उ अनी म उ एउटी चन्चल नदी, म एउटा सौम्य सागर। म उस्को गन्तब्य अनी उ मेरी श्रोत। हाम्रो अस्तित्व एक अर्काका पुरक थिए, प्रेम र आत्मा जस्तै। प्रेमरसमा हाम्रो आत्मा थोपा थोपा बनेर मिसिएको थियो। अनी त्यही रसपानले उन्माद थियो हाम्रो मन। एउटा अलौकिक अनुभुती------ एउटा सर्बोतम भाव------- मनको स्वछन्दतालाई सम्बन्धको बन्धन रहरले बाँधिदिएका थियौ हामीले। तर आज उस्को आत्मा आँशुका थोपा थोपा बनेर बगिरह्यो। उ बगिरही अनी म भरिंदै गएँ। हेरिरहें उ रोएको । ति आँशु पुछ्न मन लागेन। अहिले पुछेर के गर्नु? भरे फेरी एकान्तमा रुने छे। म हुन्न त्यती बेला ति आँशु पुछ्न। आफुले सधैं गर्न नसक्ने कुराको किन बानी लाउनु? उ सुँक्क सुँक्क गर्न थाली----- शायद रित्तिन लागेर होला । "म जान्छु अब" भनेर हिंडी। उस्को बिदाइको वाक्य जती छोटो थियो, हाम्रो बिछोडको यात्रा त्यती नै लामो। मेरो आत्मा जम्यो------ म जड भएँ------ आँखाले भ्याउन्जेल हेरिरहें------ उ पर कतै हराइ। साँझ त अगिनै परेको थियो मेरो जीवनमा------ अहिले निस्पट्ट अन्धकार छायो। त्यही अन्धकारले मेरो जुनि सर्लक्क निल्ने हो कि ? डर लाग्यो--------- उस्को अस्तित्वलाई छाम छाम छुम छुम पारें। हातमा पानीका थोपाहरु टाँसिए। राती झरेका शितका थोपा थिए होला-------तर मलाई उस्का आँशुका थोपा झै लागे। ति चिसा थोपाहरु छातीमा दलें---------झनै मन पोलेर आयो। उठ्न खोजें--------सकिन----------त्यही भास्सिएको अनुभब भयो। शरीरका सम्पूर्ण तन्तुहरु शिथिल भए। तिर्खाले मुख प्याक प्याक भयो---------तर मेरी नदी खै?----- म त सागर हुँ------ मसँग तिर्खा मेट्ने शक्ती कहाँ हुन्छ र?-----म छट्पटिएँ------- बिस्तारइ मेरा कान बज्न थाले-------गोडा चिसा भए--------म बेहोस भएँ। मेरो शरीर यही चौरमा अलपत्र पर्यो। अनुहारमा केही पानीका छिटाहरु अनुभव गरें। बिस्तारइ आँखा खोलें------ कस्तो उज्यालो भएछ------कस्तो अचम्मको दिन-------- घाम पनि लागिरहेको----- पानी पनि परिरहेको------आफुलाई छामें-----छाती सबै भिजेछ। अगिको त्यो प्यास, त्यो छट्पट्टी----- सबै हराएछ त --------उठेर वर पर हेरेँ------- पर क्षितिजमा एउटा इन्द्रेणी बनेको अनी एक जोडी त्यो घाम पानीमा जिस्किरहेका------- अस्तु
nakkali keti · Jul 16, 2009 1:45 PM · 3,411 views
अती राम्रो ! बिछोड को पिडा त हजारौ घाऊ भन्दा पनि बढी हुन्छ भन्थे हो रैछ ! >>>त्यही अन्धकारले मेरो जुनि सर्लक्क निल्ने हो कि ?<<< यहाँ निर 'जुन' हुनु पर्ने होइन र? Last edited: 16-Jul-09 02:05 PM
ritthe · Jul 16, 2009 1:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion