कपालबाट सोलार प्यानल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कपालबाट सोलार प्यानल काठमाडौं, (नेस) देशले ऊर्जासंकट भोगिरहेका बेला एक कलेजका विद्यार्थीले मानिस तथा जनावरको कपाल एवम् रौंबाट सोलार प्यानल बनाउने प्रविधिको विकास गरेका छन्। राजधानीको टि्रनिटी इन्टरनेसनल कलेजका विज्ञान संकायका विद्यार्थी मिलन कार्की र हरिहर अधिकारीले दुई वर्षलगाएर यो प्रविधिको विकास गरेका हुन्। मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले कपाल प्रयोग गरी बनाइएको उक्त सोलार प्यानलको प्रदर्शन गरेका थिए।मानिस वा जनावरको कालो रौंलाई नुनपानीमा डुबाएर अर्द्धचालक बनाई सोलार प्यानल तयार गरिने जानकारी उनीहरूले दिए। यसरी रौं प्रयोग गरी ८ भोल्टको सोलार प्यानल २ हजार रुपियाँमा तयार गर्न सक्ने दाबी उनीहरूको छ। एउटा सोलार प्यानल तयार गर्न आधा किलो कपाल आवश्यक पर्ने उनीहरूले बताए।सो अवसरमा ऊर्जा मन्त्रालयका सचिव शंकर कोइरालाले नयाँनयाँ प्रविधिको विकास गर्ने विद्यार्थीलाई मन्त्रालयले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो। टि्रनिटी इन्टरनेसनल कलेजका प्रिन्सिपल इन्द्रप्रसाद सुवेदीले आफ्नो कलेजका विद्यार्थीले नयाँ प्रविधिको विकास गरेकोमा खुसी व्यक्त गर्नुभयो। नास्टका प्राविधिक अधिकृत देवकुमार यादवले नास्टले सो प्रविधिको प्राविधिक परीक्षण गर्ने बताउनुभयो http://www.newsofnepal.com/new...

lakhe · Jul 8, 2009 4:30 PM · 4,289 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all