अथ: श्री माओयज्ञ भँव !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

माओवादी अस्पताल' लाई सार्वजनिक जग्गा दान बुधवार, 15 जूलाई 2009 10:52 नागरिक   1 2 3 4 5 Share this Twitter  Digg  Del.icio.us  StumbleUpon  Facebook Print E-mail किरण भण्डारी, काठमाडौं असार ३१- 'माओवादीद्वारा सञ्चालित' जनमैत्री अस्पतालले लगाएको पुराणमा करोडौं रकम बराबरको जग्गा जबर्जस्ती र अवैधानिक रुपमा 'दान' दिएको पाइएको छ ।  माओवादी नेता-कार्यकर्ताको सक्रियतामा अस्पतालले लगाएको श्रीमद्भागवत नमूना ज्ञान महायज्ञमा विभिन्न गाविसलाई दाता बनाएर माओवादी र वाइसिएल कार्यकर्ताले ३८ करोडभन्दा बढी मूल्यको जग्गा दान घोषणा गरेका छन् ।  पुराण वाचनका क्रममा काठमाडौं जितपुरफेदी गाविस ९० र वालुवा गाविसको नाममा ७० रोपनी जग्गादानको घोषणा गरिएको छ । त्यसैगरी सल्यान थारमारे र जिमाली २ सय ५० रुकुम तकसेरा १ सय ५० र दाङ पुरनधारा गाविसले ५ बिगाहा जग्गा दानको घोषणा गरेका थिए ।  गाविसको नाममा दान घोषणा गरिए पनि त्यसको जानकारी दिन महायज्ञस्थलमा माओवादी स्थानीय नेता र कार्यकर्तामात्र आएका थिए । आफ्नो गाउँको सरकारी जग्गा दान दिइसकिएकोबारे अरु दलका नेता÷कार्यकर्ता मात्र हैन गाविस सचिवसमेत बेखबर छन् ।  'जनमैत्री अस्पतालले डेढ/दुई महिनादेखि हाम्रो गाविसको जग्गामा आँखा लगाइरहेको थियो तर कसले दान दियो थाहा छैन', वालुवा गाविस सचिव लक्ष्मीप्रसाद तिम्सिनाले भने । १५ करोड मूल्यांकन गरिएको वडा ६ राधाडिलको जग्गा अस्पतालले कसरी दान पायो भनेर सचिवमात्र हैन वालुवावासी आक्रोशित र अचम्भित छन् ।  दानको घोषणा गर्न गाविस वाइसिएल इन्चार्ज मोहन भण्डारी यज्ञस्थल पुगेका थिए । गाविसमा एनेकपा माओवादीको प्रतिनिधित्व पनि आफैंले गर्ने र सबैको सहमति लिन सकिन्छ भनी दान दिएको स्पष्टीकरण उनले दिए । 'अस्पतालले जग्गा खोजिरहेको थियो', उनले भने- म आफैं लागेर मोटरबाटोसमेत भएको राम्रो जग्गा मिलाइदिएको हुँ । जग्गा दिने व्यक्तिको स्वामित्व र आधिकारिकता बेवास्ता गर्दै ती जग्गामा भौतिक संरचना निर्माणको योजनासमेत बनिसकेको छ । 'अस्पतालको रोडम्यापअनुसार दानमा आएको जग्गामा मेडिकल कलेज, ज्येष्ठ नागरिक संरक्षण गृह, अन्तर्राष्ट्रिय बौद्विक गृह निर्माण हुन्छ', प्रबन्ध निर्देशक कृष्णप्रसाद शर्माले नागरिकसँग भने- परोपकारी काम गर्न लागेका हामीलाई माओवादी भनेर मुछ्नुको अर्थ छैन ।  माओवादी संरक्षणमा रहेको अस्पतालले साउन २१ देखि २९ सम्म महायज्ञ लगाएको छ । महायज्ञमा माओवादी नेता बाबुराम भट्टराई, जनार्दन शर्मा,  हिसिला यमीलगायत उपस्थित थिए ।  अस्पताल व्यवस्थापन र दाताहरुसँगको कुराकानीअनुसार अस्पतालले पहिल्यै रोजेको जग्गालाई यज्ञमा दान गराउन खोजिएको देखिन्छ । जितपुरफेदीको जग्गा कसरी दान दिनुभयो भन्ने प्रश्नमा गाविसका माओवादी प्रतिनिधि भोलानाथ अर्याल भन्छन्- 'डेढ महिनादेखि अस्पतालले जग्गा खोजिरहेको थियो । सामुदायिक वन उपभोक्ता समिति राजी भएर जग्गा दिएको हो ।' वडा ५ मा रहेको सालकोट सामुदायिक वन उपभोक्ता समितिको हवाला दिँदै भोजराज घिमिरॆले २४ गते यज्ञस्थलमा जग्गादानको घोषणा गरेका थिए । अन्य दलका प्रतिनिधि र गाविस सचिवलाई जग्गा दानबारे थाहा छैन ।  'गाविसभित्र कुनै सरकारी जग्गा दान दिइएको छैन', सचिव वासुदेव फुयाँलले भने- मलाई मात्र हैन कांग्रेस एमाले मालेका प्रतिनिधिलाई पनि औपचारिक जानकारी छैन ।' सामुदायिक वनको जग्गा दिने अधिकार उपभोक्ता समिति हैन मन्त्रीलाई पनि नभएको भन्दै वन कार्यालयले आपत्ति प्रकट गरेको छ । 'दान दिएर धर्म कमाउन खोज्नेले आफ्नो सम्पत्तिबाट दिन सक्नुपर्छ सरकारी जग्गा ताक्ने हैन', जिल्ला वन अधिकृत वृजकुमार यादवले भने- वन क्षेत्रमा कोही भोगचलन गर्न आउँछ भने हामी बल प्रयोग गरेर हटाउँछौ । काठमाडौं बाहिरबाट प्राप्त जग्गा अस्पताल सञ्चालकहरुको गृहजिल्लाका गाविसमा छ । कम्पनी रजिष्ट्रार कार्यालयको अभिलेखअनुसार अस्पतालका अध्यक्ष डा. रवीन्द्रप्रसाद राजभण्डारी संचालकद्वय केशवप्रसाद शर्मा र कल्पना शर्मा दाङ निवासी हुन् । प्रबन्ध निर्देशक शर्मा सल्यान र सञ्चालक कृष्ण रेग्मी रुकुमका हुन् ।  अस्पताल व्यवस्थापनले ७५ जिल्लाबाटै जग्गादान पाउने ठोकुवा गरेको

sumedhu · Jul 15, 2009 4:06 AM · 12,754 views

1 Reply

Today, they donate plots tommorow they will donate country to India with another 12 points treaty.

Sajivan · Jul 15, 2009 7:43 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all