"मेरो दोश्रो विवाह"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"मेरो दोश्रो विवाह" &nbsp;(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।) &nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; आज मेरो विवाहको दिन। सबै जान मलाई श्रिगांरी रहेका छन। जसरी हुन्छ, जे गरेर हुन्छ, मैलाई राम्रो देखाउन खोज्दै छन मेरा आफन्तहरु, साथीसङिहरु। बाहिरी रुप जती सुकै सजिसाजवोट गरेर सुन्दर देखाये पनी के गर्नु, मेरो भित्री मन आज छटपट्टी रहेको छ, आगोको राप झै रपिरहेको छ। उकुसमुकुस्सिएको छ मेरो शरीर।&nbsp; &nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; "पर कुनामा बसेर ५ बर्षाको मेरो छोरा टुलुटुलु मलाई हेर्दै छ। के थाहा त्यो बाल सुलव मनलाई आज उस्को आमाको विवाह हो भनेर।"&nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; म यौटी द्रोन्द्र पीडित एकल महिला। ४ बर्ष अगाडि मेरो श्रीमानलाई मवोबादिले सुराकी गरेको अभियोगमा, २ दिन सम्मा यातन दिएर हत्या गरेका थिए। मेरो सिउँदो पुछिएको थियो त्यो दिन, चुराहरु फुटेका थिए। लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा सिन्दुर, पोते र चुरा त्यागी, आफ्ना रहर अनी अनगिन्ती चाहनाहरुलाई सेतो फरियामा पोको बनाइ, जीवन कट्न वाध्य बनाइएको थियो मलाई यो समाजले। के अपराध गरेकी थिए मैले भगवान? दोष भगवानलाई थुपार्न त सजिलै हुन्छ। तर यो कुसस्कर, कुसस्क्रिती अनी असामाजिक कुराको परिवर्तन गर्न न त कोही नै अगाडि सर्छ्न न त सामाजिक पृष्‍ठ भुमि बादलन नै सक्छन। यी कुराको जलन त जलेको मान्छेलाई पो थाहा हुन्छ, त्यो रपिएको रापको जलनको पिडा कस्तो हुन्छ भनेर ! &nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; ओहो! जन्ती आयो भन्दै कराउदै, जन्तीले लिएर आएको पञ्चे बाजाको आवाज सुन्ने बित्तिकै सबै साथीसङी जन्ती हेर्न तिर लगे। &nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; घरको आर्थिक व्यबस्ता गर्ने मान्छे कै हत्या भयो भने त्यो घर कस्तो होला? अझ मेरो त प्रेम विवाह भएको थियो। माइतले अहिले सम्मा स्विकारेको नै छैन। एक्लो छोराको जिद्दिले गर्दा घरमा भित्रिन सम्मा पाएकी थिए।यो घरको सदस्य हुँ भन्ने महसुस हुन थालेको थियो मलाई। कुन पापिको आँखा लाग्यो, मेरो प्यारो मान्छेलाई दैबले चुडेर लाग्यो एती चाडो।आर्थिक अबस्त कम्जोर भएकाले मैले मेरो छोरो स्कुल भर्ना पनि गर्न पाएको छैन।घर परिवर पनि पैसा छैन, तेरो आफ्नो छोरा हो तँ आफु नै गर भन्छन।अरुलाई जलाएर आफु रमाउन खोज्ने खालका परिवार रहेछ यो। बिस्तारै सबै बुज्दै थिए।&nbsp;&nbsp; &nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; केही समय पनि पहिला द्रोन्द्र पीडित एकल महिलालाई भनी राहात स्वरुप अली अली पैसा आएको थियो रे। एक नजर पनि लगाउन पाइन। सासुले नै राखिन सबै। &nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; समयको बेग चलिरहेको थियो। अर्थिक रुपमा त म पीडित छु नै, मानसिक रुपमा झनै पीडित हुन थालेको थिएं। काम गर्न कोसिस नगरेको पनि होइन, काम थालेपछी छोराको बिजोग भयो। दु:ख, कस्ट लुकाइ, जीवन जिउन भर्पुर प्रयास गर्दा गर्दै पनि त्यही दु:खमा लत्पतिएको मेरो मुस्कानको पनि इर्स्या गर्ने धरै भेट भए अहिले सम्मको मेरो जीवन अन्तरालमा। हाम्रो समाजले एकल महिलालाई हेर्ने नजर पनि साह्रै तुच्छ रहेछ। जता गए पनी आँधी हुरी झेल्न पर्ने रहेछ। २४ बर्षकी म, जीवनमा केही गर्नु पर्छ भन्ने सोच थियो। श्रीमान हुँदा हरेक काम कुरामा हौसाला पाउथिए, प्रत्सोहान पाउथिए। सगरमाथाको जस्तो उच्च थियो उहाँको म<SPAN lang=HI style="FONT-SIZE: 10pt; mso

Sufal · Aug 5, 2009 12:14 PM · 14,259 views

8 Replies

हिस्सा मेरो हुनुपर्छ भनेर कबुल गरएकी थिईन पहिला नै। नत्र भन्ने त्यो लठौरोलाई मेरी बुहारी दिन्न भन्दै थिईन। के पैसा नै हो त सब थोक? खै यहाँ मनबता? &nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; के यही हो त एउटा मान्छेको सभ्यता अनी सस्कार? किन हाम्रो समाजमा नारिले नै नारिलाई दबाउँछन। ५० हजारको लोभमा आएर मसँग एक बचन पनि नसोधी मेरो जीवन को निर्णय गर्ने त्यो को ? जब कि यस घरमा आउँदा पनि मैले मेरो आमाबुवालाई एक बचन पनि सोधेको थिईन। म पनि त सक्थिए होला यिनिहरुलाई तड्पाउन, भुसको आगो झैन भित्र भित्रै सल्काउन। तर मेरा बुवा आमा दिएको सस्कार त्यो होइन मेरो। कसैको प्रेममा अन्धो भएर, आफ्नै जन्मदिने बुवा आमाले पछउन लगाएको सस्करलाई लत्ता हानी, गरेको पापको फल हो यो सब। विश्वाशको पर्खाललाई त्यतिबेला नागेको थिए मैले,अहिले पस्चातापको आगोमा दन्दनी जलिरहेको छु। &nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; अब मैले एउटा द्रिड संकल्प लिनुपर्छ। मेरो छोराको भबिश्य माथि यो परिवारको छाँया सम्म पर्न दिन्नु हुन्न मैले। मैले नै मेरो श्रीमानको सपना पुर गर्नुपर्छ। क्षितिज पारी रहेको सप्तरङी इन्द्रेणी रुपी उस्को भबिश्य सम्म पुग्ने बाटो मैले नै पहिलैदिनु पर्छ। सुर्ये जतीसुकै उदार भएर संसार भरी उज्यालो प्रकाश छरे पनी त्यती राम्री चन्द्रमा लाई कहिलै पनि भेट्न पाउदैन्न। म जतिसुकै उदार भएर यो घर म बसे पनि मेरो लागि केही हुने वाला छैन। मेरो परिवार भनेर अहिले सम्मा बसेको थिए, जीवन जिउने एउटा साथीत्वको आभास गरी तर अब यो बिच बाटो मलाई आफ्नो भन्नेले त छोडेर गयो भने अरु साथी किन खोज्नु मैले। मेरो छोरा नै हो अब मेरो साथी, उ नै हो मेरो जीवन जिउने आधार। &nbsp;&nbsp; &nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; "ए दुलहिलाई जग्गेमा लेराउ!” -म झस्सँग झस्किन्छु। &nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; म एकदम हतारेको महसुस गर्छु आफुलाई। मैले मेरो आफ्नो लागि अनी मेरो प्यारो छोराको लागि पनि यहाँबाट भाग्नुपर्छ। नत्र मेरो छोराको भबिश्य आन्धकार हुन्छ। हत्तपत्त ढोका को चुक्कुल लगाउछु। के गँरु कसो गँरु भई रहेको थियो। छोरालाई टपक्क टिपें अनी पछाडिको ढोकाकाबाट यो घरमा कहिलै नफर्किने गरी आफ्नो बाटो लगें। &nbsp; ~समाप्त

Sufal · Aug 5, 2009 12:17 PM

सुफल, माथि भनिये जस्तै यो कथा काल्पनिक मात्र होस् ! बिधुवा बिहे गर्ने लाई ५०,००० दिने नेपाल सरकार को निर्णय एकदम अब्यवहारिक छ ! बिक्रिती माथि बिक्रिती थपिने बाहेक केही हुँदैन ! बिधुवा महिला लाई सहयोग गर्ने इक्ष्या नै हो भने बरु आयमुलक कार्यक्रम ल्याउनु नि त्यस्ता महिलाहरुका लागि ! काही नभा जात्रा हाँडी गाँउमा ! &nbsp;

ritthe · Aug 5, 2009 12:29 PM

ठीक भन्नुभयो, Ritthe जि&nbsp; तपाईंले। हामी नेपाली महिलाहरु झन आसुरक्षित भएको महसुश गरेकी छु मैले त! ~सुफल

Sufal · Aug 5, 2009 12:43 PM

एकदम सान्दर्भिक कथा, हाम्रो नेताहरु हचुवाको भर म निर्णय गर्छन्, दु:ख जनताले पाउँछन। सार्है चित्त बुझ्ने गरी लेख्नु भो, रिट्ठे ले भने सरी, यो कथा कल्पनिक मात्र होस्, एस्तो दिन कसैले देख्न नपरोस।

perfectionist · Aug 5, 2009 2:59 PM

हाम्रो समाज मा घटेको र घट्न सक्ने कुरा को यथार्थ चित्रण गरिएको छ, कुनै पनि कुरा लागु गर्न भन्दा पहिले त्यस बाट हुने फाईदा र बेफाईदा हेर्नु पर्ने मा हाम्रा नेता हरु अब के भन्ने कथा चाँही काल्पनिक नै होस्&nbsp;

serial · Aug 5, 2009 3:15 PM

Your story touched me deeply.I also hope that it's a made up story not real...

NitiSa · Aug 5, 2009 10:01 PM

सुफल जि, &nbsp; बर्तमान परिप्रेक्षलाइ समेटि यथार्थबादि बिषयबस्तुमा कथा लेख्नु भएकोमा धेरै खुशी लाग्यो। नारीलाइ बस्तु सम्झिने सोचबाट राजनैतिक दलहरु अझै पनि मुक्त भएका छैनन् र बिधुवा बिबाहको लागि मुल्य तोक्न थालेका छन्। बास्तबमा यो हाम्रो समाजमा नारी मन, बिचार र भावना नभै केबल शरीर मात्रै हो भन्ने धारणाको उदाहरण हो। भबिष्यमा अरु पनि यस्तै रोचक प्रस्तुतिहरु पढ्न पाउने आशामा उतरोत्तर प्रगतिको कामना गर्दछु। साँच्चै बिधुवा बिहे गर्नेलाइ ५०,००० दिने नियम के भयो? खारेज त भाको छैन? पत्रिका नपढेको नि थुप्रै भइसक्यो। &nbsp;

crazy_love · Aug 6, 2009 7:53 AM

Ritthe, Perfectionist, Serial, Nitisa and Crezy_Love, सबै जनाले मेरो यो पहिलो प्रयास मन पराइदिनु भएकोमा धन्यवाद। हाम्रो समाज नै त्यस्तै छ, महिलालाई कहिलै पनि माथि उठ्न दिदै दिदैन&nbsp;। &nbsp; यो त एउटा उदाहरण मात्र मैले कथाको रुपमा प्रस्तुत गरेकी हुँ ।यस्ता कथाहरु त कती छन कती हाम्रो समाजमा ! यो कथा हामी सबैले भने जस्तै सधैं कल्पनिक नै होस्।&nbsp; ~सुफल

Sufal · Aug 6, 2009 11:46 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all