प्रधानमन्त्रीः भारतीय राजदूत उपप्रधानमन्त्री तथा गृहः अमेरिकी राजदूत रक्षा र स्वास्थ्यः ब्रिटिश राजदूत (गोर्खा फौज राखेको ऐतिहासिक अनुभव छ र बेलायतको स्वास्थ्यसेवा कहलिएको छ।) अर्थः जापानी राजदूत (यत्रो मन्दीमा पनि जापानको अर्थतन्त्र धर्मराएको छैन, नेपाली पनि सिक्दैछन्।) उद्योग-वाणिज्यः डेनिस राजदूत (यी आफूले दक्षिणएशिया पूरै बुझ्ेको ठान्छन् र विकासबारे निकै उपदेशात्मक भाषण दिने गर्छन्।) संस्कृति र शिक्षाः फ्रेन्च राजदूत (यी आफूलाई कलाका ठूला पारखी र प्राज्ञिक व्यक्ति ठान्छन्।) जलस्रोत र ऊर्जाः नर्वेली राजदूत (पहिलेका प्रधानमन्त्री ऊर्जाको गर्जो टार्ने उपाय खोज्न नर्वे नै गएका थिए।) परराष्ट्रः आवश्यक नपर्ने शान्ति र पुनर्निर्माणः स्वीस राजदूत (हरेक शान्तिवार्ता जेनेभामै हुन्छ।) सञ्चार, विज्ञान-प्रविधि र वनः फिनल्यान्डका राजदूत (नोकिया फोन उत्पादन गर्ने देश हो र नेपालको वनमा निकै चासो छ।) स्थानीय विकास र यातायातः जर्मन राजदूत (नेपालका नगरपालिकाहरू सपार्ने र हरित सडक बनाउनमा जर्मनीको रूचि रहेको छ।) खेलकुद र कृषिः अष्ट्रेलियाली राजदूत (क्रिकेट च्याम्पियन र कृषिभूमि भएको देश।) पर्यटन, नागरिक उड्डयनः क्यानाडाका राजदूत (ट्वीन अटर जहाज त्यहींबाट आउँथ्यो।) श्रम र रोजगारः दक्षिण कोरियाली राजदूत (जापानपछि नेपाली कामदार जान चाहने देश दक्षिण कोरिया नै हो।)http://www.himalkhabar.com/hkp...
lakhe · Jul 5, 2009 10:16 AM · 3,924 views
Ye...afno tension jati aru ko tauko ma toparera afu chai moj garne bhan thaneko hola...........!!!
deshbhaktanepali · Jul 5, 2009 8:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion