Because of present crisis, job is really difficult here is USA but in Nepal at least every party has youth force and seems they are trying to give employment. Samayama nai sabailai sadbudhi deu, youth lai srijan sil kam deu, Force Hainahttp://www.nayapatrika.com/new... युथफोर्स सोझै एमालेले चलाउने Font size: रामशरण बजगाईं 20/07/2009 02:59:00 नयाँ पत्रिका काठमाडौं, ४ साउन युथफोर्सलाई एमालेले पार्टीमातहत सीधै चलाउने भएको छ । यसअघि युथफोर्स एमाले भ्रातृ संगठन प्ररायुसंघको मातहत थियो । पार्टीको स्वयंसेवी संगठन पिपुल्स भोलेन्टियर्स, युथफोर्स र पार्टीको अतिरिक्त क्रियाकलाप विभागलाई समायोजन गरी युथफोर्सको नयाँ संरचना बनाइनेछ । पार्टी केन्द्रीय समितिको दोस्रो बैठकले फोर्सको समायोजित संरचनालाई सम्बन्धित तहका पार्टी कमिटीहरूबाट सीधै सञ्चालन गर्ने निर्णय लिएपछि नयाँ संरचनासम्बन्धी निर्देशिका बनाउन लागिएको हो । केन्द्रीय कमिटीको दोस्रो बैठकले तीनवटै संगठनलाई समायोजन गरी नयाँ सांगठनिक संरचनासम्बन्धी निर्देशिका तयार गर्न केन्द्रीय सदस्य योगेश भट्टराईलाई जिम्मेवारी दिएको छ । उनलाई एमालेले युथफोर्सको संयोजकसमेत तोकेको थियो । पार्टीका अन्य भ्रातृ संगठनलाई फाँटअन्तर्गत परिभाषित गरिए पनि युथफोर्सलाई पार्टीरक्षक दस्ताको रूपमा परिचालन गर्न लागिएको छ । कार्यदलले निर्देशिका केन्द्रीय कमिटीलाई बुझाएपछि समितिले अनुमोदन गरी युथफोर्स परिचालन गरिने फोर्सका संयोजक भट्टराईले बताए । उनले निर्देशिका निर्माण अन्तिम चरणमा रहेको र यसै साता पार्टीलाई बुझाइने जानकारी दिए । निर्देशिकामा पार्टीको केन्द्र, जिल्ला, गाउँ, नगर र वडा तहबाट पार्टी संयन्त्रले नै प्रत्यक्ष फोर्स परिचालन गरिने उल्लेख छ । 'पार्टीले स्वयंसेवी संगठनको रूपमा युथफोर्सलाई प्रत्यक्ष सञ्चालन गर्नेछ,' संयोजक भट्टराईले नयाँ पत्रिकालाई बताए । पार्टीका कार्यकर्ता, विचार र संगठनको रक्षा, जनसेवा, प्राकृतिक प्रकोप उद्धारजस्ता काम फोर्सले गर्ने भट्टराईले वताए । 'पार्टीको प्रत्यक्ष निर्णयअनुरूप पार्टीपंक्ति, संगठन र कार्यकर्ताको रक्षा, प्राकृतिक विपत्ति र प्रकोपवाट जनताको उद्धार गर्ने काम यसले गर्छ,' भट्टराईले भने । पार्टीको अतिरिक्त क्रियाकलाप विभाग, पिपुल्स भोलेन्टियर्स र युथफोर्सका एक-एक प्रतिनिधिसहितको टोलीले यसै साता निर्देशिका टुंगोमा पुर्याएर पार्टीलाई बुझाउने युथफोर्स प्रमुख महेश बस्नेतले वताए । नयाँ संरचनामा जाने भएपछि युथफोर्सले आफ्ना सांगठनिक काम स्थगित गरेको छ । निर्देशिका निर्माण कार्यदलमा पिपुल्स भोलेन्टियर्सका रूपनारायण श्रेष्ठ, युथफोर्सका ज्ञानकुमार श्रेष्ठ र अधिवक्ता वसन्त बस्नेत छन् । Last edited: 19-Jul-09 11:22 PM Last edited: 19-Jul-09 11:27 PM Last edited: 19-Jul-09 11:28 PM Last edited: 19-Jul-09 11:33 PM
timer · Jul 19, 2009 11:20 PM · 2,033 views
भो बाबा भो हामीलाई शासन गर्न हामीले छानेका उम्मेद्वार नै काफी छन किन तह माथि तहको बोज लाद्धछौ ? गास बास र कपास को खोजी बाट अलिक माथि नै पुगिसकेका थियौ लाग्थ्यो हैन रहेछ, भएको पनि थाती राखिसक्यौ, सयौ पार्टी छन , एक पल्टमा एक चोटि मात्रै सक्छ्ह्हौ , किन यो बोझ माथि बोझ थप्छौ भो बाबा भो चाहिएन तिम्रो पार्टी, तथस्थ पनि बस्न दिन्नौ फुर्सदै फुर्सदी समय , जानी नजानी चाकडिमा बित्दै छन . डर एस्मा छ , चाकडिको स्तर तल माथि भै आर्को दु:ख बिसाउनु पर्ला उस्लाई धेर मलाई थोरै भो फुर्सद देउ तिम्रो दैनिक चाकदी बाट न थप यो शासनको नयाँ भार म बटुल्दै छु गास बास र कपास फेरी चाहिएन दानबी ब्यबस्था फुर्सद देउ मलाई मरै लाला बाला को हेरचाह गर्न Last edited: 21-Jul-09 10:15 AM
बैरागिकाइलो · Jul 21, 2009 10:08 AM
Youth force wow, back home, i have figured out, it is promoting rags to riches. It should be the most paying job with the inheritance of last but not the least kinda 5 Lakhs per tender. I heard at least Rs 1,00,00,000 has been allocated for providing clean drinking water to general public around EDR. But people are getting air instead of water through water pipes. Youth Groups are having Dashain. Good for them.
raju161 · Jul 21, 2009 10:24 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion