सम्झौता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

(कथाको बिषयबस्तु कसैको जिबन सङ मेल खान गएमा त्यो केबल संयोग मात्र हुनेछ - क्रेजि) भाग-१ सार्थक घरि घरि भित्तेघडि हेर्दै घरि फोनतिर हेर्दैथ्यो। उसलाइ भेट्न आउने भनेका मान्छे हरु अझै आइपुगेका थिएनन्। ४ बजिसकेको थ्यो, अबको ५ मिनेटमा पनि आएनन् भनि हिड्नु पर्ला भन्ने सोचिरहेकोथ्यो। एकचोटि उसले फेरि रिसेप्सनमा फोन गर्‍यो। कति बजे आँउछन भनेर सोध्यो। ४ बजे भनेर रिसेपसनिस्टले जवाफ दिइ। त्यसपछि उसले आभालाइ फोन गर्‍यो, तर लाइन लागेन। ४:३० मा बच्चाहरुलाइ स्कुलमा लिन जानु पर्ने थ्यो। उसले सोच्यो, रमेशलाइ पठाउनु पर्ला श्रेया र समिरलाइ लिन। हुन त आभालाइ उसले कुनै पनि हालतमा आफै बच्चाहरु लिन जाने कुरा गरेको थ्यो, तर आज पनि नभ्याउने जस्तो भयो। उसले रमेशलाइ बोलायो र बच्चाहरु लिन पठायो। रमेश बिस्वासिलो र भरपर्दो ड्राइवर हो। ड्राइवर भन्दा नि सार्थक रमेशलाइ भाइ जस्तै ब्यबहार गर्छ। काम परेको बेलामा रमेश घरमा पनि बराबर सहयोग गर्न आँउछ। त्यसैले उसलाइ सार्थकको परिवारले पनि मन पराँउछन्। सार्थकको सोचाइ भङ गर्दै ढोकामा तिन जना देखिए, पहिलो ब्यक्ति एक २५-२६ बर्षको युबक सार्थकलाइ नमस्ते गर्दै भित्र पस्यो, उसको पछि एक ५०-५५ बर्श जस्तो देखि ब्यक्ति र त्यस पछि त्यस्तै १५- १६ जस्तो देखिने एक किशोरी सङै भित्र पसी। सार्थकले बस्ने अनुरोध गर्‍यो र युबक नजिकैको मेचमा बस्यो भने अर्को ब्यक्ति र किशोरी अलि पर सोफामा बसे। सार्थकले तुरुन्तै चिया मगायो। धन्यबाद दिंदै चियाको पहिलो चुस्किपछि युबकले समयमा पुग्न नसकिएको बारे माफि माग्यो। किशोरी एक्टकले भित्ताका पेन्टिङहरुलाइ नियाल्दै थी। उनको र उसङै बसेको ब्यक्तिको पहिरन हेर्दा काठ्मान्डु बाहिरबाट आएका जस्तो देखिन्थे। किशोरीले खैरो रङको कुर्था सुरुवाल र कालो प्लास्टिकको चप्पल लगाएकि थी। मुख पहेंलो देखिएको थ्यो, त्यो उजाड अनुहारमा दुइटा मौन आँखाहरु गम्भिर देखिन्थे। सार्थकलाइ त्यो आँखाहरु कता कता देखेको जस्तै लाग्यो। तर ठ्याक्कै कहाँ देखिएको भनेर सम्झिन सकेन। किशोरीसङै बसेको ब्यक्तिलाइ युबकले परिचय गराँउदै भन्यो। "उहाँ बल बहादुर दाइ।" किशोरी नजिकै बसेको ब्यक्तिले दुइ हात जोडेर टाउको निहुर्‍याएर नमस्ते गर्‍यो। उमेरका रेखाहरु प्रशस्तै थिए उनको अनुहारमा। जिन्दगिभरि कामले नथाकेका जस्ता बल बहादुरको कपालहरु घामले खुलिएका जस्ता देखिन्थे। उनको अनुहारमा पढ्नै नसकिने भाबहरु परिबर्तन भैरहेका थिए। सार्थकले निकै गहिरिएर हेरेपछि सोच्यो। बलबहादुरका मनमा परेका गाँठाहरु धेरै छन्, तिनिहरु बलबहादुरको निधारमा बटारिएर देखा पर्छन। बलबहादुर कुरै पिछे शिर निहुराएर "ज्यु" भन्छ। "उनि बलबहादुर दाइकि नातिनि, त्रिस्ना!" युबकले किशोरीको परिचय दियो। त्रिस्ना एकोहोरो भित्तातिर हेरिरहेकी थिए। मानौं, उसलाइ परिचयसङ केहि लिनुदिनु छैन। बलबहादुरले त्रिस्नालाइ "नमस्ते गर्" भने पछि त्रिस्नाले मसिना हातहरु जोडेर सार्थकलाइ हेरि मात्रै। "अनि तपाइको नाम नि?" सार्थकले युबकलाइ सोध्यो। "ए,झन्डै भन्न बिर्सेको, मेरो नाम प्रबेश हो।" प्रबेशले लास्टमा आफ्नो परिचय दियो। एक्छिन कोठामा फेरि मौनता छायो। सार्थकलाइ अप्ठ्यारो महसुस भयो। उसैले सोध्यो। भेट्न आएकाहरु केहि कुरा गर्दैनन्, उसलाइ के सोध्ने थाहा छैन। "यहाँहरुलाइ म के गर्न सक्छु?" प्रबेशले बलबहादुरलाइ हेर्‍यो, बलबहादुरले प्रबेशलाइ। "भन्नुस्न दाइ!" प्रबेशले बलबहादुरलाइ अनुरोध गर्‍यो। "गार्हो छ सर! कसरि शुरु गर्नु?" बलबहादुर भक्कानियो, त्रिस्नाले बलबहादुरको हात समाती। बुढो मान्छे एकछिनपछि फेरि चुप भयो। प्रबेश गम्भिर देखियो, त्रिस्ना उस्तै निर्जिब जस्ती। "मैले सकेको मद्दत गरुँला। यहाँहरु कहाँबाट आउनु भएको होला? " सार्थक उत्सुक थियो। "सर!" बलबहादुरले एकचोटि पुलुक्क त्रिस्नालाइ हेर्‍यो अनि फेरि भन्यो।"हामी बन्दिपुरबाट नि ६ घन्टा उकालो लाग्ने "कोप्चे" भन्ने गाँउबाट आएका। हजुरको मद्दतको आशामा।" फेरि बलबहादुरले लामो स्वाश फेर्‍यो। "बन्दिपुर? त्यो डुम्रे माथिको सहर हो?" सार्थकको आँखामा चमक देखियो। "हो हजुर।" बलबहादुर उस्तै झुकेर बोल्यो। प्रबेश यतिखेर सार्थकलाइ हेरिरहेको थ्यो। "त्यहाँ त म पनि गएको थिँए। तर धेरै नै पहिलाको कुरा हो, अहिले त अलि अलि सम्झना मात्रै छ। असाध्यै सुन्दर लागेको थ्यो मलाइ त्यो ठाँउ। अहिले त धेरै कुरा परिबर्तन भइसक्यो होला। अनि भन्नुस्न ! त्यस्तो के मद्दत गर्नु पर्‍यो मैले?" सार्थकले फेरि मुख्य कुरामा जोड दियो। "मैले सकिन। प्रबेश बाबु, तपाइ नैं भनि दिनुस्न।" बलबहादुरले प्रबेशलाइ बिन्ति गर्‍यो। त्रिस्ना खुट्टाले भुँइ कोतरिरहेकी थिए। उसको ध्यान शायद त्यो कोठामा थिएन। "नागरिकता बनाउनु पर्‍यो भनेर।" प्रबेशले सार्थकलाइ भन्यो। "त्यो कुरामा मैले के गर्नु पर्‍यो त? आजकाल पहिले जस्तो नियम कडा छैन। नागरिकता बनाउन गार्हो पनि छैन।" सार्थक अझै सकारात्मक देखिन्थ्यो। "ल, बल बहादुर दाइ, अब तपाइ नैं बताउनुस।" प्रबेश अलिकति झर्कियो। "के तपाइको नागरिकता बनेको छैन? यसो चाहिने कागजहरु छ भने त धेरै दिन लाग्दैन नि नागरिकता बनाउन। तपाइसङ गाँउको, वडाको, अरु चाहिने चिट्ठिपत्रहरु छन त बल बहादुर जी?" सार्थकले बलबहादुरलाइ हेर्दै सोध्यो। "मलाइ त किन चाहियो र नागरिकता यो उमेरमा? मलाइ होइन सर।" बलबहादुरले "खुइssssssय" सुस्केरा तान्यो। "कसको लागि त?" सार्थकले बुझ्नै सकेन। "यही अभागीको लागि।" बलबहादुरले त्रिस्नालाइ देखाउदैं भन्यो। त्रिस्नाले आँखा तरी बलबहादुरलाइ। सार्थकलाइ नरमाइलो लाग्यो। क्रमश:

crazy_love · Jul 9, 2009 1:34 PM · 126,407 views

108 Replies · Showing 101 - 108
Page 6 of 6

launa crazy bro, k garya yesto sarai chitta bujena hai mero ta..... maan nai khinna bhayo ....  yeso kei garna mildaina .....sarai naramailo lagyo sabai patra haru ko

thasikhelchok · Aug 14, 2009 5:45 PM

क्रेजीको लेखाईको बयान गर्नै सकिदैन,मेरो त नभाको मन पनि छोयो, हजार जिब्रा भयेका शेस नागले त सक्दैनन,मैलेकेसकुला र, तर सधै चुप भयेर पढथे आज त अति नै भो,यसरि नि सक्दिने भन्या!!! मैले नै के के सोचेको थिय, अब बरु यस्को भाग-२ लेख्नु, यो त  पटकै चित्त बुज्हेन भन्या, धरै पो  बाकि छ त, क़े के हुन पर्ने, सक्यो... Last edited: 14-Aug-09 05:53 PM

saanu_fren · Aug 14, 2009 5:52 PM

आत्मा क्रेजी ज्यु , सटिक एन्डिङ छ है , जे होश समाप्त गरी छोडियो कथालाई , सम्जौता राम्रो नै लाग्यो बिचरी त्रिश्ना । लौ मैले  नि क्रेजीले जस्तै गरे समाप्त ।

Harka_Bahadur · Aug 14, 2009 11:21 PM

साथीहरु ! कथाको पात्रले यस्तै अन्त्य रोजि दियो। त्यसैले कथामा अरु कुरा महत्वपुर्ण हुन पाएनन्। मैले नचाहदा नचाहदै पनि अन्त्य नैं दुखद भइदियो। यस कथाको अन्त्यले मेरो मनलाइ पनि रुवाएको छ। साथीहरुको मनमा पनि त्यस्तै असर परेमा माफि चाहन्छु। पुरे, मैले लेख्ने प्रयास मात्र गरेकी हुँ, बाँकि कुरा त साथीहरुको हौसलाले हो अहिलेसम्म। त्रिस्नाको पछि के भो भन्ने कुरा मैले पनि थाहा पाउन सकेको छैन। हेर्दै जाँउ के हुन्छ? कान्छिकान्छा ब्रो, कथा समाप्त नभन्ने भन्दा पनि त्रिस्नाले मान्दै मानिन। त्यसैले क्यानडा नगै कन ट्विस्टको कुरा आएन ब्रो। सरी है। अर्को कथा लेख्दा चाहि यो सबै कुरा सम्झाउनु होला नि है। थसिखेल चोक ज्यु, हजुरको मन खिन्न भएकोमा म क्षमा चाहन्छु। मेरो पनि मन अझै दुखेको छ। BTW, थसिखेल चोकमा हजुरको बसाइ काँ पर्‍यो, रिङरोड मै कि उता पन्चेस्वर महादेव जाने ठाउमा, कि थसिखेल चोकतिर? saanu_fren, अहिले त कथा यस्तै भयो, भाग-२ त लेख्ने कुरा सोचिएको छैन। हेरौ भबिष्यमा के हुन्छ? हजुरको चित्त मात्र हैन, मेरो पनि चित्त त्यस्तै भएको छ कथा पढेर। अहिलेलाइ सरी है साथी। हर्के, सटिक एन्डिङ भनिदिएकोमा धेरै धेरै धन्यबाद है।

crazy_love · Aug 17, 2009 10:37 AM

क्रेजी लव, तपाईंको कथा समयमा पढ्न नपाउदाको पिडा मलाई छदै छ, तै पनि पढेर सिध्याए। कमेन्ट पनि समयमा गर्न सकिन, क्ष्यमा चाहान्छु। कथाको बिट् मारी सक्नु भएछ। अर्को कथाको पर्खाइमा छु। कालेदाइ  

Kaledai · Aug 21, 2009 7:58 AM

क्रेजी कती सम्म निस्ठुरी भन्ने कुरा यो कथा को भाव बाटै थाहा भैहाल्यो , जताततै घुमाएर लास्टा त्यही । तर लेखाइमा कतै खोट छ कि भनेर खोज्दा खोज्दा केही भेटिएन नि । अर्को आस्लाग्दो कथा लिएर चाडै आउँ है त

Stat · Aug 21, 2009 8:47 AM

कालेदाइ र stat, हौसलाको लागि धेरै धेरै धन्यबाद! फुर्सदमा फेरि अर्को कथा लेख्नेछु, नलेखीए त अब के बाँच्न सकिएला र जस्तो लाग्छ। केहि साथीहरुले सम्झौताको सबै भागहरु एउटै ठाँउमा राख्न अनुरोध गर्नु भएकोले मैले सान ज्युलाइ उक्त आग्रह गरेकी थिँए। सानले आज ब्लगमा सबै भागहरु राखिदिनु भएको छ। सानलाइ धन्यबाद र "सम्झौता"को सबै भाग पढ्न नभ्याउनु भएको साथीहरुलाइ ब्लगमा कथा पढ्न हुन अनुरोध गर्छु।

crazy_love · Aug 21, 2009 2:28 PM

blog ma bhannale? kata ho kunniii

perfectionist · Aug 21, 2009 3:03 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all