनेको ? को बोलेको ? " " नाइ नाइ ! बजै म चैने जो केरे बुढु हैन !" " ?????????" " हजुर को ? खोइ त मेरो बुढु " " म ? ...म त .... म त ओबु बोलेको .....हजुर को बुढु त बाहिर तास खेल्दै हुनु हुन्छ " बाहिर मैले फ्यालेको ३ को माल माइकल ओबामा ले ट्याप्पै टिपी ।

budobaaje · Aug 6, 2009 8:10 AM · 12,269 views

6 Replies

lol hasayo baje le ..good one buddy ..

georgian_satellite · Aug 6, 2009 8:15 AM

lol..  like 'majority of' nepali movies do copying indian movies and translating, you too did something similar. (For those who does not know - There is a old joke (original version) of Lalu prasad and US president Bush, in which Bush starts speaking bihari, when Lalu's wife calls him...) PS. More jokes http://laluyadav.com/Jokes.htm

ANS · Aug 6, 2009 9:13 AM

अब कपि पेस्ट भएपनी बाजे को भन्ने तरिका नै राम्रो लाग्यो मलाई त हाँसे म त - सेम स्टोरी ट्रिट्मेन्ट डिफ्रेन्ट के

serial · Aug 6, 2009 9:20 AM

Good one budobajee!

puranokt · Aug 6, 2009 10:58 PM

LOL...hasaucha budo bajea le hasaucha..buda le hasaucha.

csz5s · Aug 7, 2009 6:16 AM

कुरो भने चै चानचुन गोडा दुइ मैना अगाडि को हो। भनेर भन्दा कुरो ताजै हो । यसो एउटो जमघट थियो के रे , ठिङ्ठिङे कोट को जोर भैंसी डाँडा मा । अब त्यो भनेर भन्दा खेरी जमघट चाँही गिने चुनेका नेपाली वेब साइट् हरु का सदस्या हरु को चैने जो केरे एस्सो भेट्घाट चिना पर्ची कार्जेक्रम् थियो। म चाँही अरु केही भुरा भुरी हरु लाई लिएर साझा को प्रतिनिधित्व गर्न गाथे के रे । अब सप्पै चिन्जान भेट घाट बोल चाल् जम्मै भयो केरे । खानापिन पछी पकेटाँ  भाको सुपारी को कुड्को चबाउदै गफ  मा गफ  मिलाउन बसियो । खै एउटो पुड्के थियो साइबर संसार  को होला । निक्कै फुर्ती गर्थ्यो  गाठ्ठे । उस्ले निक्कै फुर्ती लाएर कत्ती राम्रा रहर लाग्दा लाग्दा बकेर्ना हरिन का पाठि  जस्ता  मोरेल मोरेल तरुनी हरु को तस्बिर  डाँडा  बाट फ्याकिदियो बाबै । उस्को वेब साइँटा टन्नै छन रे  त्यस्ता मुसी हरु का तस्बिर  । त्यस्पछी अर्को घैटे घैटे परेको तिघ्रे निक्लियो । मुलो नेपाल न्युज को हुँ भन्थ्यो केरे । फुत्त फुत्त समाचार हरु फ्याल्न लाग्यो । अनी भन्थ्यो "एस्तो जाबो समाचार हरु त हाम्रो वेब साइँटाँ  मा धेरै छ । " अर्को हेर्दै सारङि जस्तो बजिया आयो। ।  गफाडी पनि थियो मुलो । ल बाबै  त्यस्ले नि भट्टा भट् सिन्की फाले जस्तो कत्ती राम्रा राम्रा गीत का चक्का फल्न थाल्यो है । लौ उस्लाई गीत को कुनै कमी नै छैन रे। आफु परे साझा डट्कम  को। कन्पारो तात्यो नि । जत्ती सोचे पनि केही छैन हो गाठे । तिनी हरुलाई हुर्याएर देखाउन लाई। हैन हो ।।।साह्रै गाह्रो पो पर्‍यो मुलाई त । यता सोच्छु  उता सोच्छु  भुत्लो भाङ छैन केही । धन्न त्यत्ती नै खेर च्याट्सँगले  मस्तिस्क मा फुर्यो एउटो  गतिलो आइडिया   ।साझा को तर्फ बाट आँफै सँग गएको त्यो लाटो देश को गाडो तन्नेरी ANS लाई  च्याप्प सँग ले कठालो मा समातेर चैने जो केरे डाँडा माथि बाट तल्तिर फुत्त हुर्याइदिये । ला जा अनी भने " यस्ता मुलन्खरे ANS त हाम्रो साझा मा कत्ती छ  कत्ती । " ANS उस्को  लालु यादव वाला लिंक सहित् तल भिर मा झर्दै थियो ।  

BudoBaaje · Aug 7, 2009 5:53 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all