नितान्त व्यक्तिगत कृपया, पाँच रूपैयाँ दिनोस् न ! रवीन्द्र मिश्र चार महिनाअघि फागुन २६ गते यसै दैनिकमा 'नेपाल फर्किने बेलामा' लेख लेखेपछि त्यसबारे संसारभरिबाट सयौंको संख्यामा प्रतिक्रियाहरू प्राप्त भए । लामो विदेश बसाइपछि नेपाल फर्किने मेरो नितान्त व्यक्तिगत निर्णय, अनुभूति र अनुभवसँग सम्बन्धित हुनाले सो लेख मैले बडो अप्ठेरो मानी-मानी लेखेको थिएँ । त्यसलाई मपाईँत्वका रूपमा लिइएला भन्ने मलाई ठूलो डर थियो । तर एकाध टिप्पणी त्यसतर्फ लक्ष्यित भए पनि बाँकी सबै प्रतिक्रियाहरू सहयोगात्मक र सकारात्मक रहे । ती प्रतिक्रियाहरूबाट मलाई के महसुस भयो भने अत्यन्त व्यक्तिगत आँकलन र अनुभूतिहरूलाई इमानदारीपूर्वक पाठकहरूसँग बाँड्ने हो भने त्यसले सकारात्मक सोच, कार्य र वैचारिक मन्थनका लागि सहयोग नै पुर्याउने रहेछ । सोही धारणाको परिणामस्वरूप मैले 'नितान्त व्यक्तिगत' शीर्षकमा यो अनियमित स्तम्भ सुरु गर्ने निर्णय गरेको हुँ । राजनीति बाहेक समाज निर्माणका अनगिन्ती वैकल्पिक बाटाहरू छन् । हरेक नागरिक त्यस्ता वैकल्पिक बाटाहरूमा व्यक्तिगत नाम र दामबाट होइन, समाज रूपान्तरणको भावनाबाट प्रेरित भएर हिँड्ने हो भने समाजको स्वरूप स्वतः परिवर्तन हुन्छ भन्ने मान्यता राख्ने हुनाले यो स्तम्भका अनियमित आलेखहरू सोही सोचको सेरोफेरोमा केन्दि्रत रहनेछन् । त्यसै पृष्ठभूमिमा यो पहिलो स्तम्भमा म नितान्त व्यक्तिगत अनुभव बाँडेर, नितान्त व्यक्तिगत आग्रह गर्न चाहन्छु, जुन कल्याणसँग सम्बन्धित छ । पत्रपत्रिकामा राजनीतिक आग्रहले पूर्ण लेखहरू छरपष्ट छापिन्छन् भने कल्याणकारी आग्रहले पूर्ण लेख छाप्न किन नहुने भन्ने मान्यताबाट पनि यो स्तम्भ प्रेरित भएको छ । यसले सार्थक परिणाम पुर्याएमा मेरो भावि यात्रामा ठूलो बल पुग्नेछ । विगतमा शुभेच्छुकहरूबाट पाएको सहयोग र सद्भावका कारण मैले निराश हुनुपर्ने छैन भन्ने आशा लिएको छु । यो आग्रहलाई मैले समाजमा रहेको आफ्नो सानो परिचयलाई अलि व्यापक स्तरको कल्याणकारी कार्यमा परिणत गर्नका लागि प्रयोग गर्न सकिन्छ या सकिँदैन या त्यसो गर्न कति गाह्रो या सजिलो हुँदोरहेछ भन्ने एउटा परीक्षणका रूपमा पनि लिएको छु । विफल भएँ भने व्यङ्गय गर्नेहरू हाँस्लान्, तर त्यसबाट मलाई कत्ति पनि पीडा हुने छैन । 'नेपालका लागि महिनाको एक पाउन्ड कोष'को नारा दिँदै नौ वर्षअघि म र समान विचारका अन्य केही साथीहरूद्वारा सुरु गरिएको हेल्प नेपाल नेटवर्क बेलायत, अमेरिका, अष्ट्रेलिया, स्वीडेन र नेपालमा सरकारी मान्यताप्राप्त कल्याणकारी संस्थाको रूपमा कार्यरत छ । नेटवर्कका अन्य कतिपय देशहरूमा सहयोगी समूहहरू पनि कार्यरत छन् । अवधारणाको तहमा हामीले मूलरूपमा 'नेपालको लागि नेपालीले गरौं' र 'हरेक नेपालीको मनमा कल्याणकारी भावनाको अभिवृद्धि गरौं' भन्ने दुईवटा लक्ष्यहरू लिएका छौं । कार्यान्वयनको स्तरमा चाहिँ शिक्षा र स्वास्थ्यको क्षेत्रमा सामुदायिक हितका कामहरू गर्ने उद्देश्य हो । अलिकति गर्न सक्नेहरूले गर्न नसक्नेहरूलाई थोरैमात्र सहयोग गरिदिने हो भने पनि यो समाज धेरै सहृदयी, सभ्य र शान्त हुन्छ भन्ने हाम्रो मान्यता हो । हामी पहिले पनि भन्थ्यौं र अहिले पनि भन्छौं, विदेशमा बस्ने २५ लाखको संख्यामा रहेका भनिएका गैरआवासीय नेपालीहरूमध्ये १० लाखले मात्र नेपालमा आफ्नो गाउँ-ठाउँका एक-एकजना विद्यार्थीको स्वास्थ्य र शिक्षाको जिम्मा लिइदिने हो भने वर्षमा १० लाख नेपाली बालबालिकाले सहजै तुलनात्मक रूपमा राम्रो स्वास्थ्य र शिक्षाको सुविधा पाउनेछन् । मन हुने हो भने त्यति गर्नका लागि न कुनै बाहिरी माध्यम चाहिन्छ, नत प्राविधिक समस्या पर्छ, न आर्थिक नै । त्यसैगरी नेपालभित्रै रहेका तुलनात्मक रूपमा सम्पन्न नेपालीहरूले त्यसै गर्ने हो भने हामीले धेरै कुरामा विदेशीको मुख ताक्नै पर्दैन । नेपालीहरूबाट अहिले पनि धेरै कल्याणकारी कामहरू भइरहेका छन् भन्नेमा शंका छैन । नेपालका गाउँ-गाउँमा त्यस्ता अनगिन्ती समाजसेवीहरू छन्, जसको परिचय यो पंक्तिकारको जति फराकिलो नहोला र जो यो पंक्तिकारजति लेख्न जान्दैन होला । तर मैले जे गर्न खोजिरहेको छु, त्यसका लागि मेरो प्रेरणाका स्रोत तिनै हुन् । तिनैको प्रेरणा लिएर कलमको दक्षतालाई प्रयोग गर्दै नेपाली-नेपालीहरूबाटै व्यापक स्तरमा कल्याणको काम गर्न सकिन्छ कि भन्ने मेरो प्रयास हो । त्यसैले ठूला अन्तर्राष्ट्रिय दाताहरूबाट कोष संकलन गर्नसक्ने शिक्षित, पेसागत, दक्ष र विश्वासिला नेपालीहरूको सञ्जाल भए पनि हेल्प नेपालले सुरुदेखि नै नेपाली-नेपालीबाटै कोष संकलन गर्ने कामलाई प्राथमिकता दिएको छ । हामीले विदेशमा नेपालीहरूलाई 'महिनाको एक क्यान बियर या एक बोतल जुस कम खाइदिनोस् र बचेको रकम हामीलाई दान दिनोस'् भनेर अपिल गर्यौं । नेपालमा 'महिनाको एक प्लेट मःमः कम खाइदिन' आग्रह गर्यौं । हाम्रो अनुरोध धेरैले सुनिदिए । त्यसैले गएको नौ वर्षमा हामीले गाउँ-गाउँमा १५ वटाभन्दा बढी स्कुलहरूलाई भवन तथा पुस्तकालय निर्माणमा सहयोग पुर्यायौँ । झन्डै १२ वटा विद्यालयहरूमा नितान्त नयाँ तर अत्यन्त प्रभावकारी कम्प्युटर सञ्जालको सहायताले चल्ने 'इलेक्ट्रोनिक लाइब्रेरी'हरू स्थापना गर्यौं । मुगुको विकट मुर्मा गाउँमा हेल्थपोष्ट चलाइरहेका छौं भने सिरहामा आर्क हेल्थपोष्ट निर्माण गर्न लागिरहेका छौँ । १० वटाभन्दा बढी स्वास्थ्य शिविरहरू सञ्चालन गरिसकेका छौँ भने धुलिखेलमा एउटा सुविधासम्पन्न अनाथालय निर्माण गरिरहेका छौँ । यी सब मूलरूपमा नेपाल-नेपालीको सहयोग र दानबाट सम्भव भएको हो । हामीलाई धेरै नेपालीहरूले विश्वास गर्नाको एउटा मूल कारण के थियो भने हामीले सुरुदेखि नै कल्याणकारी कोषका लागि गरिएको सहयोगबाट एक पैसा पनि प्रशासनिक कामका लागि खर्च गरेनौं । साथसाथै संस्थाका कुनै पनि कार्यकारिणी सदस्यले तलब लिन नपाउने र सबैले पूर्णतया कल्याणकारी भावले स्वयम्सेविका रूपमा काम गर्न पर्ने नियम बसाल्यौं । कार्यकारिणी सदस्यले तलब लिने व्यवस्था गर्नेबित्तिकै त्यसले सेवाको होइन, पेसाको रूप लिँदोरहेछ । कल्याण सेवा हो, पेसा होइन भन्ने हाम्रो मान्यता हो । कुनै आर्थिक लाभ नहुँदा पनि हामीसँग सहकार्य गर्न नेपालीहरूको संख्या ठूलो रह्यो । हामीले गर्छौं भनेको काम गरेर दाताहरूको विश्वास जित्यौं । तर ती सबै काम घरबाट गरेर सम्भव हुने थिएन । हामीलाई सानै किन नहोस्, सबै कामको समन्वय र कार्यान्वयन गर्न एउटा कार्यालयको आवश्यकता थियो । सो कार्यालयमा स्वयम्सेवी होइन, पूर्णकालीन कर्मचारी नै नियुक्त गर्नुपर्ने थियो । सो कार्यालय सञ्चालन गर्न हामीले गत नौ वर्षमा धेरै संघर्ष गर्नुपर्यो । कहिले आ-आफ्नै रकम खर्च गर्नुपर्यो भने कहिले कार्यालय खर्चका लागि प्रायोजकहरू खोज्नुपर्यो । तर त्यसरी हाम्रो दीर्घकालीन लक्ष्य पूरा नहुने भएपछि मैले हेल्प नेपाल प्रशासनिक कोष स्थापनाका लागि एउटा अभियान सञ्चालन गरेँ । सहयोग गर्छ भन्ने दाताले कम्तीमा चार हजार अमेरिकी डलर -या तीन लाख रुपैयाँ) चन्दा दिनैपर्ने मागका साथ सुरु गरिएको उक्त कोषमा नेपाल लगायत अष्ट्रेलिया, अमेरिका, बेलायत, रूस, कतार, आयरल्यान्ड, स्कटल्यान्ड, श्रीलंका र बंगलादेशमा कार्यरत २४ जना नेपालीहरूले घटीमा चार हजार र बढीमा आठ हजार डलर चन्दा दिइसकेका छन् । ती दाताहरूमा सामान्य गृहिणी, व्यापारी, समाजसेवीदेखि राष्ट्रसंघको उच्च ओहोदामा कार्यरत कर्मचारी र प्रतिष्ठित उद्योगपतिसम्म रहेका छन् । ती सबै नेपालीले हामीमाथिको विश्वास र हामीले गरेको राम्रो काम देखेर हामीलाई त्यति धेरै रकम दान दिएका हुन् । नेपालका वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षित र एकजना बि्रटिस महिलाले त चार हजार डलर माग्दा हाम्रो सोच र कामबाट प्रभावित भएर स्वस्फुर्त रूपमा क्रमशः आठ हजार र नौ हजार डलर चन्दा दिए । यसरी हामीले झन्डै ७५ लाख रुपैयाँ हेल्प नेपाल प्रशासनिक कोषको लागिमात्र नेपाली-नेपालीहरूबाट संकलन गरिसकेका छौं । तर सो रकम अहिले हामीले चलाएका छैनौं । संस्थाको दिगो विकास, विस्तार र नेपालको लागि नेपालीले गरौं भन्ने भावनालाई देशभित्र र बाहिर तीव्ररूपमा फैलाउन हामीले प्रशासनिक कोषलाई कम्तीमा दुई करोड रुपैयाँको बनाउनैपर्ने अनुमान गरेका छौं । त्यो लक्ष्य विदेशीलाई गुहारेर होइन, नेपाली-नेपालीलाई नै आग्रह गरेर हासिल गर्न सक्छौं भन्ने हामीलाई पूर्ण विश्वास छ । तर यसपटक मैले तीन लाख दिने होइन, कुनाकन्दरामा बस्ने एक-एक रुपैयाँ दिनसक्ने नेपालीहरू पनि यो अभियानमा संलग्न हुनसकुन् भन्ने चाहना राखेको छु । ताकि हेल्प नेपाल नेटवर्क वास्तवमै सबै नेपालीको कल्याणकारी संस्था बन्न सकोस् । आउँदो ६ महिनाभित्रमा मैले नेपालभित्र र नेपाललाई माया गर्ने नेपाल बाहिर रहेका नेपालीहरूबाट कम्तीमा एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छु । त्यसका लागि आदरणीय पाठक, मेरा शुभेच्छुक, सहधर्मी पत्रकारहरू र सामाजिक दायित्वबोधबाट प्रेरित सबै नेपालीहरूसँग म सहयोगका लागि विनम्र अनुरोध गर्छु । सबैले सानोभन्दा सानो रकम सहयोग गर्नुभयो भने पनि मैले राखेको एक करोड रुपैयाँको लक्ष्य सहजै पूरा हुनेछ । बीस लाख नेपालीले मात्र पाँच-पाँच रुपैयाँ दिए भने त्यो एकठाउँमा राख्दा एक करोड हुनेछ । सहयोग गर्न चाहना भएका शुभेच्छकहरूले चन्दा, स्थानीय क्लब, संस्था, व्यापारिक समूह, विद्यालय/कलेजका छात्रछात्रा या अन्य अनौपचारिक टोलीहरूमार्फत समूहगत हिसाबले संकलन गर्नु पर्नेछ । त्यसका लागि समूहगत रूपमा ५ रुपैयाँ दिउँ' अभियान सञ्चालन गर्नुपर्ने हुनसक्छ । यो अभियानमा स्थानीय रूपमा सञ्चालित पत्रपत्रिका तथा एफएम रेडियो स्टेसनहरूबाट सहयोग मिल्ने मैले आशा लिएको छु । चन्दा संकलन अभियानमा तिनले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् । राष्ट्रिय रूपमा सञ्चालित पत्रपत्रिका, रेडियो र टेलिभिजन स्टेसनहरूले या ठूला व्यापारीहरूले सहयोग गर्ने हो भने त मैले लिएको लक्ष्यभन्दा बढी रकम संकलन हुनेछ भन्नेमा म विश्वस्त छु । त्यसैगरी विदेशमा आजभोलि कैयौं सहर तथा कलेजहरूमा नेपालीहरूको संख्या ठूलो छ । तिनले सानै स्तरमा रकम संकलन गरिदिए पनि सो रकम नेपाल आइपुग्दा त्यसको मूल्य ठूलो हुनेछ । विदेशस्थित नेपालीहरूका संस्थाहरूबाट पनि सहयोग मिल्नेछ भन्ने मैले आशा लिएको छु । यो नेपाली-नेपालीबीच कल्याणकारी भावनाको विकास गर्न नेपाली-नेपाली मिलेर सञ्चालित कल्याणकारी संस्थालाई संस्थागत गर्न र गुनासो गरेर होइन, आफ्नो गक्षअनुसार हामी आफैंले गरेर देखाउन सक्छौं भन्ने कुरालाई प्रमाणित गर्न गरिएको एउटा नौलो प्रयास र प्रयोग हो । प्रबुद्ध पाठकहरूले अन्यथा लिनुहुने छैन भन्ने मैले विश्वास लिएको छु । बाँकी तपाईंहरूको तजबिज शिरोधार्य गर्नेछु । पेसाले पत्रकार लेखक हेल्प नेपाल नेटवर्कका संस्थापक हुन् । rabindra.helpnepal@gmail.com
shirish · Jul 14, 2009 10:35 AM · 20,901 views
Hats off to Rabindra mishra,,, A very big SALUTE to him and the for the work he have done. Great job.. Love to help such kind of organization anytime.. Will donate for sure.. bd.
boulevard dreams · Jul 14, 2009 7:45 PM
thanks syanjali for the clearification. Let's not demotivate from hearsay.
lakhe · Jul 14, 2009 7:59 PM
syanjali OK ! If that person is a "non-political" entity lets get him aboard of Help Nepal. After all we do not want to miss such a person who LOVES Nepal, but never came forward and expressed himself. Can you please introduce him to me ? I will make a move to include him whole heartedly. Regarding the comparision of GBNC with Help Nepal - GBNC is a social organization, working for the interest OF Nepalese in Boston area and Help Nepal is a charity organization, 501 c 3 working for the interest OF Nepalese in Nepal. So these are two totally different entities and will be wrong to compare each other. Help Nepal needs to be recognized legally and all the details of financial transactions need to be reported to Internal Revenue Service where as GBNC can function without being registered. The financial disclosures to IRS are available for public - where as GBNC does not need to disclose. So there are differences between these two organizations with different organizational structures and functions !!
shirish · Jul 14, 2009 9:41 PM
Thanks to those who donated. I will update later.
shirish · Jul 14, 2009 9:45 PM
Let's not tangle and deviate this blog like others. Help Nepal is not a organization for party and fun rather doing something for home residing abroad. I do understand, a crowd does not make any difference but few dedicated person can do, therefore no need of crowd. Some friends could not differenciate between a healthy comment and a negative one. Definetly, I will be participating as possible. Hoping to be in your fund raising event. Last edited: 15-Jul-09 10:47 AM
syanjali · Jul 15, 2009 9:56 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion