पहिचान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हरदम बढ्नु मेरो प्रकृति हो,क्षण-भरमा बदलिनु मेरो परिचय, हिजोलाई छाडी, आजको बाटो हुँदै भोलिमा जानु मेरो लय । रुप फरक पार्दै परिस्थितिसँग ठोक्किनु मेरो बहाव, आफ्नो कर्मले त्यही परिस्थिति बदलिने, मेरो प्रभाव ।। म केही हैन एक दृष्टिले,म ब्रहाण्ड अर्को दृष्टिले, मेरो क्षमतामै पर्छ सृष्टि रच्ने,मलाई जन्माएको फेरि सृष्टिले। म तुच्छ कीरा पलमा,पलमा म विराट् वृक्ष , पलमा म ब्रहाण्ड त पलमा यसलाई घुमाउने अक्ष ।। शक्तिको मुहान म नै हुँ, तर उसैको रुपमा अल्मलिने म जति छैन कोही , म स्वयं गन्तव्य हुँ, तर ममा आउने बाटो बिर्सिने म जस्तो छैन कोही। म हर वस्तु, हर प्रश्नले मागेको परिभाषा हुँ,तर म भन्दा ठुलो प्रश्न पनि छैन , म हर संकटको समाधान हुँ,नयाँ आयाम हुँ,तर म भन्दा ठुलो संकट पनि छैन।। बनाउने म, मिलाउने म,बिगार्ने पनि त मै हुँ, बढाउने म, फलाउने म,अनि माटोमा मिलाउने पनि त मै हुँ । म समय हुँ;म प्रकृति; अनि म नै त शून्य पनि, म विचार हुँ,म आविष्कार हुँ, अनि हर निर्माणको जन्य पनि ।। Last edited: 13-Jul-09 07:52 PM

129lane · Jul 13, 2009 9:32 AM · 28,376 views

16 Replies

Awesome!

sajha_addict · Jul 13, 2009 10:09 AM

कस्तो उत्कृष्ट रचना ! Thank you for sharing....

nakkali keti · Jul 13, 2009 10:37 AM

'हरदम बढ्नु मेरो प्रकृति हो,क्षण-भरमा बदलिनु मेरो परिचय, हिजोलाई छाडी, आजको बाटो हुँदै भोलिमा जानु मेरो लय ।' शब्दहरु परिचित जस्तो लाग्यो-(एकदमै त थाहा भएन ---  म गलत पनि हुन सक्छु) -मन छुनेगरि लेख्नु भा छ- :)

shubha · Jul 13, 2009 11:25 AM

A beautiful existential wonder !   However, it can be easily extended to include more questions. I mean the depiction is not exhaustive yet.

Nepe · Jul 13, 2009 3:07 PM

वाह ! यो "म" को बयान र शाब्दिक कालिगढलाई मेरो सलाम !!

shirish · Jul 13, 2009 9:14 PM

Try ezphotosite.com

ne0 · Jul 13, 2009 9:58 PM

कविता मन पराइदिनुभएको मा  sajha addict; nakkali keti ,subha , nepe and shirish लाई धेरै धेरै धन्यवाद। यो रचनाबाट पाएको प्रोत्साहन पश्चात् अरु लेख पनि छिट्टै राख्ने छु । धन्यवाद

129lane · Jul 14, 2009 9:12 AM

अर्को प्रश्न मनमा आज 'ताल' छाएको छ, मन्द मन्द हावासितै; वसन्त पलाएको छ। वर्षौ पछि आज शान्तिको आकाश छाएको, कत्ति छट्पटि अनि आँसुपछि यो बिहानी पाएको ।। शक्तिको पराकाष्टामा भन्दा शान्तिको झझल्कोमा, खुशीको बास हुने रहेछ सन्तुष्टिको साहारामा । शान्ति मागेर हैन, खोजेर हैन, लिएर पो बन्दो रहेछ, वाणीले भनेर हैन, सुनेर हैन,बुझेर पो तथ्य बोल्दो रहेछ ।। परिस्थिति उही;समय उही तर ह्रदयको आफ्नो संसारमा, आफ्नै मौसम,आफ्नै वातावरण र आफ्नै नाट्य रहन्छ । जतिसुकै बदलियोस् समय,जतिसुकै अलगियोस् चाहना , ह्रदयको बहाव आफ्नै अन्त्यतिर हरदम बहन्छ ।। म बदलिएको छु;परिस्थिति हैन,समय हैन,आधार हैन, तर बदलाव हो म भित्रको सोच,जोश र दरिलो साथको । म समालिएको छु,धनले हैन,नाताले हैन,अवस्थाले हैन, तर समेटिएको छ, ज्योति,शक्ति अनि सोच माथको । किनारा त पाइला पिच्छे नै छन्,तर मेरो खोज त्यो अन्त्यको, जँहा साँच्चै नै समापन हुन्छ; त्यो समुद्री गन्तव्यको । शुरु र अन्त्य विना केही नहुने;ज्ञान भन्छ यही हो सत्य, कँहा छ यसको शुरुवात, कँहा हो अन्त्य; खै खुलेको यो तथ्य? शान्त मनको तालमा डुब्दा यदा कदा यसरी, कौतुहलताको हजारौं बादल उमड्डिन्छन्,वर्षा खोजे जसरी। ज्ञान, बोध र अनुभवको रसले कहिले होला मन मेरो पूर्ति? अरु कसलाई सोधूँ, प्रश्न भरिएका आँखाले हेर्छु,उही परमात्माको मूर्ति ।।

129lane · Jul 27, 2009 2:14 PM

जति बुझ्यो त्यति गहिरो, झन बुझ्यो झन गहिरो। एकचोटि पढेर चित्त बुझेन फेरि फेरि पढ्न मन लाग्यो। तर नि एउटा कुरो है त परमात्मा कहाँ छ त?

crazy_love · Jul 27, 2009 2:21 PM

>परमात्मा कहाँ छ त? व्यर्थ सोधेछु ज्ञानीजनलाई ईश्वर बारे ईश्वर अज्ञेय निक्ल्यो, ईश्वर अज्ञात निक्ल्यो   http://www.nepalikavita.com/co... Nepe

Nepe · Jul 27, 2009 4:42 PM

>तर नि एउटा कुरो है त परमात्मा कहाँ छ त? परमात्मा कहाँ छन् र को हुन् 'एक अधुरो परिभाषा' मेरो मनबाट: परमात्मा मुहान हो, परमात्मा त्यो अन्त्य हो जसको कुनै अन्त्य छैन, जे देख्दैनौ तिमी त्यो परमात्मा हो जे हर वस्तुमा देख्छौ  त्यो परमात्मा हो शरीरको अक्ष आत्मा हो,आत्माको लक्ष्य परमात्मा हो । शान्तिको शुरुवात खोज, त्यही परमात्मा मुस्कानको मूल हेर, त्यो परमात्मा खाली मनको रिक्तता परमात्मा खोलाको कलकल,चराको आवाज सूर्यको ताप,आकाशको खुलापन; परमात्मा । गुण परमात्मा, दोष परमात्मा; जहाँबाट तिमीमा भावना छाउँछ,त्यो परमात्मा, जहाँबाट तिमीमा सोच आउँछ,त्यो परमात्मा। तिमी जे हेर्छौ ,त्यो परमात्मा; जुन दृष्टिले हेर्छौ ,परमात्मा। हर भाव,हर शब्द परमात्मा; तर ती भाव र शब्दले बयान गर्न नसकिने, त्यो तत्व, त्यो एक ज्ञान, त्यो शक्ति नै परमात्मा ।।                     

129lane · Jul 28, 2009 12:20 PM

लौ, तपाइको परमात्मालाइ पनि मेरो कोटि कोटि प्रणाम। म त यहाँ परमात्मा परमात्मा भंए। फेरि पनि मलाइ परमात्मा देखाउने परमात्मालाइ मेरो प्रणाम। धन्य परमात्मा!

crazy_love · Jul 28, 2009 12:35 PM

Crazy_love; u understood best; very cool reply, :)

129lane · Jul 28, 2009 12:44 PM

परमात्माको बारेमा केही पुराना उत्सुकताहरु: http://www.sajha.com/archives/... There is no doubt that an atheist's world is cold, lonely and scary as compared to a believer's world. Perhaps for this reason, human sought mysticism very early in his civilization. Deepak Chopra says human mind is hard-wired to believe in God. I think there is some truth in it. I think it derives from our fear, our need to feel safe and secure. And with this understanding, I am totally in peace with believer's God. As for myself, I am still in search for a good or rather a noble or at least an unselfish reason to surrender to God. I know surrendering is giving your 'self'. So, isn't it an unselfish act by definition ? No, it is not. The expectation or at least the anticipation of something good happening to myself when I do so makes it a selfish act. But before all that nitty-gritty I must know more about Him. And Gokul ji, you have been scaring me by using this word 'unknowability' whenever you talk about Divinity or it's manifestations, supposing human mind is one of them. I have some questions, doubt and curiosity about this notion of 'unknowability'. Let me try to put them here briefly. My first question is, is there any basis, apart from a hypothetical possibility, for the existence of the unknowables ? I know it is paradoxical question because if we *know* it exists or may exist, then it is already not any more unknowable. So, it appears to me that we will never ever know anything about the unknowables. I also speculate that among the unknowables, those who have consciousness, will never *know* about us too. As you should have noticed, I am using 'unknowable' not to mean 'undetectable' and certainly not 'unpredictable'. Undetectability would be tool-dependent whereas 'unknowability' is tool-independent. And 'unpredictable' goes to the realm of statistics. You had used Heisenberg's Uncertainty Principle in similar context somewhere. But I suppose Heisenberg's uncertaninty which is about the precision does not lead to any notion of Unknowability. Or does it ? ________________________________ Nepe

Nepe · Jul 28, 2009 2:32 PM

लोग्ने कति गाह्रो नाता हो यो;कस्तो जटिल शब्द यो-लोग्ने, अलग शरीर,अलग सोचको साथ रही;दु:ख सुख भोग्ने । शब्द शब्द केलाउने बानी मेरो,शब्दलाई पाथीमा बोक्ने उनको, भूत लेख्दै अमर बनाउने मेरो प्रयास,लेखै नपढ्ने स्वभाव उनको ।। धेरै नजिकिंदा यो पनि बिर्सिइदो रहेछ;मानिस दुई नै हो भनी, बेला बेलामा स्वत: प्रकृतिले सम्झाउँछ शरिरको गोटा गनी । म भन्छु यो ठीक,तब स्वत: अर्को छनोट निकाल्छन् उनी, कहाँ कहाँ अलि कम जानेकै छु मैले;यही सोचले चलाउँछन् जुनी ।। माया गर्छन्,विचार गर्छन्,खुशी चाहन्छन् यो हो साँचो , तर त्यो सितै अपेक्षा ठूलो लिई धर्तीकै उनलाई खाँचो । पुरुष स्वभाव प्रशंसनीय, शक्तिवान,सजग अनि अ-टल, तर विड्मवना बुझ्दैनौ; तिमीसित नारी गुणको छैन हल। उल्टो सोचले ग्रसित ठान्छौ;दुई सोचको अलगपन बुझ्दैनौ, म एक माटोले बनेको,तिमी अर्कैको;दुई शरीरले एकै सोच बोक्दैन। म भन्दा जान्ने छौ कत्ति कुरामा; कतिमा म भन्दा राम्रा पनि, तिम्रो जस्तै मेरो पनि सपना छन्;अनि त्यति नै हाम्रा पनि ।। म बुझाउन खोज्छु; सोच्छौ म प्रयास गर्दैछु सिकाउने, सोच्छौ ;म सबलाई भन्दै हिड्छु;तिमी मात्र गर्छौ लुकाउने। नजिक आँउदा ठक्कर लाग्छ;टाढा जाँदा पनि एक्लोपनको घाऊ, सही दुरिमा बस्नु नै उत्तम;आफ्नो घेरा भित्रै राखी पाउँ ।। दोष ममा नभएको हैन;लेख्दैनौ र मात्र, नभए मेरोले त कथै बन्ला, म आफूले आफू देख्दिन;सायद तिम्रो मनले मेरा खराबी भन्ला । मनले हैन,ज्ञानले। अब तिमीलाई अध्ययन गर्ने क्रम गर्छु शुरु , शिष्य म बन्छु, विषय वस्तु तिमी;अनि समय रहोस् गुरु । अवधि उमेर भरको;उपलब्धि होला 'सायद' सफलताको, अब पढ्नै पर्यो; परिश्रम अनि युद्ध यो स्व: हकको । ठूला ठूला योगी अनि ऋषिले पनि हातै नहालेको यो विषय, अध्ययन शुरु गर्नै पर्ने समयले थमायो आषय: ................................................ मेरो लोग्ने-मेरो विषय ।।

129lane · Jul 31, 2009 2:39 PM

वाह ! I29lane JI, Absolutely Devine Poems . Awestruck with the wordsmith and his creativity, that is you .

ThahaChaena · Jan 24, 2013 8:42 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all