नेपाली र विदेशी डि.जे.हरुको साथै नाईट लाईफको बारेमा जानकारी दिने उद्येश्यको साथ शुरु गरीएको वेबसाईट nepaldj.com ले यही आउँदो शनिबार दरबामार्ग स्थित 'इन्सोमेनिया रेस्टुरेण्ट एण्ड लन्ज' मा भव्य कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा “Clash of titans 2004” का विजेता डि. जे. फ्लेक्सले विभिन्न खालका गीत-संगीतले मनोरञ्जन प्रदान गर्ने छन। त्यस बाहेक डि. जे. ब्रामलिक, निरल, सुका, निक्स, ओल्डकिड, बायोनिक र डि. याख्खाले पनी विभिन्न खालका गीतहरु बजाएर मनोरञ्जन प्रदान गर्ने छन। यि चर्चित डि. जे. हरुको बाहेक 'सफल डान्स' मा पारंगत मानिने कलाकारहरुको समुह 'डाईनामिक इन्ट्री'ले आफ्नो विषेश प्रस्तुती देखाउने छ। काठमाडौं पछी 'नेपाल डि. जे.' ले पोखरा र धरानमा कार्यक्रम आयोजना गर्ने जानकारी 'नेपाल डि.जे.' का म्यानेजिङ डाईरेक्टर डि. जे. डि. याख्खाले emajja लाई जानकारी दिनु भयो। त्यसै दिन देखी नै संगितका पारखीहरुको लागी तयार पारिएको वेबसाईट 'nepaldj.com' पनी औपचारिक रुपमा खुला हुने छ। 'nepaldj.com'मा नेपाली र नेपाल बाहिरको डिजेहरुको बारेमा जानकारी, गीत-संगीतको बारेमा पूर्ण जानकारीको साथै फोटो ग्यालरी, भिडियो हेर्ने र गीत-संगीत पनी सुन्न सकिने व्यवस्था गरीएको छ। यसको साथै नेपालमा हुने विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी पनी यो साईट बाट लिन सकिने छ। Event: "The Opening Gig of Nepal DJ.com" (ktm leg) 2009 Venue: Insomnia Restaurant and Lounge Time: 8:00pm - 2:00am Date: Saturday July 4, 2009 - Sunday July 5, 2009 Ticket: Rs 300/- only and VIP Ticket RS 1000/- only
aficionado · Jul 3, 2009 1:37 AM · 7,980 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion