रहेनन माईकल ज्याक्सन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

रहेनन माईकल ज्याक्सन पप सम्राटको रुपमा चार दशक सम्म विश्वभरी छाएका पप गायक माईकल ज्याक्सनको ५० वर्षको उमेरमा निधन भएको छ। ११ वर्षको उमेर देखी नै आफ्नो व्यावसायिक क्यारियर शुरु गरेका माईकलको मृत्यु हृदयघात बाट भएको बताईए पनी त्यसको आधिकारीक रुपमा पुष्टी भने भईसकेको छैन। उनलाई हृदयघात भएको भनेर उनको घरमा चिकित्सक हरु पुग्दा उनको श्वाश नै चलिराखेको थिएन। त्यस पछी उनलाई लज एन्जल्सको UCLA Medical Centre  मा पुर्याईएको थियो जहाँ उनलाई मृत घोषित गरीयो। केही हप्ता पछी लन्डनको O2-एरिनामा कन्सर्ट गर्ने तयारी गरीरहेका माईकल आफ्नो जिवनकाल भरी गीत-संगीत बाहेक बाल यौन दुर्व्यवहार लगायत अन्य कारणले चर्चामा आएका थिए। केही समय यता कानुनी र आर्थिक संकट झेलिरहेका माईकल लाई स्थानीय समय अनुसार दिउँसो २ बजेर २६ मिनेट जाँदा  मृत घोषित गरिएको थियो। लागु औषध दुर्व्यसनी रहेका  माईकल त्यसैको कारण मृत्युको मुखमा पुगेको बताईए पनी त्यसको आधिकारीक पुष्टी भएको छैन। सन् २९ अगस्त १९५८ मा जन्मेका ज्याक्सनले सात वर्षको उमेर देखी नै गायन शुरु गरेका थिए। असीको दशमा निकै चर्चामा आउनुका साथै अमेरिकि पप गीतलाई विश्वभरी चिनाउन सफल उनलाई पप गीतका महान हस्तीहरु एल्भिस प्रिस्ले र  द बिटल्स सँग समेत दाँज्ने गरीन्छ। ६ वटा सोलो एल्बम निकालेका ज्याक्सनका 'अफ द वाल', 'थ्रिलर' तथा 'ब्याड' जस्ता  एल्बमहरु अत्याधिक बिक्री भएका थिए जस मध्ये थ्रिलर त ४७-१०९ मिलियन कपी सम्म बिक्री भएको बताईन्छ। त्यस्तै अर्को एल्बम ब्याड पनी विश्वभरी ३० मिलियनको हाराहारीमा बिक्री भएको थियो।

aficionado · Jun 26, 2009 5:57 AM · 8,412 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all