सभासदसहितको टोलीद्धारा गाडी जलाउने प्रयास नेपाल होराइजन्स् समाचारदाता ५ साउन - काठमाण्डौँ । माओवादी सभासद् सहितको एउटा समूहले काठमाडौँको नागार्जुन नजिकै फुलबारी गेटमा यात्रु सहितको माइक्रो बस जलाउने प्रयास गरेका छन् । काठमाण्डौँको बालाजु बाईपासबाट नुवाकोटको तिन पिप्लेतर्फ गइरहेको माइक्रो बसलाई रोकेर उनीहरुले यात्रु सहित पेट्रोल छर्केर जलाउने प्रयास गरेका थिए । यात्रु र स्थानीयवासीको प्रतिकारका कारण यात्रुसहित माइक्रो बस जलाउने माओवादीको प्रयास भने सफल हुन पाएन । यात्रु सहितको माइक्रोबस जलाउने प्रयास गर्ने समूहका १२ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बालाजुकी डिएसपी मिरा चौधरीले जानकारी दिनुभयो । माओवादी निकट ताम्सालिङ्ग स्वायत्त परिषदले गरेको नुवाकोट र रसुवा बन्दको अवज्ञा गरेको भन्दै माइक्रोबस जलाउने प्रयास भएको बताइएको छ ।
stopthewar · Jul 20, 2009 7:24 PM · 2,965 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion