रित्तिएको गिलास यहाँ दिन हुँदा रातको रहर रात हुँदा अन्धकारको शहर यही शहरको एउटा जाँडशाला एउटा भरिएको गिलास अनी मनभित्रको ज्वाला निभाउन खोज्छु म हरेक घुट्किसँगै तर आगो बनेर दन दन बलिदिन्छ झनै त्यही बलेको मनमा कठाङ्रिएको शरीर सेक्छु सपना र रहरहरु धुँवाबनी उडेको देख्छु मेरो जीवन र यो रित्तिएको गिलास उस्तै लाग्छ म त उसलाई रित्त्याएर जिउँछु तर उ कसरी बाँच्छ Last edited: 30-Jul-09 11:29 AM
nakkali keti · Jul 30, 2009 11:27 AM · 2,802 views
Wah wah tali
raju161 · Jul 30, 2009 12:17 PM
वाह नक्कली केटी जी गज्जब
serial · Jul 30, 2009 12:20 PM
मेरो जीवन र यो रित्तिएको गिलास उस्तै लाग्छ म त उसलाई रित्त्याएर जिउँछु तर उ कसरी बाँच्छ गजब छ ल ! त्यो कलम चलाऊन नछोडुम ! पढ्ने हामी छम ! कठै त्यो रित्तो गिलासको माया लागेर आयो !
ritthe · Jul 30, 2009 12:31 PM
raju161 ताली बजाको त सुनिएन तै नि बजाकै होला भनिछु क्यारे । धन्यवाद है ताली को लागि । serial धन्यवाद लहरे जी। "गज्जब" भन्देछी म त मक्खै परे नि ritthe यसरी " पढ्ने हामी छम" भनेर सबैको ग्यारेन्टि रिट्ठेले लिदिएछी मलाई नि ढुक्कै भो। मेरो एकजना प्रिय साथीले नि " रित्तिनुमै जस्को जित हुन्छ उ बिजयी भएर बाँच्छ.........रित्त्याउनेहरु हार्छन" भनेका छन। त्यसैले त्यो गिलासको पिर लाग्दैन मलाई अचेल।
nakkali keti · Jul 31, 2009 10:58 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion