गजल पराई पाउ ढोक्दै सो पखाल्दै पो रुदै हौली मजेत्रोले डिलैको आसु टाल्दै पो रुदै हौली हुरीको एक झोकैमा निभेको त्यो दियो छेक्दै झिनो आसै र आसाबीच बाल्दै पो रुदै हौली थपी माया पठाएका सबै मेरा चिठी खोली कठै एकान्तमा पढ्दै अगाल्दै पो रुदै हौली सधै झस्केर आधारातमा उठ्छ्यौ जसै प्यारी र आफ्नो तक्दिरैमा दोष हाल्दै पो रुदै हौली डुबेछ्यौ यादमा घण्टौ बसी एक्लै पधेरीमा हतारोमा भरी घैला उचाल्दै पो रुदै हौली
dinesh shrestha · Jul 26, 2009 5:35 AM · 30,158 views
कस्तो बिरह पोखेको रहेछ ! गजब छ दिनेश जी अरु पनि पढ्न पाम् !
shirish · Jul 26, 2009 7:47 AM
शिरिश जी,कमेन्ट को लागि धन्यवाद । तपाईंको पनि रचना पनि धेरै राम्रा राम्रा छन तपाईंको रचनाहरु पढ्न पाईयोस् है ।
Dinesh Shrestha · Jul 26, 2009 9:09 AM
'पो' नराखेर पढ्दा बढी भावगत बहाव पाएँ है मैले त । अनि, मुसलसल (monothematic) गजल ढाँचाको गीतीतत्वयुक्त बडा गेय रचना । सृजनयात्रा जारी रहोस् । Nepe
Nepe · Jul 26, 2009 11:53 AM
Nepe जी हजज बहर मिलाउनलाई पो राखेको हो ।
Dinesh Shrestha · Jul 27, 2009 8:02 AM
hajurko gazal padhne mauka paye sarai ramro lagyo.ma gazal nikai man parauchhu tara malai yasko motamoti rule bahek dherai kehi thaha chhaina. jastai tapaile हजज बहर मिलाउनलाई पो राखेको हो bhannu bho maile yo bujhna sakina. malai gazal lekhne niyam janne rahar chha kasari hola. yadi tapai saknu hunchha bhane kehi kura haru malai lekhi pathaunuhos na. kunai din gazalko upahar gurubheti chadhaula. dhanyabaad
grishma · Jul 27, 2009 9:01 AM
ok grishma, i will try to teach the rules gajal ko rule bhaneko bahar ho bahar bhaneko rhaswa-dirgha ko correct use ho if possible,next time i will refer you a book for total rules
Dinesh Shrestha · Jul 27, 2009 9:12 AM
I (ह्रस्व) = क कि कु S (दीर्घ) = का की कू के कै को कौ कम् क: ‘हजज’ छन्द: I S S S I S S S I S S S I S S S *** *** *** *** *** दीनेशजी, बधाई छ शास्त्रिय छन्दमा गजल रच्नुभएकोमा । तपाईले ‘पो’ हटाईदिनुभएको भए पनि एउटा नयाँ मौलिक छन्द बन्ने थियो र त्यसलाई छन्दविहीन गजल भनेर कसैले भन्न सक्ने थिएन । ‘पो’ राख्दा भाव किञ्चित distorted हुन गो । अब भाव distort गरेर भए पनि शास्त्रिय छन्द पछ्याउने कि गैरशास्त्रिय छन्द आविस्कार गरेर भए पनि भावको बहावलाई कायम राख्ने भन्ने छनोट सर्जककै हो । कस्को लागि लेख्नुभएको हो गजल (बहर-ज्ञाता सह-सर्जक मण्डलीको लागि कि सामान्य पाठक-श्रोताको लागि), त्यसै कुराले त्यो छनोटको निर्धारण हुन्छ । सामान्य पाठक-श्रोताको लागि लेख्नुभएको हो भने बहावले प्राथमिकता पाउनुपर्छ । यत्ति हो सवाल । Nepe
Nepe · Jul 27, 2009 1:35 PM
Ramro cha prayas ! katai katai matra ho - otherwise excellent ! Keep it up ! Last edited: 27-Jul-09 05:13 PM
shirish · Jul 27, 2009 1:58 PM
Nepe ji बहर नियम हो । मैले पालना गर्नु पर्ने र यो मेरो बाध्यता भएकोले त्यसलाई नबिगारेको हु । यो लयात्मक गजल हो तेसैले पनि यौटा दीर्घ अक्षर चाहिएको पो रखेको हु । तर खासमा म बहरमा भन्दा स्वछन्द भएर लेख् न चाहन्छु । thanks sirish ji
Dinesh Shrestha · Jul 29, 2009 10:18 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion