आहा हाम्रो नेपाल!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो धागोमा चाँही नेपालका प्रोत्साहन योग्य खबरहरु जस्ले हामी आफु नेपाली हुनु मात्रैमा पनि गर्व गराउँछ लाई टाँस्ने प्रयास गरेको छु। आसा छ  यि युवा जीवन बराल अन्य बालबालिका, जो भविस्यका कर्णधार हुन, उनिहरुकोलागी प्रेरणाको स्रोत बनोस! शुभकामना ! जीवन-जित क्याम्पसको अल्लारे जीवनमा समाजसेवाको कुरा झिक्दा साथीभाइबीच ठट्टाका पात्र बन्थे,  उनी । केही सोचहरू ठोस बनिसकेको भए पनि सुरुमै पैसा चाहिने । अल्लारे ठिटोलाई पैसामा कसैले नपत्याउने । यही अवधिमा खाजा खर्च बचाउँदै जोगाएको पाँच सय रुपियाँले पहिलोपटक 'केही काम गरौँ' भन्ने अभियान थालेका थिए, पोखरा, बाँझापाटनका जीवन बराल, २६, ले । युवाले जागिर माग्न जाने होइन, रोजगार सिर्जना गर्ने हो भन्ने सोचबाट उत्प्रेरति उनको कामले आज अन्तर्राष्ट्रिय पहिचान पाएको छ । अमेरकिास् िथत क्लिन्टन फाउन्डेसनले ग्रामीण क्षेत्रमा युवा उद्यमशीलताको उत्कृष्ट योजनाकारका रूपमा बराललाई दुई हजार डलर राशिको 'क्लिन्टन ग्लोबल इनीसीएटीभ युनिभर्सिटी अवार्ड' प्रदान गर्ने निर्णय गरेको छ, हालै । उक्त फाउन्डेसनको वेबसाइटका अनुसार, बराल ६० देशका आठ सय प्रतिस् पर्धीमध्ये उत्कृष्ट भएका हुन् । भन्छन्, "काम गरयिो भने मोफसलमै बसे पनि पहिचान हुने रहेछ, खुसी लागेको छ ।" सम्मान थाप्न अर्को वर्ष अमेरकिा जाने निम्तो पाएका बरालले पुरस् कारमा प्राप्त हुने रकम पनि संस् थामार्फत उद्यम अभियानमै खर्च गर्ने निर्णय सुनाए । त्यसो त उनी युवा उद्यमशीलताका लागि भविष्यमा कलेज नै खोल्ने योजनामा छन् । उनले 'अल्टरनेटिभ्स्' नामक गैरसरकारी संस् था खडा गरेर कास् कीका गाउँगाउँमा युवा उद्यम अभियान चलाएका छन् । युवाका लागि नयाँ सम्भावनाको खोजी गर्नु अल्टरनेटिभ्स्को मूल लक्ष्य हो । बराललाई परण्िााम पनि हातलागी भइसकेको छ । जस् तो, तप्राङमा गाविसमा सञ्चालित ग्रामीण उद्यम विकास केन्द्रबाट मात्र नौ जना युवक उद्यमी भएर निस् िकएका छन् ।

harikancha · Jun 26, 2009 9:17 PM · 15,917 views

3 Replies

यसरी स्थानिय स्तरमै बनाउन सकिने प्रविधिहरु तथा सिर्जकहरुलाई सरकारबाट अलिकती मात्रै प्रोत्सहान मिल्ने हो भने हरेक क्षेत्रमा बिस्तारै बिस्तारै बिकासका पाइला चाल्न सकिन्छ। बिजुली र इन्धनबिना चल्ने मेसिन बनाए विद्यार्थीले (nagariknews) सन्तोष पोखरेल, पोखरा असार १३- समय समयको लोडसेडिङ र इन्धन अभाव खेपिरहेको बेला यहाँका एक विद्यार्थीले बिजुली र इन्धनबिना चल्ने मेसिन बनाएका छन्। पोखरा इन्जिनियरिङ कलेजका इलोक्ट्रोनिक्स विषयमा डिप्लोमा तहमा अध्ययनरत् कास्कीकोटका २० वर्षीय महेश त्रिपाठीले इन्धन र बिजुलीविना चल्ने 'सुपर एम' नामक मेसिन बनाएका हुन् । उनले बनाएको मेसिनलाई शनिबार यहाँ प्रदर्शनसमेत गरे । परमानेन्ट म्याग्नेटिक पावरले चल्ने उक्त मेसिनका लागि बिजुली र इन्धन चाहिँदैन । यसबाट निस्केको इनर्जीले घरमा बिजुली बाल्न र राइस कुकर, टिभी चलाउन, गाडी गुडाउनलगायतका काममा प्रयोग गर्न सकिने त्रिपाठीले बताए। 'इन्धनबिना चल्ने यसबाट म्याग्नेटको सहयोगले 'फ्रि इनर्जी' निस्कन्छ', त्रिपाठीले भने- म्याग्नेटिक पावरले निस्कने शक्तिले लोडसेडिङबाट मुक्ति पाउन सकिन्छ।' लामो समयको लोडसेडिङ र समय समयमा इन्धन अभाव खेपिरहेको हाम्रो मुलुकमा यस्ता प्रविधिले सघाउने उनले बताए । 'मेसिनमा प्रयोग गरिएका ११ वटा म्याग्नेटको मद्दतले डिस्क चल्न थाल्छ र शक्ति प्रवाह हुन्छ'- त्रिपाठीले भने। मेसिनमा म्याग्नेटसहित काठ पुल्ली पंखा, विजुलीको तारलगायतका सामान प्रयोग गरिएको छ । २० न्युटनको बल प्रयोग गरेपछि चल्ने मेसिनबाट ३ सय न्युटनको शक्ति प्रवाह हुने उनले बताए । 'म्याग्नेटको पावर बढाउँदा ऊर्जा प्रवाह पनि बढ्छ', त्रिपाठीले भने- प्रविधि थपे अटोमेटिक चल्ने बनाउन सकिन्छ । त्रिपाठीले चार वर्षअघि देखी यसको अध्ययन गरेर पछिल्लो २ महिनामा निर्माण पूरा गरेका थिए । यसका लागि करिब १ लाख रुपैयाँ खर्च भएको उनले बताए । त्रिपाठीले सरकारी निकायबाट सहयोग पाएमा मेसिनको सहयोगले गाडी चलाउन सकिनॆ दावी गरे ।

harikancha · Jun 27, 2009 4:50 PM

यदी मौका पाउने हो भने नेपालीहरु पनि कोइ भन्दा कम छैनन र अन्तरराष्ट्रियस्तरमै प्रतिस्पर्धामा आई आफ्नो सिप देखौन सक्छन।  पाठकको वृत्तचित्र वर्ल्ड टि भी अवार्डमा 'रनर अप' (nagariknews) काठमाडौं, असार १३ (नागरिक)-  लामो समय सम्म पत्रकारिता गरेर वृत्तचित्र निर्माणमा लागेका पत्रकार दिलभूषण पाठकले निर्देशन गरेको शान्ति यात्रा नामक वृत्तचित्रले वर्ल्ड टि भी अर्वाड २००९ मा दोस्रो स्थान प्राप्त गरेको छ। एसिया प्यासिफिक ईन्स्टिच्युट फर ब्रोर्डकास्ट डेभलपमेन्ट एआईडिवी मलेशियाले प्रदान गर्दै आएको वर्ल्ड टि भी अवार्ड प्रत्येक बर्ष दन्द्ध न्यूनीकरण, धार्मीक सहिष्णुता र सामाजिक सद्‍भाव विषयमा दिंदै आएको छ। यो अवार्डका लागि एसिया प्रशान्त क्षेत्र युरोप, अफ्रिका र नर्थ अमेरिकामा रहेका सार्वजनिक निजी र स्वतन्त्र प्रसारकहरुले भाग लिन पाउनेछन्। स्विटजरलेण्डको डेव टि भी जेनेभाद्वारा निर्मित रोर्वट लेम्बको मोरक्कोः नेभर एगेनले पहिलो पुरस्कार पाएको छ भने पाठकको शान्ति गीतले फस्ट रनर अप उपाधि जितेको हो । एआईडिवीले विजेता र फस्ट रनर अप वल्र्ड टि भी अवार्डको घोषणा एसिया मिडिया सम्मेलनमा गत मे २००९ मा चीनको मकाउमा गरिएको थियो । पुरस्कार विजेतालाई आगामी जुलाई २०-२३ सम्म फिजीमा हुने एआईडिवीको साधारण सभामा नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिदैछ । लामॊ समय सम्म दन्द्धले विभाजन गरेको नेपाली समाजका विभिन्न पृष्ठभुमिका मान्छेलाई सामाजिक तथा साम्प्रदायिक सद्भाव मजबुत तुल्याउन तथा शान्ति प्रकि्रयालाई गन्तव्यमा पुर् याउन एकै ठाँउमा भेला गरेर संगीतको माध्यमबाट साझा धरातलको खोजी गर्ने उद्देश्यले 'शान्ति गीत' वृत्तचित्र तयार पारिएको थियो । सन् २००४ बाट एसिया प्रशान्त क्षेत्र र युरोप साझेदारी समितिले सांस्कृतिक विविधता सामाजिक सद्भाव र शान्तिलाई बढावा दिन एआईडिवी को सिफारिसमा यो पुरस्कारको शुरुवात गरेको हो । एसिया प्यासिफिक देशका प्रसारण क्षेत्रको विकास र यसमा लागेका जनशक्त्ति लाई तालिम एउटा महत्वपूर्ण कुरा हो भन्ने महसुस गरेर सन् १९७७ मा युनेस्कोले एआईडिवी को स्थापना गरेको थियो । स्थापनाकालमा यस संस्थामा १३ देशको सदस्यता रहेको थियो । शान्ति गीत वृत्तचित्र सर्च फर कमन ग्राउण्ड नामक अन्तराष्ट्रिय गैर सरकारी संस्था र पाठकद्धारा स्थापना गरिएको ईन्टरफेस नेपालको सहकार्यमा निर्माण गरिएको हो।

harikancha · Jun 27, 2009 5:00 PM

Harikanchha jee राम्रो थालनि / Best of luck !

Bhariyadai · Jun 28, 2009 5:37 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all