You should Read This

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पढ्न पाए केही गरेर देखाउँथें शुक्रवार, 10 जूलाई 2009 20:09 भावना तामाङ 2803 विशिष्ट श्रेणी ल्याएर के गर्नु ? सर्टिफिकेटले आफैं पढाउँदो रहेनछ... 'आमा मेरो डिस्टिङ्सन आयो,' रिजल्ट हेरेपछि पास भएको कुरा आमालाई तुरुन्त सुनाएँ । उनी भान्छामा खाना पकाउँदै थिइन् । 'ए, तँ पास भइस् ?' उनले यत्ति भनिन् । मलाइ समातीन र रुन थालिन् । त्यो रात हामी आमाछोरी धेरैबेर रोयौं । आमालाई म पास भएकैमा खुसी थियो । डिस्टिङ्सनको अर्थ उनले बुझिनन् । बुझेकी भए अझ् कति खुसी हुन्थिन होला ? किनकि, मलाई सफल भएको हेर्न उनले कति दुःख गरेकी थिइन् भन्ने मलाई मात्र थाहा छ ।   *** मलाई पुराना दिन सकेसम्म सम्झन मन लाग्दैन । डर लाग्छ । आङ सिरिङ्ग हुन्छ । ती दिन त्यस्तै थिए । सिन्धुपाल्चोकको डब्ल्याङ माइती हो मेरी आमाको । यहाँ काम त्यही हो, भाँडा मोल्ने, कपडा धुने, सरसफाइ गर्ने, यस्तै । नपढेकाले अरू के नै पाउाछन् र ? आमा अचेल दिनको सय/पचास कमाउँछिन् । हाम्रो घर दोलखाको चरिकोट हो भन्छन् । आजसम्म पुगेकी छैन । घर पनि छैन जस्तो लाग्छ, के बाँकी होला र खै ? जोरपाटी बाहुनधारा नजिकै छ हामी बस्ने कोठा । सााघुरो, अाध्यारो र चिसो । त्यो कोठामा आमा र मसागै दुई बहिनी पनि बस्छन्, माइली ममता र कान्छी शान्ति । एउटा खाट छ । राती कोही खाटमा पल्टन्छौं, कोही भुइामा । घरबाट स्कुल पुग्न दश मिनेट लाग्छ, समता शिक्षा निकेतन । दुई कक्षादेखी नै मैले यहि स्कुलमा पढ्न थालेकी हुा । उत्तम सञ्जेल सरले सहयोग नगरेको भए । समताले साथ नदिएको भएा । यो अवस्थामा म सायदै आउथेा । *** समता शिक्षा निकेतनमा आउनू अघि, म अघि महांकालको एउटा स्कुलमा पढ्थेा । 'छोरीलाई पनि स्कुल पठाउने हो ?' भनेर कसैले भनेछ क्यारे । त्यसपछि बाले मलाई स्कुल जान दिएनन् । कता हो कता मलाइ एक घरमा काम लगाइदिए । एक वर्षपछि आमाले त्यहााबाट छुटाएर समतामा ल्याइन् । आमाले छोराको साटो तीन छोरी पाउनु नै बिडम्बना थियो कि ? बाबाको लागि यहि निहुा बन्थ्योकी ? किन हो मलाई थाहा छैन, घरमा दिनहुा झगडा हुन्थ्यो । घरमा चामल, नुन, तेल छ/छैन उनलाई पत्तो हुन्थेन । रक्सीले चुर भएर आउाथे उनी । ढोकाबाट भित्र छिर्नासाथ भााडभैलो सुरू भैहाल्थ्यो । आमा कराउाथिन् । बा रिसाउाथे । बा कराउादा आमा रिसाउाथिन् । बाले आमालाई लछारपछार गर्थे, कुट्थे । डरले दुई बहिनी मसाग लुटपुटिन आउाथे । 'तिमेरू सबलाई मार्छु' भन्दै बाले हामीलाई भुइामा बङ्लङ्ग पछारिदिन्थे । कान्छी दगुर्दै आमालाई समाउन जान्थी । आमा हामी सबैलाई सुम्सुम्याउादै रून्थिन्। आमासागै हामी रुन्थ्यौ । बा भने मजाले निदाउथे । *** एक साँझ लखतरान परेर आमा आइपुगिन । भोकाएका बहिनीहरू केही छ कि भन्दै आमालाई समाउन पुगे । 'लौ रोटी खाउ,' आमाले हामीलाई कपडा धोइदिएको घरबाट बचाएर ल्याएको खाजा दिइन । भोकाएका हामीले, कपाकप खायौं । राति बाबा मात्तिादै आए । जे डर थियो त्यही भो । 'जथाभावी डुल्छेस्' भन्दै बाले आमालाई गाली गर्न थाले । चर्काचर्की हुादै थियो । म आमालाई नबोल्न भन्दै थिएा । बाले हात छाडिहाले । लछारपछार हुादा किताबहरू असरल्ल परे । आमा चिच्चाउन थालीन्, बहिनीहरू रून थाले । म आत्तिदै छुट्टयाउन गएको थिएा, बाको थप्पडले भित्तामा ठोक्किएा । आमालाई मार्छु भन्दै बाबाले हातमा खुकुरी नचाउान थाले । डरले म थरथरी काापे । हामी भागेर सडकमा पुग्यौं । त्यो रात घरको छिाडीमा आमासाग बेरिएर हामी तीनैजना खुब रोयौं । हरेक पटकका दुःखमा रुनु सिवाय अरू के गर्नै सक्थ्यौं र ? रुादारुदै आमा मलाई सम्झाउाथिइन्, 'छोरी ता पढेर ठूली मान्छे बन्नु । यस्तो दुःख तिमीहरूले भोग्न नपरोस् ।' जव म सात कक्षा पुगेा । घरको स्थितिले पढाइ बिगि्रदै थियो । त्यसैले म र ममतालाई समताको होस्टलमा बस्ने व्यवस्था गरिएको थियो । तर, मलाई त्यहाा बस्ने रहर थिएन । घरमा आमाले के खाइन्, कान्छीलाई कस्तो होला ? यस्तै कुरा मनमा खेलिरहन्थ्यो । म स्कुल हुन्थेा, मन घर पुग्थ्यो । एकरात होस्टलपछाडि आमाले बोलाएको सुनेा । कसैले थाहा नपाउनेगरी हामीले होस्टलको गेट खोलिदियौं । बाले पिटेर खेदेकाले आमा कान्छी बोकेर होस्टल आएकी रहिछन् । मध्यरात । सरले थाहा पाए गाली गर्नुहोला भन्ने डर । तैपनि, आमालाई होस्टलको हाम्रै कोठमा लुकायौं । त्यो रात, हामीपनि उनीसागै गुटमुटीएर सुत्यौं ।   *** आठ कक्षापछि आमाको मायाले म उनीसागै बस्न थालेा । सधैा झैझगडा, पिटापिट । कति सहनु ? आमा र हामीले बासाग छुट्टनिे निर्णय गर्‍यौं । हामी त्यो कोठाबाट निस्केपछि बुबाले अर्को बिहे गरेछन् ।   हामीसाग न खान पैसा थियो, न बस्नलाई बास । साथमा स्कुलका किताब थिए, जसलाई पढेर मैले पार लाउनु थियो । तर कसरी ? थाहा थिएन । बल्लबल्ल कोठा पाइयो । रित्तो कोठा । ओछ्याउने कुरा छैन । पकाउने भाँडाकुाडा थिएनन्् । आमा भोजभतेरमा भाँडा माझ्न जाँदा प्लाष्टिकमा खाना पोको पारेर ल्याउानुहुन्थ्यो । आमा घर आइपुग्दा हामी एकसरो सुकुलमा पल्टिरहेका हुन्थ्यौ । आमा देख्ने बित्तिकै लुछाचुाडी गर्नपुग्थ्यौं, बाख्राका पाठापाठी झै । अनि सबैजना त्यही सुकुलमा निदाउाथ्यौं । आमाको दुःख देखेर होला तिबेतियनहरूले उनीहरूका घरमा काम गर्न जाादा केही न केही सामान दिएर पठाउन थाले । पुरानै किन नहोस्, भााडा, कपडा, सुकुल, खाट गर्दै केही कुरा कोठामा जोडिए । अनी पो हामीले पनि पातलो सुकुलको साटो गलैाचामा सुत्न पायौं । ८ ८८ म दश कक्षा पुगेा । घामझरी नभनी आमा हरेकदिन काममा जान थालिन् । उनको जीउ सुकेर सिठ्ठा भैसकेको थियो । त्यसैले मैले उनलाई पहिला भन्दा बढि सघाउन थालेा । भाडा मोल्ने, कपडा धुने र अर्काको घर सफा गर्ने काममा म पनि फुर्सद मिलाएर आमासागै जान्थेा । राती १ बजेसम्म पनि काम गरेा । दशको सानोे जााचमा मेरो पोजिसन एक्कासी घट्यो । यसले मलाई ठूलो चिन्ता थप्यो । 'मै गर्छु ता पढ्' भन्दै आमा आफैा काममा धस्सिन थालिन् । घर भाडाका लागि साथमा धेरै पैसा हुादैन्थ्यो । रातमा बत्ती नबाल्नु भन्दै कराउानुहुन्थ्यो पहिला त । मैले ठूलो परीक्षा आएको छ भन्दै घरबेटीलाई अनुरोध गरेपछि उहाा मान्नुभो । कहिलेकाहीा त पढ्दा छ्याङै रात कट्थ्यो । बुबा फेरि र्फकने त हैनन् भन्ने डर पनि लाग्थ्यो कताकता । एक/दुईपटक बाटोमा देख्दा लुकेकी थिए । एसएलसीमा पनि राम्ररी पढ्न पाइना । खुराक कम, ताकत नभएर जीउमा आलस्य आउाथ्यो । कहिलेकााही त चक्कर लाग्थ्यो । कसलाई भन्नु ? चुपचाप कक्षामा बस्थेा । भोको पेट दुख्दाको पिडा राम्ररी अनुभव गरेको थिएा, त्यसबेला । आमाले नमान्दा-नमान्दै पनि केही दिन उनको काममा पनि सघाउन गएा । परीक्षा त मेहनत गरेरै दिएकी थिएा । ८८.७५ प्रतिशत ल्याउाला भन्ने मलाई विश्वास थिएन । किनकि मैले राम्ररी मेहनत गर्न पाएकी थिइना । अझै राम्ररी पढ्न पाएको भए म धेरै गर्न सक्थेा । मेरी आमाको हातले जुठा भााडा नसुम्सुमाएको भए के म यत्ति धेरै नम्बर ल्याउन सक्दैनथेा ।   *** मेरा अगाडि धेरै चुनौती छन् । 'महिला र बालबालिकाको' डाक्टर बन्नेे सपना । दुई बहिनीलाई धेरै पढाउने इच्छा । अस्वस्थ भएकी मेरी आमाको दुःख पखाल्ने चाहना । परिवारलाई अाध्यारो कोठा, अाध्यारो जीवनबाट बाहिर निकाल्नुपर्ने जिम्मेवारी । यी यस्तै सपनै सपनाका बीचमा उभिएकी म अब कुन बाटो हिाड्ने ? कसरी हिाड्ने ? थाहा छैन । हुन त म केही श्रम गरेर, स्कुल पढाएर दुई/चार पैसा कमाउन सक्छु । तर मैले अहिले परिवारलाई क्षणिक सुख दिएर हुादैन । मेरो विचार छ, 'बरू गरिबले एक छाक कम खाएर भए पनि पढोस्, त्यसले अर्को चारछाक कमाउन सक्छ ।'   *** 'छोरी ता पढेर ठूली मान्छे बन्नु । यस्तो दुःख तिमीहरूले भोग्न नपरोस्' आमाका यी कुराले मलाई झकझकाई रहन्छ । अझ् पढ्न र बढ्न उत्साह थप्छ । कलेज पढ्न साथमा कौडी छैन । हात परेको सर्टिफिकेटले आफैं त पढाउादैन । पूर्ण छात्रवृत्ति पाए राम्रो कलेज पढ्न मन छ । कसैको सहयोग पाए अझ पढेर केही गर्न मन छ । केही गरेर देखाउाछु भन्ने आत्मविश्वस पनि छ । तर ...खै के हुने हो ?   source : http://www.nagariknews.com/nag... Last edited: 14-Jul-09 01:09 PM Last edited: 14-Jul-09 01:10 PM

stolen_thoughts · Jul 14, 2009 1:07 PM · 54,098 views

20 Replies

If only there was a 'like' button, I would have pressed it thousand times. Empathy would be too shallow at this point. Such an accomplishment, despite of perennial dreadfulness, is a real tear-jerker. No empathy please!!!

bhakunde bhut · Jul 14, 2009 1:58 PM

'प्रधानमन्त्रीलाई भनेँ मजस्ता धेरैले पढ्न पाऊन्' मंगलवार, 14 जूलाई 2009 11:40 नागरिक &nbsp; 1 2 3 4 5 Share this&nbsp;Twitter &nbsp;Digg &nbsp;Del.icio.us &nbsp;StumbleUpon &nbsp;Facebook Print E-mail पढ्न पाए केही गरेर देखाउँथें भवसागर घिमिरे, काठमाडौं असार ३० - एसएलसीमा विशिष्ट श्रेणी ल्याएकी गरिब विद्यार्थी भावना तामाङलाई सोमबार बिहान प्रधानमन्त्री माधवकुमार नेपालले भेटेका छन् । समता शिक्षा निकेतन जोरपाटीमा कक्षा २ देखि निःशुल्क पढ्दै आएकी उनले यसपालि एसएलसी दिएकी थिइन् । नागरिक शनिबारको जूनकीरीमा प्रकाशित तामाङको संघर्षको कथा पढेपछि प्रधानमन्त्रीले बोलाएर बालुवाटार निवासमा उनलाई भेटेका हुन् । "मैले पत्रिका पढेँ तिमीलाई बधाइ छ," कार्यकक्षमा भावनासँग हात मिलाउँदै प्रधानमन्त्रीले भने, "म आफैंले धेरैतिर फोन गरेर क्याम्पसका लागि बुझेँ र तिमीलाई बोलाएको।" राजधानीकै जेभियस्र इन्टरनेसनलको छात्राबासमा बस्ने खाने र पढ्ने सुविधा मिलाएपछि भावनालाई भेट्न बोलाएको नेपालले बताए । सोमबार बजेट भाषण तयारीको चटारोमा रहेका प्रधानमन्त्रीलाई भेट्न मन्त्रीहरु पनि आएका थिए । ऊर्जा मन्त्री प्रकाशशरण महत संसदीय व्यवस्था तथा संविधानसभा मन्त्री मिनेन्द्र रिजाल सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठ पनि कार्यकक्षमै थिए । प्रधानमन्त्री नेपालले शनिबारै भावनाको कथा पढेपछि उत्साहित हुँदै आफ्ना प्रेस सल्लाहकार विष्णु रिजालसँग सोधेका थिए - "तपाईंले पढ्नुभयो?" "पढेँ" - रिजालले भने । "यिनका लागि हामीले केही गर्नुपर्छ," प्रधानमन्त्रीको यो भनाइमा रिजालको जवाफ थियो, "म भेट गराउने व्यवस्था गर्छु।" "हुन त कथा पढेपछि म शनिबारै भेट्न चाहन्थेँ आइतबारै सिंहदरबारमा भेट्ने कार्यक्रम पनि मिलाउँदै थियौं" प्रधानमन्त्री नेपालले भने - "चाहँदा चाहँदै पनि कार्यव्यस्तताले साथ दिएन।" भावनाको संघर्षले आफूलाई भेट्न मन लागेको उनको प्रतिकि्रया थियो । "उनको आमाले अर्काको घरमा भाँडा माझेर कपडा धोएर पाढाएकी," प्रधानमन्त्रीले मन्त्रीहरुलाई सुनाए "उनका बा सधैं रक्सी खान्थे साह्रै दुःख पाइछन्।" प्रधानमन्त्रीको कुरा सुनेपछि मन्त्रीहरुले पनि मेहनती भावनालाई बधाइ र सफलताका लागि शुभकामना दिए । <p style="margin-top: 10px; marg

lakhe · Jul 14, 2009 2:15 PM

Way to go gal !

kHusHii · Jul 14, 2009 2:21 PM

It is heart-wrenching to read something like this. In fact there are thousands of children who are going through what Bhawana went through. She seems to be pulling through and she deserves all the help she can get. But what about the rest of the unwritten stories and cries that go unheard. How can we help?

San · Jul 14, 2009 2:33 PM

Makune just few days earlier gave large sum of money for building a college in Birgunj. Yo makune le education ma chahi pura dhyan deko jasto cha.&nbsp;&nbsp;

no_quiero · Jul 14, 2009 2:41 PM

the question we should be asking isn't how can we help. instead, it should be why don't we help. we all know that we've been more privileged (than those still there) in a sense that we could get out of Nepal and gain education, gather some riches and whatnots. but what for, if we cannot get out of self centric cycle of pride and property.

bhikhaari · Jul 14, 2009 2:42 PM

San, Well there are lots other unheard and not printed stories similar to the story above but what makes this one unique is the level of dedication this little girl has put into education despite of extreme conditions she is though. That is what makes it heart wrenching. It makes people who had all the affluence but yet not able to achieve the minimum guilty. Sid

sidster · Jul 14, 2009 3:05 PM

Its truly a inspiring story. Congratulations Bhawana..you have a bright future ahead!! Credit must also go to Uttam Sanjel for opening schools like Samata shikshya niketan and making quality education affordable for people like bhawana. I read his story sometime back here in Sajha and found inspirational.

krishnaram · Jul 14, 2009 4:28 PM

U have path infront of u now. Go ahead . Afterall u got mothers and sisters with u . congratulations.

SRBRG · Jul 14, 2009 7:22 PM

To PM Madhav K Nepal This help will neutralize some thousands of&nbsp; betrays to ur motherland because u hab helped a mother.

SRBRG · Jul 14, 2009 7:27 PM

Hamro desh ma haat ma kalam dine lai harauchan ... haat ma banduk dine lai jitauchan. yestai cha bidambana.

no_quiero · Jul 14, 2009 7:28 PM

It's overwhelming how she beared all the hardships in her&nbsp;path to being in the position that she in now. Hope her story inspires a lot of children who are undergoing similar pains. A salute to her resiliency.

theBatMAN · Jul 14, 2009 8:19 PM

true picture of nepali mom and sister. like my mom and sister.

youwanpras · Jul 14, 2009 8:43 PM

I wrote to the author of the article and he has sent me some details. May be we should collect and send it togather so that there will be less cost involved with the transaction. If needed, I can be the person to collect donations. Here is the detail: Bhabasagar Ghimire &nbsp;to&nbsp;me,&nbsp; show details&nbsp;6:49 AM (54 minutes ago) सहयोगको चाहना गर्ने सबैलाई धन्यवाद । भावना तामाङ र उनकी आमा मीना तामाङको नेपाल एसबिआइ बैं‌कमा रहेको संयुक्त खातामा रकम जम्मा गरी सहयोग गर्न सक्नु हुन्छ ।&nbsp; नेपाल एसबिआइ बैंक&nbsp; बौद्ध शाखा&nbsp; चुच्चेपाटी, काठमाडौं&nbsp; खाता नम्बर : 20515241400263&nbsp; विदेशबाट जम्मा गर्न स्विफ्ट कोड : NSBINPKA&nbsp; खातामा पैसा जम्मा गरी सकेपछि इमेलबाट जानकारी दिनु होला, धन्यवाद । &nbsp; If you want to ask more detail..I am always with you...Once again thanks for the Kind response.. --&nbsp; भवसागर घिमिरे&nbsp; नागरिक दैनिक&nbsp; सुन्धारा काठमाडौं

shirish · Jul 15, 2009 6:49 AM

How much more do we need to collect to support this family??? People are being too emotional here. I think enough money has already been collected in Nepal for her future studies. Enough people have already donated for her next two years of studies. Given how bright she is, and also she has established herself as a celebrity now, enough colleges and universities will come forward to give her scholarships and stipend within Nepal once she is out of 12th grade. If people really want to donate then go ahead and donate to Uttam Sanjel's work. He is the one who made it possible for under privileged girls like her to get quality education. Lets mix our emotions with rationality. Go ahead and donate Uttam Sangel for his cause so that more Bhavana Tamangs can get where she is at right now. I think the list below is enough for Bhavana to get through 2 years of college. भावनालाई प्रोत्साहन सहयोग खगेन्द्र बहादुर केसी डिल्ल्बिजार काठमाडौं तत्काल ४००० र दुई वर्षको लागि मासिक १ हजार । शान्ति लक्ष्मी पराजुली पोखरा हाल लगनखेल १ हजार अमर तामाङ तथा थ्री जेवल्स् एडभेन्चरस समुह २० हजार बलराम कार्की जावलाखेल ५५५५ बार्षिक ५ हजार काठमाडौं नाम नखुलाउने सर्त मासिक १५०० एक वर्ष काठमाडौं नाम नखुलाउने सर्तमा धु्रव विक्रम मल्ल अध्यक्ष तथा प्रमुख बालाजु कराँते प्रतिष्ठान ५ हजार मिमकाजी र सुनीता नमस्ते पोखरा डिपार्टमेन्टल स्टोर पोखरा २ हजार सपुतमान तामाङ र फूल कुमार लामा ठमेल ५५०० सुमन सागरजंग केसी कीर्तिपुर मासिक १ हजार दुईवर्षको लागि भुवन कुमार श्रेष्ठ वानेश्वर दुई वर्षको सम्पुर्ण पढाइ खर्च व्यहोरिदीने कृष्ण राज शिवाकोटी वानेश्वर दुई वर्षको सम्पुर्ण पढाइ खर्च व्यहोरिदीने आर्थिक सहयोग गर्न चाहनु हुनेले उनको नाममा खोलिएको नेपाल एसबिआइ बैंक चुच्चेपाटी काठमाडौंको एकाउन्ट नम्बर २०५१५२४१४००२६३ मा रकम जम्मा गर्न सक्नुहुनेछ Go ahead and watch a video on how Uttam Sangel has made it possible for poor people to educate their children for RS 100.00 per month with quality education that pars with so called English Medium schools. http://www.nepalpoll.com.np/nt... Sid Last edited: 15-Jul-09 10:42 AM Last edited: 15-Jul-09 10:44 AM Last edited: 15-Jul-09 10:54 AM

sidster · Jul 15, 2009 10:42 AM

I agree 100% with Sidster. We need to help lift the education system of nepal by helping people like Uttam Sanjel so that we can see results like these in the future too. I'm not trying to undermine the achievements Bhawana has accomplished but with the kind of support she is getting I believe it will be enough for her to get through the college. We need to see a bigger picture here!!

krishnaram · Jul 15, 2009 11:22 AM

Very nice work. Both Bhawana and the writer!

Haribansa · Jul 15, 2009 4:57 PM

Thanks dude I&nbsp; wana see this post in sajha Really Appreciated

ocinboy · Jul 15, 2009 10:15 PM

I wana help her bt is there anyway so that someone from nepal directly contact her family and&nbsp; help her..

ocinboy · Jul 15, 2009 10:19 PM

More Good News on the related Issue &nbsp; REPUBLICA KATHMANDU, July 17: Many colleges have come forward to help School Leaving Certificate (SLC) graduates from Samata Shiksha Niketan pursue higher studies. The five students with poor family backgrounds got distinction in SLC from the school and were sweating over ways to finance their further studies. But after reports in the media, Prime Minister Madhav Kumar Nepal himself took initiative to make arrangements for Bhawana Tamang, who wants to become pediatrician, at Xavier International College. Many more colleges came forward for her help, but she has made her mind to choose Trinity College. Nobel Academy has decided to take charge of Bikash Waiba who wants to become a chartered accountant. Likewise, Kamala Dhungel, a Janakpur resident currently residing in Kathmandu, has said she will arrange funds for the studies of Pramila Tamang. Dhungel, a social worker, visited Samata School on Thursday and pledged support. Tamang wants to pursue staff nurse courses. Similarly, the International School of Tourism and Hotel Management has shown interest to take in Raju Yonjan, who wants to become a hotel manager, under its wing in response to the news title “One hits limelight, rest in limbo” published in myrepublica.com Thursday. Ramesh Bhujel, who wants to become a computer engineer, is also in talks with Jaya Devkota School for his higher secondary studies.

sidster · Jul 17, 2009 12:28 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all