http://www.kantipuronline.com/... चरितचर्चा बजेट-प्रश्नोत्तर भरत भूर्तेल "विवाह गर्नेलाई एक लाख रुपियाँ ?" पत्रकारले सोधे, "पारपाचुके गर्नेलाई कति ?" "पारपाचुकेलाई बजेटमा व्यवस् था गर्न सकिएन," अर्थमन्त्रीजीले भन्नुभो, "राज्यले धान्नेजति गर्ने हो, नसकेको कसरी गर्ने ?" "यो त घोर अन्याय भयो," पत्रकारले सोधे, "विवाह गर्नेलाई नगदको व्यवस् था भएपछि पारपाचुकेलाई पनि केही गर्नुपर्दैन ?" "सकेको भए गर्नुपथ्र्यो," अर्थमन्त्रीजीले लाचारी प्रकट गर्नुभो, "सकिएन ।" "मेरो थप जिज्ञासा के छ भने," पत्रकारले एकै क्षण रोकिएर सोधे, "विवाह गरेपछि पारपाचुके गर्न त पाइएला नि !" "ऐनले के भन्छ ?" अर्थमन्त्रीजीले सहयोगीलाई सोध्नुभो, "के जवाफ दिउ“m ?" "मिल्छ हजुर," सहयोगीले बताए, "विवाहपछि पारपाचुके गर्न कानुनले छेक्दैन । " "मिल्छ, मिल्छ," अर्थमन्त्रीजीले जवाफ दिनुभो, "विवाहपछि पारपाचुके गर्न मिल्छ ।" "पारपाचुके गरेपछि विवाह गर्न नि !" पत्रकारले अर्को प्रश्न गरे, "यसलाई कानुनले के भन्छ ?" "के भन्छ ?" मन्त्रीजीले पुनः सहयोगीलाई सोध्नुभो, "के जवाफ दिउ“m ?" "यसमा कानुन बाधक हुँदैन," सहयोगीले बताए, "विवाह गर्न मिल्छ ।" "मिल्ने रहेछ," मन्त्रीजीले जवाफ दिनुभो, "कानुनले बाधा पुर्याउँदैन ।" "त्यसो हो भने ... ," पत्रकारले लेघ्रो ताने, "म अर्को प्रश्न सोध्न सक्छु ?" "किन नसक्नु," मन्त्रीजीले भन्नुभो, "यस् तै रमाइलो गर्न भनेरै यो कार्यक्रम राखेको ।" "विवाह गरेपछि पारपाचुके गर्न मिल्ने भो," पत्रकारले सोधे, "पारपाचुकेपछि विवाह गर्न पनि मिल्ने भो । थपे होइन त ?" "हो," मन्त्रीजीले सल्लाह दिनुभो, "विवाह नै नगरीचाहिँ पारपाचुके नगर्नुहोला ।" "ठीक," यसपालि सहयोगीले सघाए, "विवाह नै नगरी पारपाचुके गर्नचाहिँ कानुनतः मिल्दैन ।" "विवाह नै नगरी पारपाचुके गर्ने कुन सिल्ली होला," पत्रकारले बताए, "पारपाचुके गर्न विवाह त हुनैपर्यो नि !" "थप केही प्रश्न छन् कि ?" मन्त्रीजीले सोध्नुभो, "मलाई जवाफ दिन औधी रमाइलो लागिराख्या'छ ।" "एक वर्षमा कतिपटक विवाह गर्न पाइन्छ ?" पत्रकारले सोधे, "यसबारे प्रस् ट्याइदिनुहुन्थ्यो कि ?" "कतिपटक पाइन्छ ?" मन्त्रीजीले सहयोगीलाई सोध्नुभो, "यसबारेमा मलाई जानकारी भएन ।" "मलाई पनि थाहा भएन," सहयोगीले खुसुक्क भने, "विवाह त जीवनमा एकैपटक गर्ने हो ।" "विवाह जीवनमा एकपटक गर्ने हो ।" मन्त्रीजीले भन्नुभो, "पटकपटक गर्न मिल्दैन ।" "पारपाचुकेचाहिँ कतिपटक गर्ने ?" पत्रकारले सोधे, "यो त जीवनमा एकपटक होइन होला । " "कानुनले के भन्छ ?" मन्त्रीजीले परामर्श लिनुभो, "वास् तवमा यो जटिल प्रश्न हो ।" "पारपाचुकेबारे कानुन बोल्दैन," परामर्शदाताले भने, "आफैँ बोल्नुपर्छ ।" "पारपाचुकेबारे कानुन स् पष्ट छैन," मन्त्रीजीले भन्नुभो, "यसबारे आफैँ प्रस् ट हुनुपर्छ ।" "म प्रस् ट भएँ," पत्रकारले बताए, "अब कुनै अस् पष्टता रहेन ।" "के प्रस् ट हुनुभो ?" मन्त्रीजीले सोध्नुभो, "प्रस् ट हुनुभएको कुरा मलाई पनि स् पष्ट पार्नोस् ।" "पारपाचुकेबारे कानुन प्रस् ट छैन," पत्रकारले भने, "त्यसको अर्थ पारपाचुके जतिपटक पनि गर्न सकिन्छ ।" "त्यो त सकिने भयो," मन्त्रीजीले भन्नुभो, "कानुन नबोलेका ठाउँमा आफैँ बोल्नुपर्ने भो । " "पारपाचुके गरेपछि बिहे गर्न परहिाल्यो," पत्रकारले सोधे, "पर्यो कि परेन ?" "त्यो त परहिाल्यो नि !" मन्त्रीजीले भन्नुभो, "पारपाचुके गरेपछि यथाशक्य खाली बस् नु हँुदैन ।" "बिहे गर्नासाथ एक लाख," पत्रकारले सोधे, "हो कि होइन ?" "हो," मन्त्रीजीले भन्नुभो, "सरकारले भनेबमोजिम विवाह गर्नासाथ एकदेखि डेढ लाख रुपियाँसम्म पाइन्छ ।" मन्त्रीजीका सहयोगीले परामर्श दिए, "प्रक्रिया मिलाएर ल्यायो भने पाइन्छ ।" "प्रक्रिया भन्नाले ?" पत्रकारले सोधे, "कस् तो प्रक्रियाको कुरो गर्नुभएको ?" "कागजी प्रक्रिया," मन्त्रीजीले जवाफ दिनुभो, "विवाह भएको प्रमाणपत्र पेस गरेपछि पैसो पाइन्छ ।" "साह्रै राम्राे," पत्रकारले प्रशंसा गरे, "अति राम्राे ।" "धन्यवाद," मन्त्रीजी विनयी हुनुभो, "प्रशंसाका लागि आभारी छु ।" "यस बजेटले एउटा काम हुने भो," पत्रकारले बताए, "युवाहरू बेरोजगार नबस् ने भए ।" "ठीक भन्नुभो," मन्त्रीजीले बताउनुभो, "उनीहरू क्रियाशील हुने छन् ।" "युवाहरू विवाह गर्नेछन्," पत्रकारले भने, "प्रमाणपत्र लिनेछन् ।" थपे, "पारपाचुके गर्नेछन्, पुनः प्रमाणपत्र लिनेछन् । त्यसपछि फेर िविवाह गर्नेछन् ।" "हो," मन्त्रीजीले भन्नुभो, "त्यस् तो सम्भावना प्रबल छ ।" "यसले कागजको खपत बढ्नेछ," पत्रकारले भने, "कागजका लागि थप उद्योग खुल्नेछन् ।" "हो," मन्त्रीजीले भन्नुभो, "यो सम्भावनासमेत छ ।" "कारखाना खुलेपछि रोजगार बढ्नेछ," पत्रकारले भने, "तपाईंको बजेटले रोजगारलाई महत्त्व दिएको छ ।" "दिनैपर्यो ।" मन्त्रीजी दंग परेको देखिनुभो । प्रश्नोत्तर सकियो ।
newlynew · Jul 21, 2009 12:37 PM · 1,812 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion