एक हप्ता सम्म ट्वाईलेटको बास

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एक हप्ता सम्म ट्वाईलेटको बास कुनै ठाँउमा एक हप्ता त के एकै छिन मात्र पनी थुनिएर बस्नु पर्यो भने हामीहरु सक्दैनौं। अझ ट्वाईलेटको त कुरै नगरौं जहाँ एक हप्ता त्यहाँ बिताउन सक्ने कुरा त परै जाओस हामीलाई केही घण्टा मात्रै पनी बिताउन मुस्किल पर्दछ । तर एक अस्ट्रेलियन महिला भने एक हप्ता ट्वाईलेटमा थुनिए पछी पनी जिवितै उद्दार हुन सफल भएकि छन। Queensland  सरकारका प्रवक्ताका अनुसार उनी त्यहा आफ्नो ईच्छाले वा कुनै रेकर्ड कायम गर्न भने बसेकि थिईनन,  उनी त दुर्भाग्यबस थुनिन पुगेकि थिईन। ६७ वर्षिय ति महिला लाई आईतबार उद्दार गरीएको थियो र उनलाई तत्काल अस्पताल लगिएको थियो। डिहाईड्रेसनको कारणले उनलाई केही असर परे पनी उनको स्वस्थ्य एकदमै बिग्रदो भने छैन। त्यसरी फसेकि उनी कराईरहेको आवाज छिमेकिहरुले सुने पछी उनलाई उद्दार गरिएको थियो। उनको नाम भने खुलाईएको छैन।

aficionado · Aug 3, 2009 2:51 AM · 6,283 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all