Reward to the cop for good works

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

'इन्काउन्टर' गर्ने एसपीको सरुवासँगै तस्करको चलखेल मंगलवार, 28 जूलाई 2009 11:35 नागरिक   1 2 3 4 5 Share this Twitter  Digg  Del.icio.us  StumbleUpon  Facebook Print E-mail लहान, साउन १३(नागरिक)- जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रमेश खरेलको सरुवा भएपछि तस्करहरुको चलखेल पुनः सुरु भएको छ। दस महिना अगाडि प्रहरी उपरीक्षक खरेल सिरहा सरुवा भएर आएपछि सीमा क्षेत्रमा हुने गरेको तस्करीमा अत्यधिक कडाई अपनाउँदा तस्करहरु सिरहाबाट अन्यत्र जिल्ला पलायन भएका राष्ट्रिय समाचार समितिले जनाएको छ।  राससका अनुसार यस अवधिमा चोरी पैठारीमा कडाई गरेपछि तस्करी नियन्त्रण हुनुको साथै भन्सार राजस्वमा समेत उल्लेखनीय वृद्धि भएको थियो। सो समयमा उठेको राजस्वको प्रतिशतको हिसावले हेर्ने हो भने नेपालमा सबैभन्दा बढी ३०० प्रतिशत राजस्व उठेको राससले जनाएको छ। जसअनुसार प्रहरीले दस महिनामा दुई करोडभन्दा बढीको भारतीय सामान पक्राउ गरी भन्सारलाई बुझाएको रेकर्डमा उल्लेख छ। खरेल सिराहामा रहेकै बेला साउनको पहिलो साता सशस्त्र मधेशी मोर्चाका चार उपल्ला नेताहरुको 'इन्काउन्टर' मा हत्या भएको थियो। २६ असोज २०६५ देखि सिराहा प्रहरी प्रमुखका रूपमा कार्यरत खरेललाई प्रहरी प्रधान कार्यालयले साउन ८ गते काठमाडौंमा काज सरुवा गरी उनको स्थानमा सुरक्षा महाशाखाका एसपी सुरज केसीलाई पठाएको हो।  भूमिगत मधेस राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी) का अध्यक्ष सन्देश भन्ने रामनारायण महतोको भिडन्तका क्रममा प्रहरीको गोली लागी मृत्यु भएपछि मधेसवादी पार्टीहरूले खरेललाई हटाउन अभियान थालेको कान्तिपुर दैनिकले गत साता समाचार लेखेको थियो। सीमा तस्करी रोक्ने, दलको अनावश्यक दबाब नमान्ने, सशस्त्र भूमिगत गतिविधिप्रति कठोर देखिँदै आएका खरेललाई स्थानीय राजनीतिक दलहरूले पनि सघाइरहेका थिए। तर, केही सभासद र तराईमूलका मन्त्रीको दबाबमा उनलाई हटाइएको कान्तिपुरले उल्लेख गरेको थियो। एसपी खरेलले कान्तिपुरसँग भनेका थिए, 'मेलै कार्यभार थालेपछि चोरी पैठारी र तस्करीका सामान समातेर राजस्व मात्रै तीन सय ३३ प्रतिशत बढाएको थिएँ ।' उनको कार्यकालमा राजनीतिक पार्टीका नाममा आपराधिक कार्य गर्ने सशस्त्र भूमिगत समूहका झन्डै एक दर्जनको भिडन्तका क्रममा मृत्यु भएको थियो ।खरेलले राजनीतिक दलका नेताले गैरकानुनी रूपमा चढ्ने चोरीका गाडीहरू बरामद गरी भन्सारमा बुझाएका थिए ।

lakhe · Jul 28, 2009 9:46 AM · 8,579 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all