गजल दिएको चिनो तस्विर हेरी नसम्झ मलाई आँसुको थोपा झर्नेछ फेरि नसम्झ मलाई भावीको लेखा कर्मको फल बोकेर सौगात दुःखको पला आँउदा खेरि नसम्झ मलाई छुटेको माया टुटेको मुटु दुखेको बेलामा लुकेर रुँदै अक्षर केरी नसम्झ मलाई द्यौराली भाकी मन्दिरभित्र वाचा र कसम जलेको मन यादले घेरी नसम्झ मलाई बन र पाखा मेला र पात रमेको क्षणले खुकुरी धार घाँटीमा सेरी नसम्झ मलाई
Dinesh Shrestha · Jul 31, 2009 12:57 AM · 23,845 views
गजल कस्तो लाग्यो ? कमेन्ट छोडिदिनु भए आभारी हुने थिए ।
Dinesh Shrestha · Aug 13, 2009 11:11 AM
गजलको ज्ञाता त म होइन तर गजल पढ्दाखेरी जहाँ अनुप्रास सुरु हुन्छ त्यहाँ pause गरेर पढ्दा अलिक मज्जा आउँछ| तर यसमा rhyme मिलाउने word पछी pause गर्नु पर्ने जस्तो लाग्यो मैले पढ्दा| हुनत मेरो अल्पज्ञानको कारणले हो कि| कमेन्टको लागि क्षेमा चाहन्छु पहिलेनै किनकी अरुको काममा दोष दिन सजिलो हुन्छ आँफै गर्दा गाह्रो हुन्छ | तपाईंको यो भन्दा पहिलेको गजल पनि पढेको थिएँ यही साझामा, राम्रो लेख्नु हुन्छ| अनि मलाई गजलका केही नियमहरु सिकाउन अनुरोध गरेको थिएँ | कुनै book भइदिए यसो नाम दिनुहोल मैले हेर्न चाहन्छु|
grishma · Aug 13, 2009 11:59 AM
दिनेश जी, यो भन्दा पहिले को गजल पनि पढेको थिएं, उत्तम गजल थियो। समयभावको कारण टिप्पणी गर्न सकिन। जहाँ सम्म यो गजल को सवाल छ, यो पनि राम्रो सिर्जना मानेको छु । त्यसो त म गजलकार होइन, झिना मसिना कबिता-सबिता कोर्छु । मान्छे जस्ताइ गजल पनि स्वतन्त्र हुनु पर्छ भन्ने मान्यता को मान्छे परें। नियममा बाँधिएर भावलाई बन्धक बनाउने हो भने त्यो गजल के गजल ? मान्छे हुने कि मेशिन ? मेरो सवाल त्यति हो ।
rahulvai · Aug 13, 2009 12:16 PM
कमेन्टको लागि ग्रिश्मा जी र राहुल जी लाई धन्यवाद । प्रस्तुत गजल "झ्याउरे लय" मा छ । यो पनि बहर नै हो अर्थात गजल को नियम भित्र छ । नियम भित्र बसेर रचना लेख्न गाह्रो नै हुन्छ । म पनि स्वत्रन्त्र भएर गजल लेख्न चाहन्छु । हो, गैरबहर मा बढी भन्दा बढी शब्द हरु सङ खेल्न पाईन्छ तर स्वतन्त्रताको नाममा गजलको अस्तित्व नै मेट्नु चाही भएन भन्ने मेरो धारणा छ । अन्तिममा, गजल लेख्दा गजल नै बनोस् ,मिठो बनोस्, मन छुने खालको बनोस्, तर त्यसमा खास नियम्(बहर)को जरुरत भने छैन । ग्रिश्मा जी,गजलका नियम (जसलाई गजलको भाषामा "बहर" भनिछ । ) सिक्न चाहनु हुन्छ भने अनाममण्डली द्वारा प्रकाशित "बहरमाला" अध्ययन गर्नु भए तपाईलाई प्रभावकारी हुनेछ ।
dinesh shrestha · Aug 13, 2009 9:54 PM
Babal chha dai.... keep it up
pashupatidev · Aug 28, 2009 3:24 AM
FYI, उर्दु गजलमा प्रचलित केही बहर (छन्द) हरु: संकेत: I = ह्रस्व = क, कि, कु S = दीर्घ = का, की, कू, के, कै, कम्, क: (1) मुतकारिब (12 अक्षर) ISS ISS ISS ISS (2.1) हजज (16 अक्षर) ISSS ISSS ISSS ISSS (2.2) हजज (अस्तर) (12 अक्षर) SISS SS SS ISIS (2.3) हजज (मुसम्मन मकबुज) (16 अक्षर) ISIS ISIS ISIS ISIS (2.4) हजज (भेद) (11 अक्षर) ISSS ISSS ISS (3) रजज (15 अक्षर) IISIS IISIS IISIS (4.1) रमल (16 अक्षर) SISS SISS SISS SISS (4.2) रमल-2 (11 अक्षर) SISS SISS ISS (4.3) रमल-3 (10 अक्षर) SISS ISSS SS (4.4) रमल-4 (11 अक्षर) SISS SISS SIS (4.5) रमल-5 (14 अक्षर) ISIS IISS ISIS SS (4.6) रमल-6 (14 अक्षर) SISS IISS IISS SS (5.1) मुतदारिक (12 अक्षर) SIS SIS SIS SIS (स्रग्विणी छन्द) (5.2) मुतदारिक-2 (24 अक्षर) SIS SIS SIS SIS SIS SIS SIS SIS (6) कामिल (15 अक्षर) IISIS IISIS IISIS (7) वाफिर (20 अक्षर) ISISS ISISS ISISS ISISS (8) मुज्तस (16 अक्षर) ISSS IISS ISSS IISS _____________________
Nepe · Aug 28, 2009 12:38 PM
thanks for various BAHAR ko SUTRA.
Dinesh Shrestha · Aug 28, 2009 11:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion