दुई गजल सीमाना मेटिदैछ राकेश कार्की लस् एन्जेलस् दुर्भाग्य सिमाना मेटिदै छ नेपालको गला रेटिदै छ नेपाली अनुहार हराउँदै छ विदेशी अनुहार भेटिदै छ देश तिनतिरबाट पेलिदै छ चंगा झैँ दशगजा चेटिदै छ बैमानी राष्ट्रले हल्लाउँदै छ सानो यो मुलुक फेटिदै छ आउ अब भिडौँ आउ अब भिडौँ थिच्ने संग हाम्रो सिमाना मिच्ने संग ए राप्रपा, नेमकिपा, जनमोर्चा खोस्दै उसको देश सिच्ने संग ए माओवादी, फोरम, तमलोपा नेपाली मुटु किच्ने संग ए सदभावना, काँग्रेस, एमाले नेपालीको रगत घिच्ने संग आउ अब भिडौँ थिच्ने संग हाम्रो सिमाना मिच्ने संग
rakeshkarki · Jun 28, 2009 3:05 PM · 13,972 views
ए राप्रपा, नेमकिपा, जनमोर्चा खोस्दै उसको देश सिच्ने संग ए माओवादी, फोरम, तमलोपा नेपाली मुटु किच्ने संग ए सदभावना, काँग्रेस, एमाले नेपालीको रगत घिच्ने संग अब नेपालीले कस्को मुख ताक्ने ?????? यो राजनिति गर्नेहरुले देश सकाए !
shirish · Jun 28, 2009 6:48 PM
राकेशजी कमेण्टहरुको जबाफ नआउने हुनाले कमेण्ट गर्नु जरुरी सम्झिन !! :(
shirish · Jun 28, 2009 6:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion