I wonder how many blogger follow sajha.com? Interpreation of blogging can be done in many ways. I am regular follower of sajha. A year and half back, some of sajha members decided to create a blog with rationale thought. And we ended up creating Dautari. On the left corner of Sajha, you migh have noticed about nepalese blogger meet. If you or your friends are into blogging, lets meet in dautari on August 1, 12 pm Nepali time. For your information here is the part of related information: आउनै लाग्यो ब्लगर भेला अपडेट: ब्लगर भेलामा संसारका सबै कुनाबाट ब्लगर जम्मा हुनाले समयको मेसो मिलाउन निकै गार्हो भयो भने कसरी गर्ने अली असरल्ल परियो। तर जसरी पनि यो भेला सम्पन्न हुनेछ भने ब्लगर मित्रहरुको सहभागिता निकै प्रंछसनिय छ। केही मित्रहरुले भेलामा कसरी सामेल हुने भन्नु भयो? यही ब्लगमा आफ्नो सहभागिता हुने जनाउनुहोस अनि नेपाली समयमा साउन १७ बिहान ११ देखी १ बजे दौंतरीमा आउनुहोस र खुला रुपमा ब्लग संबादमा सहभागी हुनुहोस। ब्लगर भेलाको रुप रेखा यस प्रकार छ। सहभागीको नाम तालीका परिचय तथा प्रस्ताबित बिषय प्रस्ताबमा छलफल छलफलको निचोड बिदाबादी छलफलको टेक्ट प्रकासित गरिनेछ जसबाट सहभागी हुन नसक्ने तथा अन्य पाठकले जानकारी पाउन सक्नुहुनेछ। नेपाली ब्लगरसंग एक आपसमा इमेल आदान प्रदान गर्न nepali-bloggers@googlegroups.com मा सहभागी हुनुहोला। ब्लगर ग्रुपको सदस्यको लागी dautari@gmail.com मा खबर गर्नुहोला। ------------------------------------------------------------- केही पहिला दौंतरीमा ब्लगर भेला गर्ने कुरो उठेको थियो। त्यसमा उत्सुकता र सहभागिता पनि निकै आएको थियो। भने पछि सबै तयार हुनुहुन्छ हैन त ब्लगरभेलाको लागी? यो पहिलो भेला रुपरेखा त तयार भएको छैन। अंग्रेजी महिनाको हरेक अन्तिम अमेरीकी शुक्रबार राती 12:15 बाट 2:15 ( नेपालको शनिबार बिहान ११ बाट १ - समय रिफ्रेसन्स चाही नेपालको समय राखौं है) भनेर मैले प्रस्ताब राखेको थिए। यो समय पनि कस्तो कही सुत्ने बेलामा कहि उठ्ने बेला हुन्छ। कही भात खाने बेलामा कही खाजा खाने बेला हुन्छ। त्यसैल समग्रमा धेरै साथीहरु फेसबुकमा जम्मा हुने समय अमेरीकी सेन्ट्रल समय शुक्रबार १० देखी १२ पाएं। त्यसैले यो समय रोजेको हुं। अहिलेलाइ यहि समयको रेखामा हिड्औं। पछि फेरबदल गर्नु परे गरुंला। संसारै भरी छरिएका नेपाली ब्लगर एकै पटक जम्माहुंदा कस्तो हुन्छ निकै रमाइलो अनुभव भइराखेको छ। तर सबै एकै पटक कसरी जम्मा हुनुहुन्छ त्यो भने हामी सबै मिलेर सबैलाइ जानकारी दिनुपर्छ। अर्थात हामी सबै पहिलो नेपाली ब्लगर भेलाका प्रतिनिधी हौं। तपाइहरु भेला हुनको लागी जानकारी यही कमेन्टबक्समा दिनुहोला ताकी हामी सबैलाइ थाहाहोस को को ब्लगर मित्रहरु उपस्थित हुनसक्नुहुन्छ भन्ने। साथै सुझाबहरु पनि यहि कमेन्टबक्समा दिनुहोला। त्यसै अनुरुप यो ब्लग अपडेट गर्दै ब्गलर भेलाको रुपरेखा कोरौंला। ब्लगर गफ चाही दौतरी साउट बक्समा हुनेछ। ब्लगर भेला हुने समयमा दौंतरी संबाद बाकस पेजै भरी राखिने छ। समय समयमा ब्लगरभेलाको तयारी स्वरुप परिक्षण गर्दैलाने छौं। ब्लगर भेलाको समयमा यदै www.dautari.org केही कारणबस ह्यांग भए www.dautari.blogspot.com बाट ब्लगरभेला सुचारु गरिनेछ। अब तपाइ पनि ब्लगर भेलाको लागी आफ्नो क्यालेन्डरमा रेखा कोरीहाल्नुहोला।
nepalean · Jul 28, 2009 11:14 PM · 2,072 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion