पूर्व उपसचिवद्वारा आत्महत्या शान्ति मन्त्रालयका पूर्व उपसचिव गोपाल दाहालले बिहीबार बिहान आफ्नै घरमा आत्महत्या गरेका छन्। राजधानीको गौरिघाटमा रहेको आफ्नै घरमा बिहान ५ बजे भरुवा बन्दुकले कञ्चटमा गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ। शान्ति मन्त्रालयबाट अवकाश पाएका उपसचिव दाहालले के कारणले आत्महत्या गरेका हुन् केही खुल्न सकेको छैन। बिहान ५ बजे कञ्चटमा गोली हानी घाइते भएका दाहाललाई उपचारका लागि शिक्षण अस्पताल महाराजगंज लैजादै गर्दा बाटोमा मृत्यु भएको हो। दाहाल घाइते भएपछि उनका छोराले प्रहरीलाई खवर गरेका थिए।
damikattu · Aug 6, 2009 12:27 AM · 109 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion