अमेरिकामा नेपालीको मृत्यु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, २६ असार(दैनिकी) अमेरिकाको पेन्सिलभेनिया राज्यमा विगत पाँच वर्षदेखि बसोबास गर्दै आएका नेपालमा गोर्खा घर भएका इश्वर गान्धारी गत सोमबार विहान आफैं बसेको अपारटमेन्ट विल्डिङको बाहिर मृत अवस्थामा फेला परेका छन् । स्थानीय एक नेपालीको वैवाहिक भोजमा जुलाई ५ को आइतबार राती झण्डै पौने एघार बजे आफ्नो काम सकेर आइपुगेका गान्धारीले सबैसँग भेटघाट गरि २५ मिनेट टाडा गाडी चलाएरै आफ्नो कोठमा पुगेको कुरा स्थानीय समाजसेवी विमल मोक्तानले बताए । आफूले काम गर्ने रेष्टुरेन्टमा राती अवेरसम्म भोज भएकाले गर्दा साथीको भोजमा समेत आउन ढिला भएको भन्दै उनले केही नखाएको र सबैसँग विदा भएर हिडेका गान्धारीलाई सोमबार विहान अपार्टमेन्टको बाहिर विहान स्थानीय प्रहरीले मृतक फेला पारेपछि उनीसँगै बस्ने अन्य दुइ साथीले हेर्दा इश्वर भएको थाहा भएको थियो । आफैं बसेको अपार्टमेन्टको तीन तलामाथिबाट राती नै खसेर मृत्युभएका इश्वरले आफैं हामफालेर मृत्यु भयो या कसरी मृत्यु भयो भन्ने शंकाका कुरा भए पनि स्थानीय प्रहरीले अझै छानविन गरिरहेको जानकारी मोक्तानले दिए । स्थानीय सुल्तान इण्डियन रेष्टुरेन्टमा कार्यरत गान्धारी विगत पाँच वर्षअघि डीभी लोटरी मार्फत अमेरिका आइपुगेका थिए । विगत दुइ वर्षअघिमात्र नेपाल गई वैवाहिक बन्धनमा बाँधिएका गान्धारीको ६ महिनाको एक छोरा र श्रीमती काठमाडौंमा रहेका छन् भने आमा बुवा गोरखामै रहँदै आएका छन् । गत तीन साताअघिमात्र अमेरिकी नागरिक बन्नका लागि दिइने परिक्षा समेत उत्तिर्ण भइसकेका गान्धारी आफ्नी श्रीमती र छोरालाई अमेरिका ल्याउनका लागि तयारीमा थिए । उनको शबलाई स्थानीय प्रहरीले अनुसन्धान गरुन्जेल कसैलाई पनि हेर्न नदिइएको र उनको अन्त्यष्टी र परिवारको सहयोगका लागि गैर आवासीय राष्ट्रिय को-अर्डिनेशन काउन्सिल अमेरिकाले आफ्नोतर्फबाट २ सय ५० डलर सहयोग गर्दै अन्य सबैसँग सहयोगका लागि ”इश्वर गान्धारी” फण्डको स्थापना गरेको छ । मृतक गान्धारीको परिवारलाई अन्त्येष्ठीका लागि बोलाउन स्थानीय नेपालीहरुले अस्पताल तथा प्रहरी प्रशासनमाफ्त पहल गरिरहेको समेत एनआरएन काउन्सिलद्धारा प्रेसित विज्ञप्तिमा उल्लेख छ । Last edited: 10-Jul-09 02:37 AM

gauleketo · Jul 10, 2009 2:34 AM · 6,095 views

3 Replies

..

gauleketo · Jul 10, 2009 2:37 AM

May his Soul R.I.P

gauleketo · Jul 10, 2009 2:40 AM

So sad. Seems like suicdie.

uncle tom · Jul 10, 2009 2:41 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all