I can't believe so many people are asking for capital punishment for the murderer of Khyati Shrestha. I'm absolutely against the capital punishment. I know it can't be compared, but look at the contrast of another rape case by NRN's chairman's father, and how much justice is being done. Is there any justice? Read nayapatrika.com or hamroblog.com to find out another groups of criminals wearing the police, lawyer, and judge's uniform in Nepal. This organization called NRN lost all the morality from the corrupted characters shown by its chairman to save his father.
lakhe · Jun 25, 2009 3:53 PM · 2,532 views
Not sure for this case, but for some extreme case I am in favour of it. And it should not be misutilised.
बैरागिकाइलो · Jun 26, 2009 6:48 AM
I'm glad to see Hamroblog.com writing about it. ति किशोरीको नाममा 26 Jun, 2009 विचार, समाचार ति किशोरीको दुर्भाग्य भनेको उनी शक्तिसम्पन्न ब्यक्तिको हातवाट बलात्कृत हुनुनै रहेछ । उनी त्यस्ता ब्यक्तिको सिकार बनिन जसको छोरा अन्तराष्ट्रिय व्यापारी हुन । जसको ज्वाई र छोरी यो मुलुकको शक्तिसम्पन्न संविधान सभाका सदस्य छन । उनीको साथमा यो देशका ठालुहरु हुन भन्ने सबै छन । अनी कसरी ति किशोरीको पक्षमा कसैले आवाज उठाउंछ र ? कहि कतै छिसिक्क केही भयो भने विज्ञप्ती जारी गरेर हल्ला गर्ने बालबालीकाको क्षेत्रमा काम गर्ने संस्थाहरु किशोरीको बलात्कारको केसमा मौन छन । किशोरी बलात्कारको अभियोग लागेका रामआशिस महतो फरार छन । तर उनलाई पक्राउ गरी कानुनको कठघरामा उभ्याउने चासो कसैले देखाएका छैनन । सरकारी वकिलले बदमासी गर्दै केस कमजोर बनाएर अपराधको मुख्य अभियुक्तलाइ जोगाउन ज्यान फालेर लागेका छन । कसैको घरमा काम गरिरहेकी बालीकालाइ थप्पड हानेको समाचार सार्वजनिक हुंनासाथ कोकोहोलो गरेर बाल अधिकार र बाल शोषणको बारेमा चर्का भाषण गर्ने एनजिओहरु भने यो विषयमा कानमा तेल हालेर बसेका छन । google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); यो बारेमा महिला अधिकारको ठेक्का लिएर बसेका महिलाअधिकारवादीहरु पनि मौन छन । सामान्य विषयमा संविधान सभाको रोष्टम घेरेर हैरान बनाउने सभासदहरु मौन छन । अनी श्रीमतिको इच्छा विपरित यौन सम्पर्क राख्ने श्रीमान समेत बलात्कारी हो भनेर कुर्लने कानुन व्यवसायिहरु मौन छन । कारण के होला ? कारण स्पष्ट छ । बलात्कारको अभियोग लागेका ब्यक्ति सानातीना हैनन । पावरफुल परिवारका हुन । जसको विरुद्धमा बोल्दा उनीहरुको दानापानी हराउन सक्छ । ति ब्यक्तिको परिवारको अन्तराष्ट्रिय क्षेत्रमा राम्रो प्रभाव छ । अनी ति परिवारका सदस्यलाई मनाउन सक्यो भने सामाजीक काम गर्ने बहानामा राम्रै धनरासी पाउन सकिन्छ भने जावो बलात्कारको विषयमा के कुरा उठाउनु भन्ने उनीहरुको मानसिकताले उनीहरु मौन बसेका हुन भन्दा सायद फरक नपर्ला । अपहरण गरेर हत्या गरी मृत शरिरलाई टुक्रा टुक्रा बनाएर फाल्ने ख्याति श्रेष्ठका हत्यारा अहिले प्रहरी हिरासतमा छन । उनलाई कडा कार्वाही गर्नुपर्ने माग गर्दै दैनिक प्रर्दशन भइरहेका छन । उनको हत्याको विरोध गर्दै विज्ञप्ती निकाल्नेहरुको संख्या दैनिकरुपमा बाक्लीदै गएको छ । यसले ख्यातिको हत्यारालाइ हदैसम्मको कारवाही गर्न सम्बन्धीत निकायलाइ राम्रै दवाव परेको छ । यसले पैसाको बलमा कानुनको कमजोरी खोजेर हत्याको अभियोग लागेका विरेन श्रेष्ठलाइ जोगाउने हिम्मत कसैले गर्ने छैनन । क्रुर अपराधको विरुद्धमा नागरिक समाज जागरुक हुनु अत्यन्त सकारात्मक हो । google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); तर ख्यातिको हत्यामा जागरुक भएको यो समाज एक किशोरीको बलात्कारको विषयमा किन मौन छ ? ति बलात्कारको सिकार भएको किशोरीको पक्षमा किन यो समाज बोल्दैन ? पिडितको अवस्था हेरेर किन यो समाज भेदभाव गर्छ ? रामआसिस महतोलाइ पक्राउ गरी कडा भन्दा कडा कार्वाही होस भनेर किन कोही आवाज उठाउंदैन ? बढो अचम्म छ यो समाज । खाली बलेको आगो मात्र ताप्ने । कुन विषयमा केही गर्दा के आफ्नो कुनचै स्वार्थ पुरा हुन्छ भनेर सोचेर मात्र कदम चाल्ने । अव विरेनको स्थानमा ति रामआसिशलाइ राखेर हेरौं न । के यो समाज त्यत्तिकै जागरुक हुन्थ्यो होला ? यत्तिकै दवाव हुन्थ्यो होला ? अनी यसरी नै विरोध प्रर्दशन भइरहनथ्यो होला र ? मलाइ लाग्छ अंह हुन्नथ्यो । सायद शक्तिसम्पन्न परिवारका सदस्य नभइ कुनै सामान्य परिवारका सदस्यले रामआसिशको झै कुकर्म गरेको भए उनको विरोध सबै खनिने थिए । सबैले धिकार्ने थिए । अनी ति अभियुक्तलाइ कडा कार्वाहीको माग गर्नेहरुको तांती लामै हुन्थ्यो होला । ति किशोरीको दुर्भाग्य भनेको उनी शक्तिसम्पन्न ब्यक्तिको हातवाट बलात्कृत हुनुनै रहेछ । उनी त्यस्ता ब्यक्तिको सिकार बनिन जसको छोरा अन्तराष्ट्रिय व्यापारी हुन । जसको ज्वाई र छोरी यो मुलुकको शक्तिसम्पन्न संविधान सभाका सदस्य छन । उनीको साथमा यो देशका ठालुहरु हुन भन्ने सबै छन । अनी कसरी ति किशोरीको पक्षमा कसैले आवाज उठाउंछ र ?
lakhe · Jun 26, 2009 9:21 PM
यिनै हुन फरार महतो 25 Jun, 2009 समाचार पैसाको बलमा प्रहरी सरकारी वकिल र पुनरावेदन अदालतका न्यायधिषसम्मलाई प्रभावमा पारी अपराधवाट उम्किने प्रयासमा लागेका रामआसिस महतोलाइ अहिले प्रहरीले खोजिरहेको छ । सरकारी वकिलले नचाहेर पनि १५ वर्षिय किशोरीको बलात्कार गरी फरार रहेका महतोका विरुद्धमा काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गर्न बाध्य भएपछि अदालतले महतोलाइ पक्राउ गरी अदालतमा पेश गर्न प्रहरीलाइ पत्र पठाएपछि प्रहरी महतोको खोजीमा जुटेको छ । यदी प्रारम्भमा नै प्रहरी माथिल्लो प्रभावमा नपरेको भए महतोको पक्राउका लागि अदालतले पत्र नै काट्नुपर्ने बाध्यता आउने थिएन । तर प्रारम्भमा अभियुक्त पक्राउ गरी कानुनी कार्वाहीको दायरामा ल्याउनुको साटो उसलाइ जोगाउनतिर लागेपछि उनी उम्कीने मौका पाएका थिए । तर महान्यायधिवक्ताको कार्यालयको इमान्दारीताका कारण पैसाको बलमा बलात्कारको अभियोग खारेज गराउन महतो परिवार सफल हुन सकेनन । तर अदालतमा मुद्धा पेश भयो नै । अभियुक्तहरु फरार रहेको भन्दै मुद्धा पेश भएपछि पक्राउका लागि वारेन्ट जारी गर्नु सामान्य नै हो । मुल कुरा अब उनलाइ पक्राउ गरेर प्रहरीले अदालतमा बुझाउछ कि बुझाउंदैन भन्ने नै हो । यस विषयमा महानगरिय प्रहरी परिसर काठमाडौंका एसपि नवराज सिलवालसंग जिज्ञासा राखेको थिए मैले । उनले वारेन्ट जारी भएको हो भने पक्राउ गछौं भनेका छन । तर खै कसरी पक्राउ गर्छन उनी भारतमा आफन्तको घरमा लुकेर बसेका छन । google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); अचम्म के भने महतोको पाप सार्वजनिक भएपछि पनि उनलाई जेगाउन सबै सरकारी संयन्त्र मरिमेटेर लागेका छन । अरु केही नगालेर प्रचलीत कानुन मिचेर सरकारी वकिल समेत महतोलाइ निर्दोश बनाउन अदालतमा मुद्धा दर्ता गर्दा महतोलाइ तीन नम्बरमा राखेर खाली प्रतिवादी मात्र बनाएका छन । करणिको मुद्धामा पहिलो नम्बरमा प्रमुख अभियुक्त राखिन्छ । र फैसला गरी सजाय सुनाउंदा कुन ब्यक्तिलाइ कुन रुपमा अभियोग लागेको छ भन्ने आधारमा सजाय सुनाइन्छ । त्यसैले सरकारी वकिलले सकेसम्म महतोलाइ सजाय नै नहोस भएपनि कम होस भन्ने गलत मनसायले उनलाइ तेस्रो नम्बरमा राखेर पहिलो र दोस्रो नम्बरमा किशोरीलाइ महतोको शिकार बनाउन महतो निवाससम्म लैजाने ल्याउने लक्ष्मी लामा र संगीता थापालाइ राखेका छन । यदी न्यायधिषले विवेकको प्रयोग नगर्ने हो भने लामा र थापा प्रमुख अपराधीको रुपमा दन्डीत हुनेछन भने मुख्य अपराधी महतो भने मतियारको रुपमा सामान्य दन्डको भागिदार बन्नेछन । तर जुन रुपमा यो मुद्धा अगाडि बढेको छ त्यो हेर्दा महतोले केस जितेर सफाइ पाउने सम्भावना बलियो देखिएको छ । प्रहरी वकिल र महतो परिवार मिलेर केस निक्कै कमजोर बनाइसकेका छन । पिडितका एक निकटका अनुसार महतोको परिवारले पिडित परिवारलाइ बलात्कार गरेको हैन भन्न राजी गराइसकेका छन । यसका लागि महतो परिवारले १५ लाख रुपैंया दिएका छन । अहिले महतोलाइ निर्दोश बनाउन एमालेका सांसद रघुविर महासेठ समेत ज्यान फालेर लागेका छन । महासेठ बलात्कारका अभियुक्त महतोका ज्वाइ पो रहेछन । महतोको छोरी पनि एमालेको तर्फवाट समानुपातिक कोटामा सभासद छिन । मनग्गे पैसा पावरफुल छोरा ज्वाई एमालेको प्रभावशाली नेता अनी छोरी सभासदको साथ रहेको महतोले सजाय पाउने हुन कि मुक्ती त्यो हेर्न बांकी छ ।
lakhe · Jun 26, 2009 9:23 PM
I strongly agree on it, some people does not need second chance, one of them is PRACHANDA.
syanjali · Jun 29, 2009 5:37 PM
I strongly agree on it, some people does not need second chance, one of them is PRACHANDA.
syanjali · Jun 29, 2009 5:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion