म नेपाली भएकोमा गर्ब गर्छु । तर कतिपय घटनाहरु यस्ता हुन्छन, मेरो त्यो दम्भ, गर्ब कहाँ हराउछ आँफैलाई पत्तो नै हुँदैन। कुरा त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलको हो। घुसखोरी बदेको कारण देखाएर नेपाली सरकारले त्यहाका कर्मचारीहरु लाई गोजी भएको सर्ट पैन्ट लगाउन नदिने निर्णय गरेछ। कतिसम्म को सतही र अपरिपक्व ? नेपाली पत्रपत्रीकाहरुले यसलाई प्राथमिकताका साथ छापे। यती सम्म त ठिकै थियो। तर यो कुरा यतिकैमा सिमित रहेन। अष्ट्रेलिया को एउटा राष्ट्रिय दैनिक ले यसलाई मुख्य पृष्ठ मै छापिदिएछ। हुँदा हुँदा बि.बि.सी ले पनि फुक्न भ्याएछ। भयो त अब??? कत्रो बेइजती!!! म अस्ती मेरो गाडी बनाउन भनेर हुङ (गडी मेकानिक) को मा गएको थिए। उस्ले बि.बि.सी म समाचार हेरेको रहेछ। उस्ले म बाट अरु जानकारी लिन खोज्यो। मैले यस्तै छ भनेर हावामा उदाईदिए। तर कुरा नचपौउने हो भने मैले भन्नै पर्छ, मलाई कताकता नरमाइलो लगिरहेको थियो। एउटा बिदेशिले म सँग नेपालको बारेमा त्यसरी कुरा गर्दा। के अब हामीसँग केही बाँकी छैन नेपाललाई चिनाउनलाई? तथ्याङ्क हेर्ने हो भने यसै पनि नेपाल १३५ औ स्थानमा छ, भ्रटचार बडी हुने राश्ट्र हरुमा । यस्तो अन्तरराष्ट्रिय छबि भयेपछि त झन बदुवा हुने पक्का छ। अझ दु:ख लाग्दो कुरा त अर्कै छ। नेपाली भ्रस्टचार नियोग को अनुसार जती पनि घुसखोरी गतिबिधी हुन्छन तेस्मा नेपाली हरुकै बहुल्यता छ रे। तेस्को मतलब घुस दिने पनि नेपाली लिने पनि नेपाली। भनेपछी वास्तवमा गल्ती त हाम्रो नै हो नि। यदी हामीले घुसखोरी गतिबिधीहरुमा असहयोग गर्ने हो भने त समस्या को हल निस्किहाल्यो नि।हामीले दिएे पो तिनिहरु ले लिन्छ , कि कसो?? कमसेकम सरकार ले तिनिहरुको गोजी काट्न पर्ने त थिएन। अनी नेपाल को यतिधेरै बेइज्यति पनि हुने थिएन होला। त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलको यो घटना त एक उदाहरण मात्र हो। आज नेपालका कुनै पनि सरकारी कार्यालय भ्रश्टाचारबाट अछुतो छैन भन्दा अत्युक्ती नहोला। पैसा खुवाएे काम बन्छ , नत्र भने बन्दै गर्छ। यती खेर मलाई राष्ट्र निर्माता प्रिथ्बी नारायण शाहको उुपदेश याद आउछ: " घुस लिन्या र घुस दिन्या दुबै देशका शत्रु हुन, चेतना भया!" भनिन्छ, त्यती बेला कसैले घुस लिएको वा दिएको थाहा पाएमा मृत्युदण्ड दिईन्थ्यो रे। हैन भने पाता कसेर देश निकाला गरिन्थ्यो रे। अहिले परिस्थिती भिन्दै छ। समय बित्दै जादा नियम कानुन खुकुलो हुँदै गएे। अनी मान्छे हरुले पनि बुझ पचाउदै गएे। आज घुस खाएमा समतिएला र फसिएला भन्ने छैन। सबैको मनमा सबैले खान्छन भन्ने छ। यसले गर्दा भ्रस्त्रचर गर्नेहरुमा आत्मबिश्वास बदेको छ। तेसैले त आजकाल नेपालमा खोज्यो भने प्याज नखाने बाहुन पाइयला, भ्रस्त्रचर नगर्ने कर्मचारी पाईन्न। यही हो नेपालको तितो यथार्थ। त्यसैले, दुई चार जानाको गोजी काटेर भ्रश्टचार घट्नेवाला छैन। यो त एउटा रोग हो जस्को निवारण जरै देखी गरिनुपर्छ। यसको लागि सरकारले भ्रस्टचर बिरोधी कडा भन्दा कडा कनुन बनाउन सक्छ। भ्रस्टहरुको पर्दफास गरेर तिनलाई नाङेझार पारी समाजको समुन्ने उभ्याउनुपर्छ ताकी अरु कोही घुस लिदा वा दिदा एकपटक झस्किउन। तर, सबैभन्दा महत्वपूर्ण कुरा त प्रिथ्बी नारायण शाहाले भनेझै हामी सबै नेपालीमा चेतना आउनुपर्छ कि घुस लिने र दिने दुबै देशका शत्रु हुन। वास्तवमै, घुस लिनेले नलिएे र दिनेले नदिएे किन चहियो नियम र कानुन?? तर खै!! हामीमा यो चेतना कैले आउने हो कुन्नी? चाडै आओस, यही शुभकामना! पशुपती श्रेष्ठ २३ जुलाई २००९ मोबील, अलाबमा
pashupatidev · Jul 23, 2009 11:38 PM · 13,027 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion