yehi ho nepal, nepali li ko ghara, amazing 3 (Nepali Congress reliability)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कांग्रेसका ६८ निर्णय ६५ अलपत्र Font size: बालकृष्ण अधिकारी 22/07/2009 01:44:00 एक वर्षयता र्काग्रेसले गरेका निर्णयमध्ये राष्ट्रपति, उपराष्ट्रपति र संविधानसभा अध्यक्षलाई शुभकामना दिने निर्णय कार्यान्वयन भए अन्य निर्णय अलपत्र छन् नयाँ पत्रिका काठमाडौं, ६ साउन कांग्रेसले एक वर्षमा गरेका अधिकांश निर्णय अलपत्र छन् । ११ साउन, ०६५ देखि ८ असार, ०६६ सम्म कांग्रेसका १२ बैठकले ६८ वटा निर्णय गरेका थिए । तर, राष्ट्रपति, उपराष्ट्रपति र संविधानसभाका अध्यक्षलाई बधाई दिनेबाहेकका निर्णय कार्यान्वयन भएका छैनन् । एक वर्षयता कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवासमा दर्जनौँ अनौपचारिक बैठक भएका छन्, त्यसको लेखाजोखा छैन । तर, एक वर्षमा कांग्रेसले औपचारिक बैठक मात्र १२ पटक गरेको छ, त्यसमा दुईवटा आकस्मिक थिए । कांग्रेस केन्द्रीय समितिले गरेका अधिकांश निर्णय 'माइन्युट' मा मात्र सीमित छन् । पार्टीको १२ औँ महाधिवेशन आगामी भदौभित्र गर्ने, सबै जिल्लामा पार्टीको भावनात्मक एकताका लागि कार्यक्रम गर्ने, पार्टीका विभागहरू गठन गर्नेलगायतका निर्णय अलपत्र छन् । राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बधाई दिने, निर्वाचनमा सहयोग गर्ने सबै राजनीतिक दललाई धन्यवाद दिनेजस्ता निर्णय भने कार्यान्वयन भएका छन् । गत वर्ष ११ देखि १३ साउनसम्म बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले राष्ट्रपति, उपराष्ट्रपतिसहित संविधानसभाका अध्यक्षलाई बधाई दिने निर्णय गरेको थियो । त्यही बैठकले निर्वाचनमा सहयोग गर्ने राजनीतिक दलहरूलाई धन्यवाद दिएको थियो । सो बैठकले मुलुकको राजनीतिक चुनौतीको सामना गर्न उपसभापति रामचन्द्र पौडेललाई अवधारणा-पत्र तयार गर्न भनेको थियो । अवधारणापत्र तयार पनि भयो, तर त्यसका बारेमा पार्टीभित्र छलफलसम्म भएको छैन । २९ र ३० साउनको अर्को बैठकले राजनीतिक दलहरूबीच सहमति कायम हुन नसकेपछि पार्टीका तर्फबाट व्यवस्थापिका संसद्मा प्रधानमन्त्रीको उम्मेदवारी दिने निर्णय गरेको थियो । उसले त्यसका लागि एमाले, मधेसी जनअधिकार फोरमलगायतका दलहरूसँग परामर्श थाल्ने भनेको थियो, तर त्यो पनि कार्यान्वयन भएन । ९ देखि २१ भदौसम्म बसेको बैठकले आगामी -२०६६) भदौभित्रमा पार्टीको १२ औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, एक वर्ष बित्न लाग्दा पनि महाधिवेशनको मितिसमेत तोकिएको छैन । जिल्ला र क्षेत्रमा यथाशीघ्र अधिवेशन गर्ने भनिए पनि अहिलेसम्म क्रियाशील सदस्यता वितरणसमेत सुरु भएको छैन । केही जिल्लामा सदस्यता वितरणका लागि सदस्यता-पत्र पठाए पनि आन्तरिक विवादका कारण अहिलेसम्म वितरण सुरु भएको छैन । कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, कार्यवाहक सभापति सुशील कोइरालासहितका नेताले परिवर्तित राजनीतिक अवस्थामा केही समय सरकार गठनमा सक्रिय रहनुपरेकाले महाधिवेशनको तयारीमा लाग्न नसकेको बताएका छन् । सभापति कोइरालाले पार्टीको १२ औँ महाधिवेशन आगामी मंसिरमा गर्ने संकेत दिएका छन्, तर त्यसको औपचारिक टुंगो लागेको छैन । कांग्रेसले गत मंसिर-पुसमा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यस क्रममा सभापति कोइराला केही ठाउँका सभालाई सम्बोधन गर्न पनि पुगेका थिए । तर, उनी अस्वस्थ भएपछि अभियान नै बीचमा अलपत्र परेको छ । भदौ मसान्तभित्रै पार्टीको केन्द्रीय विभाग र समितिहरू गठन गर्ने निर्णय भएको थियो । तर, कांग्रेसको कुनै पनि समिति र विभागहरू गठन भएका छैनन् । भ्रातृसंगठनहरूको विवादलाई समाधान गर्न पार्टीले गठन गरेको संयन्त्रले उनीहरूसँग छलफल गरे पनि अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन । ९ र १० फागुनमा बसेको बैठकले नयाँ संविधान बनाउने कार्यलाई केन्द्रमा राखी पार्टीका सबै तह र इकाइबाट सुझाब संकलन गर्ने भनेको थियो, तर कार्यान्वयन भएन । सबैजसो निर्णय अलपत्र परे पनि कांग्रेस उपसभापति गोपालमान श्रेष्ठ भने पार्टीका निर्णय कार्यान्वयन भएका छैनन् भन्ने अस्वीकार गर्छन् । मुलुकको विषम राजनीतिक परिस्थितिका कारण कतिपय निर्णय कार्यान्वयनमा ढिलाइ भएको उनको टिप्पणी छ । 'केन्द्रीय समितिले गरेका धेरै निर्णय कार्यान्वयन भइसकेका छन्, तर महाधिवेशनलगायत संगठन निर्माणका काममा केही ढिलाइ भएको छ,' उनले भने ।

timer · Jul 21, 2009 11:20 PM · 5,076 views

3 Replies

Difference between YCL and Nebisang A microbus torched by cadres of Nepali Congress affiliated Nepal Student Union (NSU) burnt at Jamal on Tuesday, July 21, 2009. The students torched the micro bus protesting against the attack on their fellow cadre Birendra Giri by an unknown group. nepalnews.com/NPA Last edited: 21-Jul-09 11:52 PM

timer · Jul 21, 2009 11:51 PM

k graya mcchikeney haru..buddhi nabhako bheda haru..sakcha bhaney..afu afu nai bhidnu nee..arka ko microbus jalayera k huncha...khattey mcchikeney haru...ryandi ko baan haru

catch_meh_if_u_can · Jul 22, 2009 12:40 PM

Arajak stithi bhaye paci yestai ho! I heard that now a days even going to a morning walk is not safe. One lady had gone out for a morning walk in the heart of the city (Baneshwor). Some gundas looted her jewelry. Next day the same lady again went for a morning walk on the same road. This time the goons beat her. They were angry that the lady's jewelry they had looted was fake. If this is the situation in Kathmandu, Nepal then I can't imagine how life is like for the average Nepali. We can't even get out of our house without feeling insecure.

Biruwa · Jul 22, 2009 6:08 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all