Nepali Charles Shovaraj

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://nayapatrika.dns-systems... भेषमा लाखौं ठगी Font size: नयाँ पत्रिका 30/06/2009 06:17:00 डाक्टरको भेष धारण गरी एक ठगले सातजना व्यक्तिबाट लाखौं ठगी गरेका छन् । नेपाल चिकित्सक संघको लोगो अंकित पोसाक लगाएर कारमा हिँड्ने ठग विकास सुनारले 'डाक्टर हुँ' भन्दै सातजनाबाट लाखौं ठगी गरेका हुन् । उनले बिएन्डबी, अल्का र काठमाडौं मेडिकल कलेजमा आफू संलग्न रहेको भन्दै सर्वसाधारणलाई ठग्दै आएका थिए । काठमाडौं, १५ असार डाक्टरको भेष धारण गरी एक ठगले सातजना व्यक्तिबाट लाखौं ठगी गरेका छन् । नेपाल चिकित्सक संघको लोगो अंकित पोसाक लगाएर कारमा हिँड्ने ठग विकास सुनारले 'डाक्टर हुँ' भन्दै सातजनाबाट लाखौं ठगी गरेका हुन् । उनले बिएन्डबी, अल्का र काठमाडौं मेडिकल कलेजमा आफू संलग्न रहेको भन्दै सर्वसाधारणलाई ठग्दै आएका थिए । आफूहरू ठगिएको चाल पाएपछि उनीहरूले प्रहरीमा उजुरी गरेका थिए । उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाले सुनारलाई पक्राउ गरेको छ । सुनार पक्राउ परेपछि मात्र पीडितले ठगको वास्तविक परिचय पाएका थिए । कास्की लाहाचोक घर भई ललितपुर सानेपामा बस्दै आएका सुनारले आफूलाई डा. विकास थापा भन्दै ठगी गर्दै आएका थिए । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनले आफ्नो ठगीको माध्यम नर्सिङ सिक्दै गरेका युवतीलाई बनाउँदै आएका थिए । प्रहरीका अनुसार विभिन्न नर्सिङ क्याम्पसमा गएर नर्सिङ पढ्दै गरेका युवतीसँग आफूलाई चिकित्सकका रूपमा परिचय दिँदै दोस्ती गर्ने गर्थे । दोस्ती भएका युवतीलाई फसाउन उनी प्रेमको नाटकसमेत गर्थे । 'उनी प्रायः नर्सिङका विद्यार्थीसँग परिचय गरेर 'विवाह गर्छु' भन्दै फसाउने गर्दा रहेछन्,' अनुसन्धानमा संलग्न एक प्रहरीले भने । ठगीका लागि बनाएको प्रेमिकामार्फत उनको घरसम्म पुगेर उनी युवतीका परिवारसँग समेत राम्रो सम्बन्ध विस्तार गर्थे । चिकित्सकका रूपमा प्रस्तुत हुने उनलाई युवतीका परिवारले जब विश्वास गर्थे तब सुरु हुन्थ्यो उनको ठगी अभियान । उनी युवतीका परिवारसँग विभिन्न बहानामा रकम सापटी लिएपछि बेपत्ता हुने गरेका थिए । ठगिएकामध्ये कसैसँग गाडी किन्न रकम पुगेन भनेर उनले चुना लगाएका छन् त कतिलाई आफ्नै हस्पिटल खोल्न लागेको तर केही रकम अभाव रहेको बहानामा पैसा उठाएका छन् । उनले विभिन्न बहाना बनाएर सातजनाबाट २५ लाख रकम उठाउन भ्याएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । महाशाखामा प्रारम्भमा उजुरी पर्दा चिकित्सकले लिएको पैसा दिएन भनेर उजुरी परेको थियो । तर, जब प्रहरीले चिकित्सक भनेर उनलाई १४ असारमा पक्राउ गर्‍यो ती व्यक्ति चिकित्सकका रूपमा ठग भएको रहस्य खुल्यो । प्रहरीले सुनारको साथबाट नेपाल चिकित्सक संघको स्टिकर टाँसेको बा७च ५७१ नम्बरको कार, काठमाडौं मेडिकल कलेजको स्टिकर भएको एप्रोन, चिकित्सकले प्रयोग गर्ने स्टेथेस्कोप, चिकित्सकको पोसाकमा रहेको तस्बिर, डा. विकास थापाको नाममा जारी भएको नमस्तेको सपिङकार्ड र विकास थापाको नामबाटै जारी भएको सवारीचालक अनुमतिपत्रसमेत बरामद गरेको छ । महाशाखाले सुनारलाई ठगी अभियोगमा मुद्दा चलाउन महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

timer · Jun 30, 2009 11:53 AM · 2,944 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all