Walmart मा एक घण्टा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Walmart मा एक घण्टा "यो वीकेन्डमा राम्ररी सुत्न पाको छैन, भोली त आइतबार मज्जाले १०,११ बजे सम्म सुत्छु" भन्ने कल्पीदै हिजो सुतेको थिएँ तर आज बिहान ८ पनि नबज्दै मनको कुखुरो बासी हाल्यो। तै पनि जबर्जस्ती सुत्न खोजेको, कहाँ सक्नु। उठेर गर्नु पर्ने केही थिएन। चिया पिउँदै नारायण दाईका गीत सुन्दै थिएँ सुरक्षाको फोन आयो। "दिदी मेरो साथीहरुलाई एअरपोर्टमा पुरयाइदिनु न, १ बजे फ्लाइट छ, मलाई काममा बोलायो" भन्न थालि। आफुलाई के गरुम के गरुम भइरा बेला त्यस्तो पुन्यको काम पाउँदा किन नगरनु। सहर्स स्विकार गरें। तिनिहरुलाई लिएर एअरपोर्ट पुग्न साँढे १ घण्टा जस्तो लाग्यो त्यसैले आफ्नो नित्यकर्म सकेर हिंडी हाले। आफ्नै साथी भए त्यहीँ एयरपोर्टमा पिलेन छुट्ने बेला हुन्जेल सम्म भलाकुसारी गरेर बसिन्थ्यो होला तर आजै चिनेकासँग त्यसो गरी हाल्न नि भएन। उनिहरुलाई एअरपोर्टको दैलोमा छोडेर शुभ यात्राको कामना गर्दै चल्दिएँ। चल्न त चल्दिएँ तर कहाँ जाने। घर फर्किउँ भने न बुढा भोकार आउलान भन्ने छ, न लाला बाला रोलान भन्ने छ, किन फर्किनु। एक्लो ज्यान जाँ मर्यो त्यै चिहान भन्थ्यो एउटाले, आफुलाई त्यस्तै। कहाँ जाउँ त भन्ने सोचले हुइकिदै थिएँ walmart को याद आयो। किन्नु पर्ने त खासै केही थिएन, तैपनी किन्नै पर्ने भएछी मात्र  को जान्थ्यो र। हाम्रा बाले बिराटनगरमा गोल्छाको घर देखाउँदै भन्थे "ल हेर, एउटा लोटा र धोती लिएर आको रे गोल्छा, यत्रो घर बनायो"। अब याँ अमेरिकामा लोटा बोकेर हिंड्ने कुरो त भएन तर मैले नि थोत्रा लुगा, केही किताबहरु, अनी सम्पत्तिको नाममा भाको एउटा ल्यापटप बोकेर बसाइँ सरेको थेँ, अहिले घरमा खाली ठाउँ भेट्न मुस्किल छ। त्यो सब walmart कै योगदान हो। हिजो पोलेको मासुसँगै स्वतन्त्रता मनाएर थाकेछन कि के हो, मान्छेहरुको त्यती सारो चहल पहल थिएन। के के न किनेर ल्याउने जस्तो अगाडि नै पार्कइङ पाएँ भनेर दङ परे। अब केटी मान्छे भएछी आफ्नो धर्म त थाम्नै पर्‍यो। कार्ट घिसार्दै लागेँ कस्मेटिक आएल तिर। त्याँ सामान केलाउँदौ थे एउटा मनले भन्यो "हेर तेरा त्यात्रा श्रिङ्गारका सामान तँछाड मछाड गर्दै बसेका छन, यस्तो आर्थिक मन्दिमा धेरै पैसा खर्च गर्नु राम्रो हैन, भोली के पर्छ पर्छ?" "कुरो त सर्है उत्तम गर्‍यो मनले, चल केटी यहाँबाट" भन्दै लुगा तिर लागेँ। हिजो मात्र मलमा गएर मज्जाले हात कन्यार आथें, आजै फेरी के किन्नु। तै पनि एसो हेरी टोपल्दै थे एक जना अदभैंसे आईमाई फत्फताको सुने। अलिक ध्यान दिएर सुनेको कसैलाई गाली गरेको जस्तो लाग्यो। यता उती हेरेँ उ र म बाहेक नजिक वर पर कोही छैन। "बुढी बौलायौ कि के हो, किन बरबराकी"  भन्न मन लाथ्यो तर भनी हाल्न मिलेन। एक छिन्मा हैन यो बुढीले मलाई पो गाली गर्दै छे कि के हो जस्तो लाग्यो। ज्यान सानो तिनो भए नि रगत त गोर्खाली। "whats wrong, why r u mad?" भनेर सोधेको त "nothing" भन्छे बा। "nothing भए किन अर्काले सुन्ने गरी बरबराउनु त" भन्न मन थ्यो तर काला प्रजातीसँग पङा लिनु  ठीक हैन जस्तो लागेर चुप लागें। अर्काको फत्फत के सुन्नु भनेर हिंडे त्याँबाट नि। यता उती भौँतारिदै थेँ पंखा देखें। गर्मी उत्पातै बढेको छ अचेल, एसी ले नि नथाम्ला जस्तो। पंखा किन्ने कुरो त बिर्सेंको थेँ, झ्वास्स पंखा देख्दा त देउतै देखे जस्तो भो। पंखा बोकेर चेक आउट गर्ने लाइनमा उभिरा थें एउटि सानी फुच्चिले मलाई हेरेर मिठो मुस्कान दि। प्राय औपचारिक मुस्कान हेर्ने बानी लागेको मेरा आँखालाई उस्को बाल सुलभ मुस्कान सार्है सुन्दर लाग्यो। मनै फुरुङ भयो। ढोकाबाट निस्कीनै लाकोथें "honey, can i see ur receipt"  भनेको सुनें।"yes" भनेर receipt निकालेर दिएँ, ति बुढी आमैले हात थर थर कमाउँदै मेरो receipt समातिन। यसो हेरेको त आमै ७५ भन्दा उँभै लागेकी जस्तो लाग्यो। "thank u, u have a good day" भन्दै उन्ले receipt सँगइ न्यानो मुस्कान पनि दिइन। "u too" भन्दै म हिंडे तर ति आमैको भाग्य देखेर मनमा चिसोपन छाइरह्यो। त्यो उमेरमा पनि त्यसरी काम गर्नु पर्ने, थुक्क भाग्गे, जस्तो लाग्यो। "भौतिकताको चरम उत्कर्समा पुगेर पनि, मानबताको आधारभुत पाठ किन बिर्सेंका हुन यो देशका मान्छेहरुले। के ति आमैका छोराछोरिहरु उन्लाई २ छाक खान, १ सरो लाउन अनी दुई बचन मिठो दिन सक्षम छैनन होला? कस्तो स्वर्थी सँस्कार हो यो?" मेरो मन बाझिरह्यो। अस्तु Last edited: 05-Jul-09 07:59 PM

nakkali keti · Jul 5, 2009 7:58 PM · 27,422 views

19 Replies

Hey nakkali keti, everytime whenever see your thread, there will be a reply of some guy either saying something bad or commenting in different style.. I dont know whether you are even girl or a guy either.. So i used to think how sick we guys are that we dont have to have some girl physically infront us. Once we got a small chance we are always behind and agains of girls.. May be thats why Nepal is called a male dominated country...I cant change the thinking of everybody but from my part i will try my level best to respect girls... Regarding about you article..I dont know whether you are a writer or not. But its good and very well try girl.. hats off to you and all the best... good luck.. you have yourself a very wonderful week... regards bd.      

boulevard dreams · Jul 5, 2009 8:25 PM

Nakkali keti, Very well expressed. Dherai pachi nepali ma ramro ani mileko kehi kura padhne mauko milyo. Tyo pani simple things expressed in a well manner. Lekhai dherai ramro lagyo. All the best.  

aveeral · Jul 5, 2009 8:48 PM

Yep lekhai simple n ekdum ramro chha...  simple incident but explained very nicely. Last few lines really touched my heart.

New Baneshwor · Jul 5, 2009 9:00 PM

नकाली कथा त होइन यो नकाली केटी को । जे भय पनि कथा राम्रो छ प्रयास गर्दै गर

Attom · Jul 5, 2009 10:27 PM

Hats Off.........................Very Nice..........Sky is not the Limit...You will be higher than that one day...Keep on Trying..

dharanstar · Jul 6, 2009 12:47 AM

boulevard dreams First of all thank you for reading all my posts..... so far i am lucky enough to get nice comments......bad comments are not that bad either.... they reminds my limitations. as far as your doubt about who i am, i am a girl (without any doubt :))......can not say i am proud to be a girl, since i haven't done anything that good to be proud, but i am happy to be a girl. i am glad to know about your respect towards girls. अब यो लेख कस्ले लेखेको भनेर शँका लाग्या रइछ। त्यस्तो अरुले लेख्या नि टाँस्न मिल्छ र भन्या। लौन बरु मिल्ने भए म लेखी दिन्थें सस्तोमा :)। विकेन्ड मा के गरौ के गरौ भइ राख्छ। अब लगानी जती बाउ आमाले गरे म मुनाफा खाएर बस्थें। Thank you for your wishes... you also have a good life. aveeral तपाईंहरुले दिने यस्तै प्रोत्साहनले गर्दा लेख्ने आँट आउँछ। पढिदिनु भएकोमा धेरै धेरै धन्यवाद। New Baneshwor I am glad that my words touched your heart... thanks for nice comment. Atom अब त्यती जाबो कुरा लेख्न नि किन झुट बोल्नु पर्‍यो र? शँका किन लागेको हो भन्ने कुरो था पाए मलाई नि सजिलो हुन्थ्यो। thanks for comment... dharanstar thank you for such a nice comment...i will try my best .....

nakkali keti · Jul 6, 2009 10:46 AM

Which Wal-Mart location is your favorite?

mR. hydE · Jul 6, 2009 10:50 AM

त्यसरी नक्कली केटी ले जस्तै लेख्न सक्दो हो त यस् साझाका बन्धुहरुको मन कती जित्थ्ये होला !

micky_mouse · Jul 6, 2009 11:23 AM

नकलि जि, ती आमै पनि एक्लो ज्यान जहाँ मर्‍यो त्यही चिहान हो कि? एकल जिबन बिताइ रहेकि थिएन कि? एउटा कुरो नि? नकलिलाइ पिर नैं परोस् भनेर भन्या चाहि होइन है मैले। कसम! Last edited: 06-Jul-09 11:59 AM

crazy_love · Jul 6, 2009 11:33 AM

>>>उनिहरुलाई एअरपोर्टको दैलोमा छोडेर शुभ यात्राको कामना गर्दै चल्दिएँ। <<< >>>nothing भए किन अर्काले सुन्ने गरी बरबराउनु त" भन्न मन थ्यो तर काला प्रजातीसँग पङा लिनु  ठीक हैन <<< त्यो माथिको दुइटा शब्द त हामी पनि बोल्थेउ ! एनिवे, साधारण घटना बस्तु लाई यसरी एउटा मनमोहक ढंगले लेख्ने असाधारण कलालाई सलाम !         

ritthe · Jul 6, 2009 1:33 PM

Nakkali Keti,  First of all sorry and also i guess you misunderstood my writing. I didnt mean to say that you didnt wrote the above story, I was telling i dont know whether you are a professional writer or not. If you are a professional than its my great privilage to read you story and if you are not than i must say you definitely do have lots of talent and ability to be a good writer. Since you've explained such a simple incident in a brilliant way. The spontaneous flow of your words are awesome, hats offf to you girl.... Also thank you very much for removing my doubt about whether you are a girl or not bhanne barema...  Also dont say that you are not proud to be a girl. Dont ever underestimate yourself.. You are very unique person in this world. Nobody has the ability, quality that you have. You yourself is one and only person in this world. Be proud of what you have and what you get. Be proud of what your parents gave you. Because of their grace you're able to open your eyes and view this beautiful world..Come  and Experience the beautiness of this world and cherish each and every single second that you've got. You might not get the second chance to take birth as human. Life is Beautiful..............take care... regards bd.   

boulevard dreams · Jul 6, 2009 1:49 PM

nakkali keti, naam nakkali keti bhaye pani, lekh ma chai nakkali pan dekhina. nepalima dherai barsa pachhi katha padhe. mero antim nepali kitab, "soch" thiyo, karna shakyaji ko. chaar barsa agaadi padhe ko thiye. kitaab uttam chha. tara tapai ko katha joon mithaas bhete , aroo angrezi lekh haru ma nabhayeko justo lagyo. Ani tapai le bhannu bhayeko ni dherai thik kuro ho...k yo ameriki sanskaar ma yesto bridhha maanchhe lai bhouteek tathha manaabtaa ko hisaab le dina sakne chhyamata chhaina ta? avasya chha. Tara kina hudaina ta yesto karma? yehi ho ta aakheer capitalist sansaar ko mookh? Aba, ma pani ek dui lekh haru nepali ma lekh na prayaas garchhu.

GuitarDaku · Jul 6, 2009 3:46 PM

mR. hydE which one भन्या भए चै मलाई सबै walmart काग जस्तै लाग्छन, जाँका पनि उस्तै। अब location को कुरा गर्या भए चै nearest one micky mouse यो लेख्ने भनेको पनि पौडी खेल्न सिक्ने जस्तै रहिछ । झ्याम्म हाम फाले पछी आँफै बिस्तारइ आउने।  बरु हाम फाल्न ढिला नगरौं। Crazy खै ति आमैको कथा चै कस्तो थ्यो कुन्नी।तर यहाँ हुलका हुल सन्तान जन्माउँदा रहिछन १,२ वटा त ति आमैका नि कसो नहोलान र? जहाँ सम्म म एक्लै भएँ भन्ने कुरा छ, कहिले काँही "Ghost Hunters" हेरेर सुत्दा निन्द्रा लाग्दइन नत्र I enjoy it . मान्छेले आँफुसँग बिताउने समय कमै पाउँछ, पाको बेलाँ enjoy गर्नु पर्छ। अनी अर्को कथा लेख्ने बेला भएन? exam त सकियो होला? कि summer मा नि class छ? ritthe मेरो पनि सलाम, पढिदिनु भाको मा। ति शब्दहरु चै मैले सानैमा सिकेको, पूर्वतिर boulevard dreams Thank you for such a overwhelming comment but I am way far from professional writing. "Amen" to your words "you might not get the second chance to take birth as human... life is beautiful" GuitarDaku मैले तपाईंले भनेको किताब चै पढेको छैन तर मौका पाए पढ्ने छु। मेरो विचारमा हाम्रो आफ्नै साहित्य भन्डार अङ्रेजी साहित्य भन्दा धेरै गरीब छ। त्यसैले यो भाषा जान्नेले भर सक यसैलाई सम्पन्न बनाउने प्रयास गर्नु पर्छ। यत्तिका बर्ष पछी पढेर पनि मेरो प्रयास मन पराइदिनु भाकोमा धन्यवाद तर यहाँ साझामा बेला बेलामा धेरै राम्रा  लेखहरु पढ्न पाईन्छ। कतै तपाईंको हेराइबाट ओझेलमा परेका हुन कि? तपाईंको लेखको प्रतिक्षा हामी सबैलाई हुने छ।

nakkali keti · Jul 6, 2009 8:49 PM

good story but very short.can u post next part sooner and make it longer than this one

kingofmorons · Jul 6, 2009 10:25 PM

nakkali keti...a very well written article. I wanted to comment on the theme of the event. I think we are wrong to think that american 'sanskar' is swarthi....If deeply analysed there are thousands of such elderly people who are houseless in nepal, thank god to the american culture that at least they are allowed to work and they fnd work here to sustain. Elederly people being seen working at walmart doesn't necessarily mean that their family dont love them or dont give them food to eat, may be she wanted to surprise her daughhter or grandson with a gift and she took that shift. Its just independence, she might be enjoying her freedom and independence.  I would look at the incident in a postive way, but your observation is valid aswell. Pleae dont take it otherwise. rgds

spreadlove · Jul 6, 2009 11:30 PM

daro gaichha ni ta yata pani..... aafule sringar nagare pani tyo sringarkaa samagri bechneharu koi koi dekhdaa ta lipistik paudar kinna jaam jaam jasto lagchha...tara kinera kaslai dinu? hey rama ni..... bhanchhu ani tettikai hunchha  

Deep · Jul 7, 2009 8:28 AM

It is better to be working in Walmart in your seventies than begging in the roads of Kathmandu. I have seen so many of my relatives (male) abusing their parents after they get hold of their parental properties worth millions of dollars.

tisa · Jul 7, 2009 9:19 AM

kingofmorons thank you for reading but this is a short story...i don't have another part.. spreadlove i agree with your point of view too...may be i am just panicking myself because i don't want my parents working till their seventies... Deep यता पनि भन्नाले अन्त पनि दर्हो गा छ कि के हो। धेरै दिन पछी दर्शन पाइयो । बाङे पुराण नसुनेको धेरै भो, लौन सुरु गरौं। tisa your relatives seems very wealthy....millions of dollars worth of property in nepal sounds too good to me ... anybody still available? ..... on a serious note, i am not denying the fact that many elderly people are homeless in our country but i have grown up seeing my grand parents staying at home, doing whatever they want... and i wish all elderly people could do the same...just my thought...

nakkali keti · Jul 7, 2009 7:21 PM

Very very good. Thank you so much for sharing.

raman · Jul 7, 2009 7:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all