कात्रो बाँड्ने मलामी मन्त्री !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  डा. सुन्दरमणि दीक्षित जीवनजल र स्लाइनबाटै नियन्त्रण गर्न सकिने झाडापखालाबाट समेत जाजरकोट र रुकुमजस्ता सुदूर तथा मध्यपश्चिमका जिल्लामा सयौँको मृत्यु हुँदै छ । जाजरकोटमा दसवर्षे सशस्त्र युद्धमा जति मारिए, झन्डै सोही संख्यामा पखालाबाट एक महिनाभित्रै मान्छे मरिसके । यसले हाम्रो राजनीतिक, सामाजिक, आर्थिक र स्वाथ्यसम्बन्धी दुरावस्थालाई छर्लंग पारेको छ, सहर र गाउँबीचको दूरीलाई चित्रण गरेको छ । यसले हाम्रो स्वास्थ्यनीति कहिल्यै पनि गाउँमुखी भएको रहेनछ भन्ने कुरालाई पनि फेरि एकपटक उजागर गरेको छ ।   सरकार भन्छ, पर्याप्त औषधि पठाएको छ, अब एकजना पनि मर्नुपर्दैन । सरकारको यस्तो भनाइभन्दा अघिअघि थप व्यक्ति मरेको खबर आउँछ । दुखद् कुरा के छ भने सत्ता-राजनीति गर्नेहरूले जनतालाई चिनेनन् । सहरका मान्छे मात्र मान्छे हुन् सहरभन्दा परका त मान्छे नै होइनन् भन्ने ढंगले सरकार प्रस्तुत भयो । सरकारले न त खाद्यान्न पुर्‍याउन सकेको छ, न त औषधि नै । जनता भोकमरीमा बाँच्न बाध्य छन् । कुपोषणको सिकार जनता झाडापखालाकै कारण मरिरहेका छन् । राजनीतिमा जसरी एमाले र कांग्रेसले जनाधार हेर्न छाडे, सहरकेन्दि्रत र नेताकेन्दि्रत 'गणेशनीति' अपनाए, स्वास्थ्य क्षेत्रमा पनि त्यस्तै स्थिति आएको छ । महामारीग्रस्त क्षेत्रमा न त औषधि छ, न उपचार, न डाक्टर छन्, न त स्वास्थ्य कार्यकर्ता नै । स्वास्थ्य मन्त्रालयका सचिवहरूलाई मन्त्रीको पछि लाग्दैमा फुर्सद छैन । कागजमा ठूला-ठूला कुरा गर्ने, तर जनतालाई स्लाइन र जीवनजल पनि दिन नसक्ने अवस्था छ । जिल्लामा पञ्चायतकालमा जस्तै 'हा र ही'को -हाजिर गर्ने र हिँड्ने) परिपाटी छ । कति विसंगति छ हाम्रो शैली अनि प्रस्तुतिमा ! जाजरकोटमा त्यति धेरै जनता मरिसक्दा पनि प्रधानमन्त्री वीरगन्जमा अस्पताल उद्घाटन गर्न सचिव अघि लगाएर पुगे । मान्छे मरेको मर्‍यै छन्, उनी असंलग्न राष्ट्रको सम्मेलनमा भाग लिन लावालस्कर अघि लगाएर गए । र, विदेश भ्रमणबाट फर्केर फेरि दुबोको माला थाप्दै चन्द्रशमशेरको शैलीमा भाषण र दस-पन्ध्र हजार रुपैयाँ बाँड्दै हिँडे । महामारीले जनता सोत्तर भएको ठाउँमा हिँडेका प्रधानमन्त्री पञ्चकन्याबाट पुष्पगुच्छा थाप्दै र दुबोको माला ढल्काउँदै हिँडे । जिल्ला सवारीको क्रममा प्रधानमन्त्री घोषणा गरे, झाडापखालाका कारण मरेकालाई दस हजार रुपैयाँ दिने रे ! यति सस्ता भए जाजरकोटका जनता, एक पाकेट चाउचाउको चिठ्ठाभन्दा पनि सस्ता ? तस्कर मारिए पनि सहिद हुन्छ र दस लाख पाउँछ यहाँ । राजधानीका कोही मरे दस लाख, अलि टाढाका मरे चार पाँच-लाख पाउँछ । दुर्गम जिल्लाका नागरिकको मूल्य जम्मा दस हजार रहेछ । सात रुपैयाँको जीवनजल पर्‍याउन नसक्नेले दस हजार दिन्छु भन्दै हिँड्नु सार्वभौम नेपाली जनताको अपमान हो । हामीलाई जीवन चाहिएको छ, कात्रो बाँड््दै हिँड्ने मलामी मन्त्री होइन । प्रधानमन्त्री इजिप्ट जानु ज्ञानेन्द्रले शानेवानीको प्लेन लिएर अपि का जानु र ०४६ सालमा जनआन्दोलन उत्कर्षमा पुग्दा वीरेन्द्र पेरिस जानुमा कुनै भिन्नता छैन । उनको कार्यशैली लोकतन्त्र र जनतामाथिको ठट्टा हो । राष्ट्रपति डा. रामवरण यादवले पनि मन्त्रीहरूलाई बोलाएर भनिदिए, जनता तातोपानी खाऊ भनिदेऊ । स्वास्थ्यमन्त्री भइसकेका उनीजस्ता चिकित्सकले मन्त्री हुँदा उनले के गरे ? अहिले जनधनको क्षतिपछि पानी उमालेर खानु भन्नु आगो लागेर सबै जलिसकेपछि पानी हालेर आगो निभाइदिनु भनेजस्तै हो । प ान्सिसी क्रान्तिमा मेरी एन्टोनियोसँग जनताले रोटी पनि पाइएनभन्दा केक खाऊ न त भनेजस्तै भयो उनको भनाइ । उनले आफ्नो पेसाप्रति पनि सम्मान गर्न सकेनन् । अघिल्लो वर्ष बाढीपीडितलाई हेर्न तराई गएका थिए उनी । त्यहाँ उनी आफ्नो निर्वाचन क्षेत्र भएकाले गए, तर जाजरकोट गएनन् । उनी आफैँ अग्रसर भएर त्यहाँ गइदिएको भए अन्य चिकित्सक पनि जान्थे, सबैको ध्यान त्यतातिर केन्दि्रत हुन्थ्यो, तर उनले त्यति पनि गरेनन् । तुल्सी गिरी पनि डाक्टर थिए, जसले पेसाप्रति बफादारी देखाएनन् । उनी पनि डाक्टर हुन् उनले पनि पेसालाई सम्मान गर्न सकेनन् । हामीकहाँ माओवादी पनि छन्, जो माओका अनुयायी हाँै भन्छन् । तर, खै त माओको असल कामको अनुसरण गर्न सकेका ? माओले हरेक जनतालाई तातोपानी पिऊ भनेर ८० प्रतिशत रोग निर्मूल पारे । यहाँका माआवादीले त्यति पनि गर्न सकेनन् । माओले नांगाखुट्टे डाक्टर गाउँ-गाउँमा परिचालित गरे, डाक्टरलाई गाउँ-गाउँमा पुर्‍याउन नसके पनि स्वास्थ्यलाई गाउँ-गाउँमा पुर्‍याए । पञ्चायतकालमा राजाको पोल्टामा रहेको चिकित्सक संघ अहिले सत्तासीन पार्टीको मुठ्ठीमा छ । सत्ता साझेदार दलले आह्वान गरे चिकित्सक संघले चिकित्सक परिचालन गर्न सक्छ । तर, जाजरकोटका गरिब जनता उनीहरूका लागि केही होइनन् । सरकार र पार्टीले भन्दा नेपाली सेनाले ठूलो गुन लगाएको छ यस्तो वेलामा । सेनापति कटवाललाई छाडेर नेपाली सेनाको भूमिकालाई नियाल्दा निकै सकारात्मक भूमिका खेलेको छ । सेनाले सहयोग नगर्दो हो त अवस्था के पो भइसक्ने थियो । हामीकहाँ दुई-दुईजना स्वास्थ्यमन्त्री छन्, दुई-दुईजना स्वास्थ्यसचिव । सचिवलाई मन्त्रीकै अघिपछि गर्दैमा फुर्सद छैन । जनता मरिरहेका छन्, गाउँ नै रित्तिन लागिसक्यो । देश भनेको जनता हुन्, जनता सबै मरे कसका मन्त्री र प्रधानमन्त्री हुन्छौ ? त्यसैले सबैलाई मेरो आग्रह छ ः तत्काल जनतालाई राहत देऊ । डाक्टरलाई सहुलियत दिएर गाउँ पठाऊ । हरेक वर्ष नेपालमै करिब हजार डाक्टर उत्पादन हुन्छन्, जो सहर र विदेशको सेवामा लागेका छन् । सहरका अस्पताल र नर्सिङहोम उनीहरूबाट भरिएका छन् । उनीहरूलाई प्राक्टिकल गर्न गाउँमा पठाऊ । चीनमा पढेका डाक्टरलाई तालिम गर्न दिनेबारे विवाद छ । सहरमा तालिम दिन नसके गाउँमा पठाए हुन्छ । मेडिकल काउन्सिलमा दर्ता गर्न नमिले अस्थायी दर्ता गरेर भने पनि पठाऊ । जनतालाई राहत दिन सकिने कार्यक्रम तत्काल ल्याऊ । सचिवलाई प्रभावित क्षेत्रमा राख र 'अन द स्पट' निर्णय गर । सिंहदरबारवरिपरि घुम्न छाड । अब त अति भयो, जनताको मृत्युमा अलिकति भए पनि संवेदनशील बन । अन्यथा गरिबका टुहुरा लालाबालाको श्रापबाट मुक्ति पाउनेछैनौ । Source: nayapatrika.com

sajha_addict · Jul 24, 2009 11:09 AM · 37,776 views

25 Replies · Showing 21 - 25
Page 2 of 2

Moreover sirish i am wondering what is the use of health organizations? It's already time to knock WHO, there was a death of 50 mexicans and whole world was alarmed but where is Nepal in this planet? These dim-witted politicians are fighting for hindi and nepali stuffs, wasting our money doing nothing. Enough is enough. 

raju161 · Jul 26, 2009 12:26 PM

Raju The donor agencies have been called at Baluwatar and they are willing to help. The govt. spent billions for so called projects for their respective parties. Read this news story: Kantipur ReportKATHMANDU, July 25 - Prime Minister Madhav Kumar Nepal on Saturday criticised the Ministry of Health and Population for not playing an effective role in controlling the diarrhoea outbreak in the mid-western districts."The Health Ministry did not work effectively," he said, addressing the discussion between government officials and representatives of donor agencies. The donor agencies had been called at the Prime Minister’s residence in Baluwatar today for the consultation on providing relief to the diarrhoea-hit families. Prime Minister Nepal committed to control the disease even if that means declaring mid-western and far-western regions “emergency zones”. He also called on the donor agencies to assist in providing relief to the bereaved families. The government on Thursday decided to introduce a ‘special relief package’ for Jajarkot and neighbouring districts to combat the diarrhoea outbreak that has taken the region into grip for the last three months. More than 150 people have died in Jajarkot alone since the outbreak and the disease is spreading rapidly to the surrounding districts.

shirish · Jul 26, 2009 9:28 PM

WHO Report as of 21 July  http://www.searo.who.int/LinkF...

shirish · Jul 26, 2009 9:33 PM

स्वास्थ्यमन्त्री जर्मनीतर्फ  कास काठमाडौं, मुलुक हैजा र झाडापखाला महामारीले आक्रान्त रहेका बेला स्वास्थ्यमन्त्री उमाकान्त चौधरी भने जर्मनीतर्फ लागेका छन् ।सांसदहरूले महामारी फैलिरहेका बेला स्वास्थ्यमन्त्री विदेश गएकामा तीव्र आलोचना गरे । प्रभावित क्षेत्रमा खटिनुपर्नेमा विदेश सयरमा निस्कनु जनताप्रति उत्तरदायी नभएको प्रमाण भएको भन्दै सभासदले आपत्ति जनाएका हुन् ।  मन्त्री चौधरी शनिबार साँझ 'हेल्थ इन फेडरलिज्म' लगायत कार्यक्रममा भाग लिन पाँच दिनका लागि जर्मनी उडेका हुन् ।  Posted on: 2009-07-25 19:25:35 

shirish · Jul 26, 2009 10:12 PM

बिरामी एकातिर, शिविर अर्कैतिर अर्जुन शाह बाजुरा-नागरिक संगठनको चर्को दबाबपछि पखाला नियन्त्रणका लागि जुगाडा गाविस गएका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी रोग प्रभावित गाउँ नगई अर्कै ठाउँमा शिविर सञ्चालन गरेर फर्किएका छन् ।पखालाकै कारण ५ जनाको ज्यान गएको र सयांै बिरामी भएको सटेडा र बसालामा स्वास्थ्य शिविर सञ्चालन गर्न गएको टोली गाउँभन्दा करिब एक घन्टाको पैदलमा पर्ने घटमना भन्ने स्थानमा शिविर सञ्चालन गरी फर्किएको थियो । रोगले यी गाउँ निकै प्रभावित हुँदा समेत स्थास्थ्य कार्यालयले वास्ता नगरेको भन्दै सदरमुकामस्थित नागरिक संगठनका कार्यकर्ताले कार्यालयको चर्को आलोचना गरेपछि उनीहरू बसाला र सटेडामा शिविर सञ्चालन गर्न गएका थिए । स्थानीय बासिन्दा र नागरिक समाजका प्रतिनिधिले स्वास्थ्यकर्मीको यस्तो कार्यलाई गैरजिम्मेवार भएको बताएका छन् । नागरिक समाजका शेरबहादुर रौलेले कान्तिपुरसँग भने, 'यो भन्दा ठूलो लापरबाही के हुन्छ ?' गाउँका अधिकांश बिरामी परेकाले सिकिस्त भएकालाई शिविरस्थलसम्म पुर्‍याउनै नसकिएको स्थानीय डम्बर महतले बताए । बसाला र सटेडामा अहिले १ सय ५० भन्दा बढी बिरामी सिकिस्त रहेको स्थानीय बासिन्दाले बताएका छन् । श्रीमतीको पखालाकै कारण मृत्यु भइसकेको र घरका पाँचै जना बिरामी परेका धनलाल रोकायाले आफूहरूप्रति निकै अन्याय भएको बताए । स्थानीय स्वास्थ्य चौकीमा हाल ४ पाकेट जीवनजल र ३ बोतल स्लाइन पानी मात्र रहेको अहेव दुर्गानन्द चौधरीले बताए । सदरमुकाममा समेत पर्याप्त औषधि र स्वास्थ्यकर्मी छैनन् । हालसम्म यस जिल्लामा पखालाले ११ जनाको मृत्यु भइसकेको छ ।  संस्थाद्वारा सहयोगजाजरकोट- झाडापखाला प्रभावितहरूको उपचारका लागि विभिन्न संघसंस्थाहरूले सहयोग गरेका छन् । युनिसेफ र कन्सर्न वल्र्डवाइडको सहयोगमा नेपाल स्वास्थ्यका लागि पानी -नेवा) ले पानी शुद्धीकरणका लागि १ लाख २ हजार एकोट्याप ट्याब्लेट माहामारी प्रभावित साल्म, दशेरा, सुवानाउली र मजकोटमा वितरण गरेको छ । संस्थाले सरसफाइका लागि माइकद्वारा जनचेतनामुूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको संस्थाका मन वाग्लेले बताए । जीटी जेड पास्राले ४२ हजार, लाइन्स कल्बले ४० हजार, पूर्व सांसद गोविन्द विक्रम शाहले १ लाख राजीव विक्रम शाहले १४ लाख, हेल्भेटास जाजरकोटले १ लाख ५० हजार, डिएफआईडी समुदाय सहयोग कार्यक्रमले १ लाख ३३ हजार बराबरको औषधि सहयोग गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ँहैजाको कारण दूषित पानी’नेपालगन्ज- राप्रपा केन्द्रीय सदस्य गोविन्दविक्रम शाहले खाद्य संस्थान तथा विश्व खाद्य कोषको स्तरहीन खाद्यान्न र दुूषित पानीले जाजरकोटमा हैजा फैलिएको बताएका छन् । हैजा प्रभावित क्षेत्रमा राखिएका १९ स्वास्थ्य शिविरसमेत अपर्याप्त रहेको उनले बताए । महामारी प्रभावितहरूलाई औषधि पुर्‍याएर नेपालगन्ज फर्केका शाहले कान्तिपुरसित भने, 'खाद्य तथा स्वास्थ्य संकट घोषणा गरेर प्याकेजमा उपचार र खाद्यान्न पुर्‍याउनुपर्छ ।' सिम्कालगायतका औषधि कम्पनीहरू र श्रीएयरको सहयोगमा एक लाख २५ हजारको औषधि क्षेत्रीय स्वास्थ्य र जाजरकोट जिल्ला अस्पताललाई हस्तान्तरण गरेको उनले बताए । महामारी फैलिँदासम्म सरकार र सांसदहरूले बेवास्ता गरेको आलोचना गर्दै शाहले भने- अझै पनि औषधि अपर्याप्त छ । पुगेको ठाउँमा पनि स्वास्थ्यकर्मी अभाव छ ।     थप एकको मृत्युडडेल्धुरा- महामारीको रूप लिन थालेको झाडापखालाले डडेल्धुराको अजयमेरु गाविसमा शनिबार बिहान थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अजयमेरु-४ देउलीगाउँकी सरुदेवी ऐर रहेकी छन् । जिल्लाको बेलापुर, कोटेली, बगरकोट, भद्रपुरपछि झाडापखालाको प्रकोप अजयमेरु गाविसमा पनि फैलिएको  छ । अजयमेरु गाविसका वडा नंं. ९ मा झाडापखाला फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अजयमेरुमा पनि दर्जनौं सर्बसाधारणहरु प्रभावित भएको छन् । प्रभावित क्षेत्रमा शनिबार औषधिसहितको स्वास्थ्यकर्मी टोली परिचालन गरिएको जिल्ला अस्पतालका डा प्रकाश क्षेत्रीले बताए । अजयमेरुमा शुक्रबारदेखि अचानक फैलिएको झाडापखालाले गम्भीर भएका तीन जना बिरामीलाई जिल्ला अस्पताल डडेल्धुरा ल्याइएको छ । यसैबीच जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरामा जिल्लास्थित सरकारी एवं गैरसरकारी कार्यालयका प्रतिनिधिहरूसँग छलफल गरी झाडापखाला रोग रोकथाम तथा बिरामीहरूको उपचारमा सहयोगका लागि आग्रह गर्नुका साथै तत्काल प्रभावित क्षेत्रहरूमा सहयोगी कार्यकर्ता पठाइदिन अनुरोध गरेको छ । झाडापखाला प्रभावित आधा दर्जन गाविसमा स्वास्थ्यकर्मीहरूको टोली उपचारमा संलग्न रहेको र  प्रकोप थप फैलिएका गाविसहरूमा पनि स्वास्थ्य टोली पठाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रीकृष्ण भट्टले जानकारी दिनुभएको छ  । सोमबारसम्म झाडापखालाबाट डडेल्धुरामा मर्नेहरूको संख्या पाँच पुगिसकेको छ । यसैगरी सल्यानमा झाडापखालाबाट स्विकोट-१ टाटकेमा थप एकजनाको शनिबार मृत्यु भएको छ । उपचारका लागि मिसन अस्पताल लैजाने क्रममा मोहन बुढाथोकीको मृत्यु भएको हो । केही दिनअघि उनकै परिवारकी ३५ वषर्ीया हुमा बुढाथोकीको मृत्यु भएको थियो । प्रदूुषित पानीले टाटकेमा एक सातादेखि झाडापखाला फैलिएको थियो । झाडापखालाका कारण बुढाथोकीको परिवारका सबै प्रभावित भएका थिए ।  जिल्लामा झाडापखालाबाट मर्नेको संख्या ९ पुगिसकेको छ । स्वास्थ्यकर्मीको टोलीले झाडापखाला नियन्त्रणमा ल्याएको दाबी गरे पनि गाउँमा समस्या कायमै रहेको स्थानीय रत्नबहादुर बिकले बताए ।  स्विकोटमा थप एकको मृत्यु भएपछि थारमारे स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीको टोली शनिबार त्यता पठाएको जिल्ला स्वास्थ्य कार्यालयका डा. सुन्दर सुवालले बताए । Posted on: 2009-07-25 20:15:27 

shirish · Jul 26, 2009 10:14 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all