अरुलाई ‌ऐन, धमलालाई चैन !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अरुलाई ‌ऐन, धमलालाई चैन ! बिहिवार, 25 जून 2009 08:56 नागरिक काठमाडौं जिल्ला अदालत परिसरमा बिहीबार दिउँसो एउटा स्यान्ट्रो कार टक्क रोकियो। कारबाट सानका साथ झरे रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला। अदालती प्रक्रियाको ‍औपचारिकता सकिएपछि उनी फेरि आरामसँग कारमा चढेर फर्किए।  एउटै अभियोग, उही मुद्दा। धमला सानका साथ बाहिरी दुनियाँको आनन्द लिइरहेछन्। तर एकै अभियोगमा समातिएका अन्य तीन भने हत्कडीसहित जेलबाट अदालत पुर्याइएका थिए। काठमाडौं, असार ११ (नागरिक)- दुई महिनाअघि रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासँग आफ्नो भाइ रामशुभक महतो जेलबाट कहिले छुट्छ भनी अनुनय गर्दै थिए एक किशोर। धमला त्यतिबेला रामशुभक अब धेरै दिन थुनिँदैन, छिट्टै बाहिर आउँछ भनी उनलाई आश्वासन दिँदै थिए। न उनी महतोलाई छुटाउन आदेश दिनसक्ने अवस्थामा थिए, न त मुद्दा फिर्ता गर्नसक्ने तहमा नै। उनी हातहतियार तथा खरखजानासमेत तीनवटा 'जघन्य' अभियोग लागेर मुद्दा खेपिरहेका एक पात्र थिए। जुन अभियोग महतो वीरेन्द्र केएम र मनोज महतोमाथि लागिरहेको छ। महतोको दाइलाई सान्त्वनाका लागि उनले आश्वासन दिएको करिब साढे दुई महिना भएको छ। तर उनका भाइ रामशुभकलगायत् अरु जेलबाट छुटेनन्, बरु मुद्दा टुंगो लाग्नेबेलासम्म पुर्पक्षका लागि थुनामा राखिए। जिल्ला अदालतले समेत धमलालाई छोड्न आदेश दिए पनि पुनरावेदन अदालतको चैत २८ को आदेशले रिहा भएका थिए। उनै धमला बुधबार काठमाडौं जिल्ला अदालतमा बकपत्रका लागि जाँदा स्यान्ट्रो गाडीमा आरामसँग पुगेर हाजिर भए। अदालती प्रक्रिया सके र फर्के तर अरु तीन जना प्रहरीको हतकडीमा बाँधिएर आए। एउटै अभियोग, उही मुद्दा। धमला भने अदालतको आदेशले रिहा भए पनि उनीहरु जेलमा कोचिएका छन्। उनीहरुलाई गत माघ १९ मा राजधानीबाट पक्राउ गरिएको थियो। तीनै जनामाथि सरकारी वकिलले हातहतियार तथा खरखजाना ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा एवं अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा मुद्दा चलाइएको थियो। 'सानालाई ऐन, ठूलालाई चैन'  भन्ने उक्ति नेपालमा पहिलेदेखि नै चल्दै आएको छ।  केही अभियुक्त जेलमा र कोही भने रिहा भएको स्थितिले अहिले पुन: एक पटक त्यही उक्ति सम्झना गराएको छ। यस्तो स्थितिले 'सबैलाई कानुनको समान संरक्षण' भन्ने मान्यतालाई नै चुनौती दिएको कानुन व्यवासायी बताउँछन्। 'यो त न्याय प्रणालीको दोष हो, हामीले के गर्नु'- रामशुभकले भने। 'धमला र हामीमाथि लागेको अभियोग एउटै हो, हामी भने जेलमा सड्नुपरेको छ', उनले भने- 'न हामी रणवीर सेनासँगको साँठगाँठ, न कुनै आपराधिक क्रियाकलापमै सँलग्न छौं तर यस्तो अवस्था आइपर् यो।' तीमध्ये मनोजले आफू मधेस राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी) को सदस्य रहेको स्वीकार गरेका छन्। प्रहरीले उनको कोठाबाट डेटोनेटर र फ्युज बरामद भएको अभियोगपत्रमा उल्लेख छ। धमला र उनीहरुबीचको अभियोगमा यही आधार र प्रमाण फरक भएकाले उनीहरुलाई थुनामा राखिएको अदालतसम्बद्ध स्रोतले बतायो। यसका साथै धमला र उनीहरुबीच भएको फोनवार्ताको रेकर्ड प्रमाणका रुपमा पेश गरिएको छ। तर वीरेन्द्र केएम र मनोजले प्रहरीले बरामदी मुचुल्का नक्कली व्यक्ति राखी खडा गरेको, स्थानीयलाई मुचुल्कामा साक्षी नराखेको, प्रहरीले ती सामान कोठामा 'प्लाण्ट' गरेको जिकीर गरेका छन्। हामीलाई यातना दिई मार्नेसम्मको धम्की दिई धमलासँग मोवाइलमा कुरा गराएको र त्यो अघि कुनै सम्पर्क नभएको महतोले बताए। 'प्रहरीले जबर्जस्ती बयान गरायो, अदालतमा आई साँचो कुरा भन्यौं, हाम्रै बयानका आधारमा धमला छुटे, रामशुभकले भने- 'एउटै मिसिल प्रमाणमा हामीचाहिँ जेलमा सड्नुपर्ने ?' पत्रकार महासङ्घले पनि आवाज उठाओस् भन्ने महतो चाहन्छन। 'महासंघले प्रतिवेदन निकालेर मात्र हुन्न, हाम्रो रिहाइका लागि सक्दो पहल गरोस्'- उनले भने।

ANS · Jun 26, 2009 6:28 PM · 1,046 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all