अन्डरवेयरको पनी म्युजियम???

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म्युजियम भन्ने बित्तिकै हाम्रो दिमागमा कुनै महत्वपूर्ण, ऐतिहासिक वा पुरातात्विक वस्तुहरु राखिएको ठाँउको सम्झना आउँछ तर बेल्जियममा अन्डरवेयरहरुको म्युजियम खोलिएको छ। "Musee du Slip" अर्थात 'Underpants museum' नाम दिईएको यस्तो खालको म्युजियम Brussels मा यो महिनाको शुरुवात तिर खोलिएको हो । कलाकार  Jan Bucquoy  ले खोलेको यस म्युजियमको लागी बेल्जियमका थुप्रै कलाकार, गायक र नेताहले आफ्ना अन्डरवेयरहरु प्रदान गरेर सहयोग गरेका छन। त्यहाँ प्रदान गरीएका सबै चर्चित व्यक्तिहरुका अन्डरवेयरहरु सर्टिफिकेटका साथ राखिएका हुन्छन। "जब सबैजनाले चर्चित चित्रकारहरुका चित्रहरु लाखौं तिरेर किन्न हुन्छ भने मैले तयार पारेका यिनीहरु किन हुदैन" उनको भनाई छ। अब पेरिसमा हुन गईरहेको आफ्नो प्रदर्शनीमा  Carla Bruni को अन्डरवेयर हात पार्ने दाउमा उनी छन। अझै उनलाई फ्रेममा राख्न मन लागेको अन्डरवेयर भनेको पोप वा ईरानी राष्ट्रपतीको अन्डरवेयर भएको उनी बताउँछन। "त्यो पाए सबैजना हेर्नको लागी लाईन लाग्थे होलान" उनी भन्छन।

aficionado · Jul 20, 2009 5:57 AM · 7,562 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all