Help for Nepal Bhasa Academy

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Can we do something to help this academy before the demise of Mr. Joshi? ग्यालरीमा अरनिकोका दुर्लभ सामग्री ओमआस्था राई- मूर्ति बनाउन चीन पुगेको एउटा कलिलो नेपाली ठिटो हेर्दै डरलाग्दो यूआनी राजासँग नडराई आँखा जुधाउँछ। राजा आश्चर्य मान्दै सोध्छ 'मेरो अगाडि टाउको ठड्याएर उभिन कोही सक्दैन तिमीलाई चाहिँ आँखा जुधाउँदा पनि डर लाग्दैन ' ठिटो भन्छ 'आफ्नै बुबासँग आँखा जुधाउन के को डर हामी त हाम्रा राजालाई आफ्नै बुबासरह मान्छौं।' स्कुलमा बलबाहुको कथा पढ्नेहरु सम्भवतः यो प्रसंग आउँदा रोमान्चित हुन्थे। कथा छापिएको पानाको एकापट्टि कलिला बलबाहुको निर्दोष मुखाकृति हुन्थ्यो अर्कोपट्टि यूआनकालीन चीनका सम्राट कुब्ला खाँको रौद्र रुप। हातमा तलवार लिएर घोडामा बत्तिदै गरेका देखिने भीमकाय सम्राटका अगाडि बलबाहुले 'नेपाली टाउको' नझुकाएको रोमााचक किंवदन्ती पढेर एउटा सिंगै पुस्ता हुर्किएको छ अहिलेसम्म। बलबाहु को थिए सजिलै उत्तर आउँछ एउटा नेपाली कलाकार जो १२ औं शताब्दीतिर चीन गई अरनिकोको नाउँले चिनिए। तर उनी कसरी चीन पुगे शाक्य विहारमा बसेर के-के बनाए उनले बनाएको विख्यात श्वेत चैत्यको रुपाकृति कस्तो छ यो स्तूपसँग गाँसिएको दर्शन के हो शून्यवाद र उनको सम्बन्ध के छ चिनियाँ साहित्यमा उनको कस्तो स्थान छ यी प्रश्नको उत्तर भेट्न चाहिँ गाह्रै छ। शिलालेख सभ्यताको राम्रो विकास नभइसकेको युगमा चीन गएर उतै बसोबास गरेकाले अरनिकोसँग सम्बन्धित तथ्यगत विवरण अत्यन्तै कम भेटिन्छ। पुस्तकालय चाहर्दा होस् वा 'गुगल सर्च' गर्दा अरनिकोबारे थोरै जानकारी मात्रै पाइन्छ। बरु भ्रम भने प्रशस्तै छन्। राष्ट्रिय विभूतिसँग जोडिएका यी सबै भ्रम चिर्न र लुकॆर रहेका तथ्यको बिस्कुन फिजाउन स्थापित भएको छ अरनिको श्वेत चैत्य ग्यालरी। कीर्तिपुरको 'सानो चक्रपथ' बाहिर हालसालै स्थापित यो ग्यालरीलाई अरनिको सङ्ग्रहालय भन्दा पनि फरक पर्दैन। नेपाल भाषा एकेडेमीको भवनभित्र रहेको यो ग्यालरीमा अरनिको र उनले बनाएका विभिन्न चैत्यका चित्र एवम् तस्बिर मात्रै छैनन् उनीबारे लेखिएका चिनियाँ कविता तिनका अनुवाद र सोधपत्र पनि छन्। र सबैभन्दा महŒवपूर्ण कुरा त्यहाँ सत्यमोहन जोशी छन् जो ८८ वर्षको उमेरमा पनि झर्को नमानी आगन्तुकलाई अरनिकोका अनुद्घाटित तथ्य र श्वेत चैत्यको दर्शनबारे व्याख्या गर्छन्। काठमाडौंको नेवार समुदायले दुई वर्षअघि चन्दा उठाएर निर्माण गरेको एकेडेमी भवनभित्रको ग्यालरी भने सम्भवतः जोशीको एक्लो प्रयासमा बनेको हो। २०१७ सालको 'कु' पछि भएको कर्मचारी पजनीमा परेर पुरात्तत्व विभाग निर्देशकको जागिर गुमाएपछि चीन पुगेका जोशीले त्यहाँ नेपाली पढाउने क्रममा अरनिकोबारे खोजी गर्न थालेका थिए। नेपाल फर्किएपछि पनि उनको खोजी रोकिएन। 'मसँग अरनिकोबारे धेरै सामग्री जम्मा भयो जसलाई घरमै थुपार्नुभन्दा ग्यालरीमा राख्नु राम्रो ठानें' उनी भन्छन्। सन् १२६० मा कोदारी हुँदै तातू हालको पेचिङ वा बेइजिङ पुगेका अरनिकोले बनाएको विश्वविख्यात श्वेत चैत्य पहिले कस्तो थियो जीर्णोद्वारपछि यसको रुपाकृति कस्तो देखियो यसको सन्देश के हो ग्यालरीले यसबारे विस्तृत जानकारी दिन्छ। यति मात्र होइन चिनियाँ कविहरु याङ श चशु ऊ को चन् थ्वी र सिये चेले अरनिकोबारे लेखेका कविता २०२९ सालमा प्रकाशित अरनिकोको हुलाक टिकट चीनका पत्रपत्रिकामा छापिएका अरनिकोबारेका समाचार र लेख अरनिकोको समाधिस्थल एवम् शिलालेख र चिनियाँ गुम्बाका बुद्ध मूर्ति र चित्र पनि ग्यालरीमा छन्। बेइजिङको प्राचीन रुप यूआन सभ्यता र कुब्ला खाँको शासन व्यवस्थाको झलक पनि ग्यालरीले दिन्छ। जोशीद्वारा लिखित नाटक 'बाघभैरव' लाई माचमा उतार्ने रंगकर्मीका विभिन्न भाव र भंगिमाका तस्बिर हेर्दै दोस्रो तला उक्लिएपछि एउटा सानोतिनो पुस्तकालय पुगिन्छ जहाँ अरनिकोबारे लेखिएका थुप्रै शोधपत्र र पुस्तक छन्। ग्यालरीमा चिनियाँ राजा सिन लोङले आफ्नै हातले लेखेर श्वेत चैत्यलाई उपहार दिएको 'ह्दयसूत्र'को दुर्लभ तस्बिर पनि छ जसले शून्यवाद र दर्शनको बोध गराउँछ। तर विडम्बना ! यति दुर्लभ चित्र मूर्ति र अनुद्घाटित तथ्यले भरिएको ग्यालरीबारे धेरैलाई जानकारी छैन। स्थापना भएयता मुस्किलले एक दर्जन आगन्तुकले ग्यालरी अवलोकन गरेका छन्। गैरनाफामूलक ग्यालरी भएकोले तलबी कर्मचारी राखिएका छैनन् तसर्थ यसको उचित स्याहार हुन सकेको छैन। थुप्रै तस्बिरका 'क्याप्सन' उप्किएका छन् जसले आगन्तुकलाई अल्मल्याउँछ। भुइँभरि धूलो छ। भित्ताका रोगन पनि मेटिन थालेको छ। ग्यालरीको यो दुर्दशाले अरनिकोलाई राष्ट्रिय विभूति घोषणा गरी आफ्नो दायित्व पूरा भएको ठान्ने राज्यको सोंच र चरित्रलाई उदांगो पारेको छ। अहिले नेपाल भाषा एकेडेमीका उपकुलपति रहेका जोशी हरेक दिन पाटनस्थित आफ्नो निवासबाट सार्वजनिक सवारी चढेर कीर्तिपुर जान्छन्। आफैं आफ्नो कार्यालयको ढोका खोल्छन्। र धूलो टक्टक्याउँदै कुर्चीमा बस्छन्। 'सहरभन्दा टाढा छौं बाहिरबाट कोही मान्छे आयो भने एक कप चिया खुवाउन पनि सक्दैनौं' उनी भन्छन् 'यही भएर पनि हामीले ग्यालरीको प्रचारमा खासै जोड दिएका छैनौं।' प्रचार नहुँदा कसैको आँखामा पर्न नसकेको ग्यालरी स्थापना भएको केही समयभित्रै आर्थिक अभावले थलिएको देखिन्छ। http://www.nagariknews.com/ent...

lakhe · Jun 29, 2009 12:17 AM · 16,667 views

4 Replies

It's really a sad story..very little has been done...Nepal bhasa  is facing such problem..I wonder how other languages and cultures are going to cope or be extinct soon.. If there is any way for us to help nepal bhasa academy let us know...as I share strong interest in these things..and I am sure there are many other people 2..

ji newah · Jun 29, 2009 1:09 PM

Here is one organization, who can play a role to help; but I don't know if they're aware and interested about the real issues: http://www.newah.org/

lakhe · Jun 29, 2009 1:55 PM

I have sent them email..I am sure they will take up this matter..

confused_soul · Jun 29, 2009 3:24 PM

I have heard that Newah Organization of America (http://www.newah.org/) has donated $2000.00 for establishing the Nepal Bhasa Academy some years ago. Donation from outside could be gesture of support but it would not be enough to sustain and maintain such historical treasures unless Nepal Government and Kathmandu Mahanagarpalica do not take care of  them. It is their full-responsibility to preserve historic treasures and culture, and bring such issues into greater public attention through appropriate awareness programs. The (local and national) governing bodies are not for just collecting tax and doing dirty politics.

CT. · Jul 1, 2009 10:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all